परमेश्वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८१
परमेश्वर र मानिसको बारेमा उही शब्दहरू प्रयोग गरी बताउन सकिँदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
यदि तँसँग परमेश्वरको कामको कुनै ज्ञान छैन भने, परमेश्वरसँग कसरी सहकार्य गर्ने सो तँलाई थाहा हुनेछैन। यदि तँलाई परमेश्वरको कामका सिद्धान्तहरू थाहा छैन, र तँ शैतानले कसरी मानिसमा काम गर्छ भन्नेबारे अनभिज्ञ छस् भने, तँसँग अभ्यास गर्ने कुनै मार्ग हुनेछैन। परमेश्वरले इच्छामुताबिक परिणाम प्राप्त गर्नको लागि तेरो उत्साहपूर्ण खोजी मात्र पर्याप्त हुनेछैन। यस किसिमको अनुभव गर्ने माध्यम “लरेन्सको अनुभव” जस्तै हो: जसले भिन्नताहरू नछुट्याईकन, केवल अनुभवमा मात्र जोड दिन्छ र शैतानको काम के हो, पवित्र आत्माको काम के हो, परमेश्वरको उपस्थितिबिना मानिस कुन अवस्थामा हुन्छ, र कुन प्रकारको मानिसलाई परमेश्वरले सिद्ध पार्न चाहनुहुन्छ भन्नेबारेमा पूर्ण रूपमा अनजान रहन्छ। विभिन्न प्रकारका मानिसहरूसँग व्यवहार गर्दै गर्दा कुन सिद्धान्तहरू अपनाउनुपर्छ, वर्तमानमा कसरी परमेश्वरको इच्छा बुझ्नुपर्छ, परमेश्वरको स्वभावलाई कसरी जान्नुपर्छ, अनि के-कस्ता मानिसहरू, परिस्थितिहरू, र युगमा परमेश्वरको कृपा, प्रताप, र धार्मिकता निर्देशित हुन्छन्—यिनीहरू कुनैको बारेमा पनि उसले फरक छुट्याउन सक्दैन। यदि मानिसहरूसँग आफ्ना अनुभवहरूको जगको रूपमा विभिन्न ईश्वरीय दर्शनहरू छैनन् भने, जीवनको कुनै प्रश्नै उठ्दैन, र अनुभवको हकमा यो झन् बढी लागू हुन्छ; तिनीहरू मूर्खतापूर्ण रूपले निरन्तर हरेक थोकप्रति समर्पित भइरहेका र तिनलाई सहन गरिरहेका हुन्छन्। यस्ता मानिसहरूलाई सिद्ध पार्न साह्रै कठिन हुन्छ। यसो भन्न सकिन्छ कि माथि उल्लेखित ईश्वरीय दर्शनहरू तँसँग अलिकति पनि छैन भने, तँ अति मूर्ख होस्, तँ इस्राएलमा सँधै खडा भइरहने नुनको खामोजस्तै होस्। यस्ता मानिसहरू बेकार हुन्छन्, केही कुराको लागि पनि उपयोगी हुँदैनन्! केही मानिसहरू सँधै आँखा चिम्लेर समर्पित हुन्छन्, तिनीहरूले सँधै आफूलाई जान्दछन् र कुनै पनि नयाँ कुराको निराकण गर्नुपर्दा सँधै आफ्नै तरिकाहरूको प्रयोग गर्छन्, वा भन्न पनि योग्य नहुने सानातिना कुराहरूको निराकण गर्दा पनि “बुद्धि” को प्रयोग गर्छन्। त्यस्ता मानिसहरूमा सही-गलत छुट्टयाउने क्षमता पनि हुँदैन, र यस्तो लाग्छ कि आलोचित हुनको लागि आफैलाई परित्याग गर्नु नै तिनीहरूको प्रकृति हो, र तिनीहरू सँधै उस्तै हुन्छन्; तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन्। यस्ता मानिसहरू मूर्ख हुन्छन् जसमा अलिकति सही-गलत छुट्टयाउने क्षमता पनि हुँदैन। तिनीहरूले कहिल्यै पनि परिस्थिति वा विभिन्न व्यक्तिहरूसँग उपयुक्त उपायहरू अपनाउने प्रयास गर्दैनन्। यस्ता मानिसहरूसँग अनुभव हुँदैन। मैले केही यस्ता मानिसहरू देखेको छु जो आफ्नै ज्ञानमा यति बाँधिएका हुन्छन् कि दुष्ट आत्माको कामले ग्रस्त भएका मानिसहरूको सामना गर्दा, तिनीहरू त्यस्ता मानिसहरूको अघि खडा हुने र तिनीहरूलाई दोषी ठहर्याउने साहस नै नगरी आफ्नो शिर निहुराउँछन् र आफ्ना पाप स्विकार्छन्। अनि जब पवित्र आत्माको स्पष्ट कामको सामना गर्नुपर्छ, तब तिनीहरूले आज्ञापालन गर्ने साहस गर्दैनन्। दुष्ट आत्माहरू पनि परमेश्वरको हातमा छन् भन्ने तिनीहरू विश्वास गर्छन्, अनि खडा भएर त्यस्ता दुष्टहरूको विरोध गर्ने साहस तिनीहरूमा अलिकति पनि हुँदैन। यस्ता मानिसहरूले परमेश्वरलाई लज्जित तुल्याउँछन्, र तिनीहरू उहाँको निम्ति गह्रौँ बोझ बोक्न पूर्ण रूपले असमर्थ हुन्छन्। यस्ता मूर्खहरूले कुनै पनि प्रकारको भिन्नता छुट्याउँदैनन्। त्यसकारण, अनुभवका त्यस्ता माध्यमहरूलाई शुद्ध पारिनुपर्छ, किनकि यो परमेश्वरको दृष्टिमा अस्थिर छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अनुभवको विषयमा
परमेश्वर र मानिसको बारेमा उही शब्दहरू प्रयोग गरी बताउन सकिँदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने...
कथा २: ठूलो हिमाल, सानो नदी, ठूलो हावा र विशाल छाल एउटा सानो नदी थियो, घुम्दै बहँदै, अन्ततः ठूलो हिमालको फेदीमा आइपुगेको थियो। हिमालले...
छ हजार वर्षभन्दा लामो अवधिमा गरिएको कामको सम्पूर्णता फरक-फरक युग आउने र जाने क्रममा परिवर्तन भएको छ। यो कार्यको परिवर्तन संसारको समग्र...
जलप्रलयपछि नोआलाई परमेश्वरको आशिष् उत्पत्ति ९:१-६ अनि परमेश्वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फलवन्त र...