परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८२

पत्रुस र पावलका सारहरूमा रहेका भिन्‍नताबाट तैँले जीवनको खोजी नगर्नेहरू व्यर्थमा परिश्रम गर्छन् भन्‍ने बुझ्‍नुपर्छ! तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् र परमेश्‍वरलाई नै पछ्याउँछस्, र त्यसकारण तेरो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ। तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई पन्छ्याउनैपर्छ, तैँले परमेश्‍वरको चाहनालाई पूरा गर्न खोज्नुपर्छ, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई तैँले निभाउनैपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौटहरू वा मागहरू गर्नुहुँदैन, अनि तैँले परमेश्‍वरका चाहनाहरूको पूर्णता हासिल गर्नुपर्छ। तँलाई सृष्टि गरिएको हुनाले, तैँले तँलाई सृष्टि गर्नुहुने प्रभुको आज्ञापालन गर्नुपर्छ, किनभने अन्तर्निहित रूपमा तँप्रति तेरो आफ्‍नै प्रभुत्व छैन, र तेरो आफ्नै गन्तव्यलाई नियन्त्रण गर्ने कुनै क्षमता तँसँग छैन। तँ परमेश्‍वरलाई विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रता र परिवर्तनको खोजी गर्नुपर्छ। तँ परमेश्‍वरको सृष्टि होस्, त्यसकारण तैँले तेरो कर्तव्यलाई पालना गर्नुपर्छ, र तेरो स्थानलाई कायम राख्‍नुपर्छ, अनि तैँले आफ्‍नो कर्तव्यलाई नाघ्‍नु हुँदैन। यो तँलाई धर्मसिद्धान्तद्वारा बन्धनमा पार्नु, वा तँलाई दबाउनको लागि होइन, तर यो त तैँले तेरो कर्तव्य निभाउन सक्‍ने मार्ग हो, र धार्मिकताको काम गर्ने सबैले यसलाई हासिल गर्नुपर्छ र हासिल गर्न सक्छन्। यदि तैँले पत्रुस र पावलका सारहरूलाई तुलना गरिस् भने, तैँले कसरी खोजी गर्नुपर्ने हो त्यो तैँले जान्‍नेछस्। पत्रुस र पावलले हिँडेका मार्गहरूमध्ये, एउटा सिद्ध पारिने मार्ग हो, र अर्को निष्कासन हुने मार्ग हो; पत्रुस र पावलले दुई फरक-फरक मार्गहरूलाई प्रतिनिधित्व गर्छन्। तिनीहरू प्रत्येकले पवित्र आत्माको काम प्राप्त गरे, र प्रत्येकले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे, र प्रत्येकले प्रभु येशूद्वारा तिनीहरूलाई सुम्पिएका कुरालाई स्वीकार गरे, तैपनि प्रत्येकमा फलेको फल उही थिएन: एउटाले साँचो रूपमा फल फलायो, अर्कोले फलाएन। तिनीहरूका सारहरू, तिनीहरूले गरेका काम, तिनीहरूले बाहिरी रूपमा व्यक्त गरेका कुरा, र तिनीहरूका अन्तिम समाप्तिका आधारमा, तैँले कुन मार्गमा हिँड्नुपर्छ, तैँले कुन मार्गमा हिँड्ने निर्णय गर्नुपर्छ सो बुझ्‍नुपर्छ। तिनीहरूले दुई वटा स्पष्ट रूपमा फरक-फरक मार्ग हिँडे। पावल र पत्रुस, तिनीहरू प्रत्येक मार्गका सिद्ध उदाहरण थिए, र त्यसकारण सुरुदेखि नै तिनीहरू यी दुई मार्गका प्रतीक बने। पावलका अनुभवहरूका मुख्य बुँदाहरू के-के हुन्, र तिनी किन सफल भएनन्? पत्रुसका अनुभवहरूका मुख्य बुँदाहरू के-के हुन्, र तिनले सिद्ध बनाइने कार्यलाई कसरी अनुभव गरे? तिनीहरू प्रत्येकले के कुरालाई वास्ता गर्थे त्यसलाई तैँले तुलना गरिस् भने, परमेश्‍वरले ठ्याक्‍कै कस्तो प्रकारको व्यक्ति चाहनुहुन्छ, परमेश्‍वरको इच्‍छा के हो, परमेश्‍वरको स्वभाव के हो, कस्तो प्रकारको व्यक्तिलाई आखिरमा सिद्ध पारिन्छ, र कस्तो प्रकारको व्यक्तिलाई सिद्ध पारिनेछैन तैँले सो जान्‍नेछस्; सिद्ध पारिनेहरूको स्वभाव के हो, र सिद्ध नपारिनेहरूको स्वभाव के हो सो तैँले जान्‍नेछस्—सार सम्‍बन्धी यी कुराहरूलाई पत्रुस र पावलका अनुभवहरूमा देख्‍न सकिन्छ। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, त्यसकारण उहाँले सबै सृष्टिलाई उहाँको प्रभुत्वको अधीनमा आउने र उहाँको प्रभुत्वमा समर्पित हुने तुल्याउनुहुन्छ; उहाँले सबै थोकमाथि हुकुम चलाउनुहुनेछ, ताकि सबै थोक उहाँकै हातमा होऊन्। जीव-जनावर, वनस्पति, मानवजाति, पहाड-पर्वत र नदि, अनि तालहरू लगायत परमेश्‍वरका सबै सृष्टि—सबै नै उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। आकाश र जमिनका सबै थोक उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्‍प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्‍वरले आदेश दिनुभएको थियो, र यो परमेश्‍वरको अख्‍तियार हो। परमेश्‍वरले नै सबै थोकमाथि हुकुम चलाउनुहुन्छ, र हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गर्दै, र परमेश्‍वरको इच्‍छाअनुसार तिनीहरूको आफ्‍नै स्थान प्रदान गरेर सबै थोकलाई व्यवस्थित गर्नुहुन्छ र क्रम मिलाएर राख्‍नुहुन्छ। यो जति नै ठूलो भए तापनि, कुनै पनि थोकले परमेश्‍वरलाई उछिन्न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई नै सबै थोकले सेवा गर्छ, र कुनै पनि थोकले परमेश्‍वरको आज्ञा उल्‍लङ्घन गर्ने वा परमेश्‍वरलाई कुनै माग गर्ने आँट गर्दैन। त्यसकारण, परमेश्‍वरको सृष्टिको रूपमा मानिसले पनि मानिसको कर्तव्य निभाउनैपर्छ। ऊ सबै थोकका प्रभु वा हेरचाह गर्ने व्यक्ति भए तापनि, सबै थोकको बीचमा मानिसको हैसियत जति उच्‍च भए तापनि, ऊ परमेश्‍वरको प्रभुत्वको अधीनमा रहेको सानो मानव बाहेक केही पनि होइन, र महत्त्वहीन मानवजाति, परमेश्‍वरको सृष्टि बाहेक केही पनि होइन, र ऊ परमेश्‍वरभन्दा माथि कहिल्यै हुनेछैन। परमेश्‍वरको सृष्टिको रूपमा, मानिसले परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरिकन परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्न खोजी गर्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा तिनीहरूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नुहुँदैन; खोजी गर्ने सबैभन्दा सही माध्यम यही नै हो। यदि तैँले सत्यताको खोजी गर्छस्, यदि तैँले सत्यतालाई अभ्यास गर्छस् भने, र तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सही छ। यदि तैँले देहका आशिषहरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्‍ना धारणाहरूको सत्यतालाई अभ्यास गर्छस् भने, र तेरो स्वभावमा कुनै परिवर्तन छैन, र देहमा तँ परमेश्‍वरप्रति पूर्ण रूपमा आज्ञाकारी छैनस्, अनि तँ अझै अस्पष्टतामा नै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै खोजीमा निर्भर हुन्छ, भन्‍नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा नै निर्भर हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७१

पवित्र आत्माले विशेष मार्गनिर्देशन र अगुवाइ प्रदान गर्नुभएका व्यक्तिहरूबाहेक अरू कोही पनि स्वतन्त्र रूपमा जिउन सक्दैन, किनकि तिनीहरूलाई ती...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२८

जब चम्किलो चन्द्रमा उदाउँछ, शान्तिमय रात तुरुन्तै नष्ट हुन्छ। चन्द्रमा खण्डहर अवस्थामा भए पनि मानिस आत्मिक खुसीको अवस्थामा हुन्छ, र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६९

मेरो महिमा देख्न तिनीहरू कसैसँग विश्‍वास छैन र म तिनीहरूलाई बाध्य बनाउँदिनँ, बरु मानवजातिको माझबाट मेरो महिमा हटाउनेछु र यसलाई अर्कै...