परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७४

धेरैजसो मानिसहरूले आफ्‍नो भविष्यको गन्तव्यको खातिर, वा अस्थाई आनन्दको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। निराकरणबाट भएर नगएकाहरूका हकमा भन्दा, तिनीहरू स्वर्ग प्रवेश गर्नको लागि, इनामहरू प्राप्त गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू सिद्ध पारिन, वा परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्य निभाउनको लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन्। भन्‍नुको अर्थ, धेरैजसो मानिसहरू आफ्‍ना जिम्‍मेवारीहरूलाई पूरा गर्न, वा आफ्‍नो कर्तव्य निभाउनको लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन्। अर्थपूर्ण जीवन जिउनको लागि त मानिसहरूले परमेश्‍वरमा विरलै विश्‍वास गर्छन्, न त मानिस जीवित भएकोले उसले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ किनभने त्यसो गर्नु स्वर्गले तोकेको र पृथ्वीले स्वीकार गरेको कुरा हो, अनि मानिसको प्राकृतिक इच्‍छा हो भनेर विश्‍वास गर्नेहरू नै छन्। यसरी, फरक-फरक मानिसहरू आ-आफ्‍नै लक्ष्‍यहरूको पछि लाग्‍ने भए तापनि, तिनीहरूको खोजीको लक्ष्‍य र यसको पछाडि रहेको उत्प्रेरणा सबै उस्तै हुन्छन्, र यति मात्र होइन, तिनीहरूमध्ये धेरैको आराधनाका पात्रहरू लगभग उही नै हुन्छन्। विगतका हजारौं वर्षको अवधिमा, धेरै विश्‍वासीहरू मरेका छन्, र धेरै जना मरेर पनि फेरि पुनर्जन्म पाएका छन्। परमेश्‍वरको खोजी गर्नेहरू एक-दुई जना मानिसहरू मात्रै छैनन्, न त एक-दुई हजार नै छन्, तैपनि यीमध्ये धेरैजसो मानिसहरूले तिनीहरूका आफ्‍नै अपेक्षाहरू वा भविष्यका निम्ति तिनीहरूका महिमित आशाहरूका खातिर नै खोजी गर्छन्। ख्रीष्टप्रति समर्पितहरू निकै कम र टाढा-टाढा छन्। धेरैजसो भक्त विश्‍वासीहरू तिनीहरूका आफ्‍नै जालमा फसेर मरेका छन्, र यसको साथै विजयी मानिसहरूको सङ्ख्या अत्यन्तै सानो छ। आजको दिनसम्‍मै, मानिसहरू किन असफल हुन्छन्, वा तिनीहरूको विजयका रहस्यहरू के हुन् भन्‍ने कुरा अझै पनि तिनीहरूका लागि अज्ञात छ। ख्रीष्‍टको पछि लाग्‍नमा तल्लीन हुनेहरूले अझै पनि अचानक अन्तर्दृष्टिको क्षण पाएका छैनन्, तिनीहरू यी रहस्यहरूका पिँधमा पुगेका छैनन्, किनभने तिनीहरूलाई थाहै छैन। तिनीहरूको खोजीमा तिनीहरूले परिश्रम पूर्वक प्रयासहरू गरे तापनि, तिनीहरूले हिँड्ने मार्ग तिनीहरूभन्दा अघि जानेहरूले हिँडिसकेको असफलताको मार्ग हो, सफलताको मार्ग होइन। यसरी, तिनीहरूले जसरी खोजी गरे तापनि, के तिनीहरू अझै पनि अन्धकारतर्फ लैजाने मार्गमा नै हिँड्दैनन् र? के तिनीहरूले प्राप्त गर्ने तीतो फल होइन र? विगतमा सफल हुनेहरूको अनुकरण गर्ने मानिसहरू आखिरमा सौभाग्यमा पुग्‍नेछन् कि कष्टमा पुग्‍नेछन् भनेर अनुमान गर्नु नै पनि कठिन छ। त्यसैले, असफल भएकाहरूका पाइलाहरूलाई पछ्याएर खोजी गर्ने मानिसहरूको झन् कति नराम्रो हालत हुन्छ? के तिनीहरू असफल हुने सम्‍भावना अझै बढी हुँदैन र? तिनीहरू हिँड्ने मार्गको के मूल्य छ र? के तिनीहरूले आफ्‍नो समय बरबाद गरिरहेका हुँदैनन् र? मानिसहरू तिनीहरूको खोजीमा सफल भए पनि असफल भए पनि, छोटकरीमा भन्दा, तिनीहरू किन त्यसो गर्छन् भन्‍ने कुराको कारण छ, र तिनीहरूको सफलता वा असफलता तिनीहरूले जसरी मन लाग्यो त्यसरी खोजी गरेर निर्धारित हुन्छ भन्‍ने छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९५

आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला सबै थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय हासिल गर्नु आखिरी दिनहरूको काम...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९८

परमेश्‍वर स्वयम्‌को पहिचान र हैसियत सबै थोकमाथि शासन गर्ने र सबै थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६२

आज हामी परमेश्‍वरका विचारहरू, योजनाहरू अनि मानवजातिलाई सृष्टि गर्नुभन्दा अघि उहाँको हरेक चालको बारेमा पहिले सारांश प्रस्तुत गर्नेछौँ।...