परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६९

यदि मानिसहरूमा अलिकति पनि आत्मविश्‍वास छैन भने, तिनीहरूलाई त्यो बाटोमा अगि बढिरहन सहज हुँदैन। परमेश्‍वरको काम मानिसहरूका धारणाहरूसँग अलिकति पनि मिल्दैन भनेर अहिले सबै जनाले देख्न सक्छन्। परमेश्‍वरले धेरै काम गर्नुभएको छ र धेरै वचनहरू बोल्नुभएको छ, जुन मानिसका धारणाभन्दा पूर्ण रूपमा फरक छ। यसैले, मानिसहरूले पहिले नै जे देखेका छन् र तिनीहरूका अनुभवबाट जे प्राप्त गरेका छन् त्यसमा खडा हुन तिनीहरूमा आत्मविश्‍वास र इच्‍छाशक्ति हुनुपर्दछ। परमेश्‍वरले मानिसहरूमा जे गर्नुभए पनि, तिनीहरूमा जे छ त्यसलाई तिनीहरूले थामेर राख्नुपर्छ अनि परमेश्‍वरसामु इमानदार हुनुपर्छ र अन्त्यसम्मै उहाँप्रति समर्पित रहनुपर्छ। यही नै मानवजातिको कर्तव्य हो। मानिसहरूले जे गर्नुपर्छ त्यसलाई कायम राख्‍नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्नको लागि उहाँप्रति आज्ञाकारी हुनुपर्छ र उहाँको कामको अनुभव चाहिन्छ। परमेश्‍वरले यति धेरै काम गर्नुभयो—के भन्न सकिन्छ भने, मानिसहरूका लागि यो सिद्धता, शोधन र अझ बढी, सजाय नै हो। परमेश्‍वरको कामको एक चरण पनि मानव धारणासँग मिल्दोजुल्दो छैन; मानिसहरूले आनन्द लिएका कुरा भनेको परमेश्‍वरका कठोर वचनहरू हुन्। परमेश्‍वर आउनुहुँदा, मानिसहरूले उहाँको प्रताप र उहाँको क्रोध उपभोग गर्नुपर्दछ। यद्यपि, उहाँको वचन जति नै कठोर भए पनि, उहाँ मानवजातिलाई मुक्ति दिन र सिद्ध पार्न आउनुहुन्छ। प्राणीहरूको रूपमा मानिसहरूले आफूले गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्दछ र शोधनको बीचमा परमेश्‍वरका लागि साक्षी बनेर खडा हुनुपर्छ। प्रत्येक परीक्षामा तिनीहरूले आफूले बोक्नुपर्ने गवाही थामेर राख्नुपर्छ र परमेश्‍वरको खातिर त्यो शानदार तरिकाले गर्नुपर्दछ। यसो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँमा पूरा आत्मविश्वास हुन्छ र तैँले उहाँमाथिको भरोसा कहिल्यै गुमाउँदैनस्। मानिसहरूले जे गर्नुपर्ने हो तँ त्यही गर्छस्। परमेश्‍वरले मानिसबाट यही माग गर्नुहुन्छ र मानिसको हृदय पूर्ण रूपमा उहाँमा फर्कनु र बितेर जाने हरेक क्षणमा उहाँतर्फ फर्कन सक्ने हुनुपर्दछ। यो एक विजेता हो। परमेश्‍वरले जस-जसलाई “विजेताहरू” भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्छन् अर्थात् आफैलाई अन्धकारको शक्ति बीचमा पाउँदा पनि तिनीहरू गवाही बनी खडा हुन सक्छन् र परमेश्‍वरमाथिको आफ्नो निश्‍चयता र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्‍वरको सामु शुद्ध हृदय राख्न र उहाँप्रति तेरो साँचो प्रेमलाई कायम राख्‍न सक्छस् भने, तँ उहाँको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस् र उहाँले यसैलाई “विजेता” हुनु भनी भन्‍नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष् दिनुहुँदा तेरो खोजी सर्वोत्कृष्ट हुन्छ तर उहाँको आशिषविना तँ पछि हट्छस् भने के यो शुद्धता हो? यो मार्ग सत्य हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्मै पछ्याइरहनुपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो भक्तिलाई कायमै राख्नुपर्छ। तँलाई सिद्ध बनाउन परमेश्‍वर स्वयम्‌ आउनुभएको तैँले देखेका हुनाले, आफ्नो सम्पूर्ण हृदय उहाँलाई दिनुपर्दछ। उहाँले जे गर्नुभए पनि यदि तँ उहाँलाई पछ्याउन सक्छस् भने, अन्त्यमा उहाँले तेरो निम्ति प्रतिकूल परिणाम निर्धारित गर्नुभए पनि, त्यसले परमेश्‍वरको अगाडि तेरो शुद्धतालाई कायम राखिरहेको हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कुमारीत्व चढाउनु भनेको परमेश्‍वरको अगाडि इमानदार हृदय राख्नु हो। मानवजातिका लागि, इमानदारीता भनेको शुद्धता हो र परमेश्‍वरप्रति इमानदार हुन सक्ने क्षमता हुनु भनेको शुद्धता कायम राख्नु हो। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब प्रार्थना गर्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तैँले त्यसै गर्नुपर्छ; जब तैँले भजन गाउनुपर्छ, भजनहरू गा; जब तैँले देहलाई त्याग्नुपर्छ, शरीरलाई त्यागी दे। तैँले आफ्नो कर्तव्य पूरा गर्दा, त्यसमा अलमल गर्नु हुँदैन; तैँले परीक्षाहरूको सामना गर्नुपर्दा, तँ दृढ भई खडा हुनू। परमेश्‍वरप्रतिको भक्ति यही हो। यदि तँ मानिसहरूले जे गर्नुपर्छ त्यसलाई कायम राख्दैनस् भने, तेरा पहिलेका सबै दुःख र संकल्पहरू व्यर्थ भएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१०

आखिरी दिनहरू आइपुगेका छन् र विश्‍वभरिका देशहरू गोलमालमा छन्। राजनीतिक अस्तव्यस्तता छ, अनिकाल, रूढी, बाढी-पहिरो र खडेरी जताततै देखा परेको छ।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५०

सुरुमा परमेश्‍वरले आदम र हव्‍वालाई सृष्टि गर्नुभयो, अनि उहाँले सर्पलाई पनि सृष्टि गर्नुभयो। सबै कुरामध्ये, त्यो सर्प सबैभन्दा विषालु थियो;...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३१

आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला सबै थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय हासिल गर्नु आखिरी दिनहरूको काम...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६२

शैतानद्वारा भ्रष्ट पारिएका सबै आत्माहरू शैतानका राज्यक्षेत्रमा गुलाम पारिएका छन्। ख्रीष्टमा विश्‍वास गर्नेहरूलाई मात्र छुट्याइएका, शैतानको...