परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४५

जब तेरो दैनिक जीवनमा तँलाई केही हुन्छ, तब तैंले त्यो पवित्र आत्माको कामबाट आएको हो वा शैतानको कामबाट आएको हो भनी कसरी छुट्ट्याउँनुपर्छ? जब मानिसहरूका अवस्था सामान्य हुन्छन्, तब तिनीहरूको आत्मिक जीवन र देहमा भएको तिनीहरूको जीवन सामान्य हुन्छ र तिनीहरूको विवेक सामान्य र व्यवस्थित हुन्छ। जब तिनीहरू यस अवस्थामा हुन्छन्, तिनीहरूले आफैमा जे अनुभव गर्छन् र जे जान्दछन् त्यसलाई सामान्य रूपमा पवित्र आत्माको छुवाइबाट आएको भन्न सकिन्छ (तिनीहरूले परमेश्‍वरको वचन खाँदा र पिउँदा अन्तर्ज्ञान प्राप्त गर्नु वा केही सरल ज्ञान हुनु, वा केही कुराहरूमा विश्‍वासयोग्य हुनु, वा केही कुराहरूमा परमेश्‍वरलाई प्रेम गर्ने सामर्थ्य हुनु—यी सबै पवित्र आत्माबाट आउँछन्)। मानिसमा हुने पवित्र आत्माको काम विशेष गरी सामान्य हुन्छ; मानिस यो महसुस गर्न असमर्थ हुन्छ, र यो मानिस आफैबाट आएको जस्तो देखिन्छ, तर यो वास्तवमा पवित्र आत्माको काम हो। दैनिक जीवनमा, पवित्र आत्माले सबैमा ठूला-साना दुवै काम गर्नुहुन्छ, यो कामको हद मात्र फरक-फरक हुन्छ। केही मानिसहरू राम्रो क्षमता भएका हुन्छन्, र तिनीहरूले चाँडै कुरा बुझ्छन्, र तिनीहरूभित्र पवित्र आत्माको अन्तर्दृष्टि विशेष महान् हुन्छ। यसैबीच, केही मानिसहरू कमजोर क्षमताका हुन्छन्, र तिनीहरूलाई कुरा बुझ्न लामो समय लाग्छ, तर पवित्र आत्माले तिनीहरूलाई भित्र छुनुहुन्छ, र तिनीहरूले पनि परमेश्‍वरप्रति बफादारिता प्राप्त गर्न सक्षम हुन्छन्—पवित्र आत्माले तिनीहरू सबैमा काम गर्नुहुन्छ जसले परमेश्‍वरलाई पछयाउँछन्। जब, दैनिक जीवनमा मानिसहरूले परमेश्‍वरको विरोध वा उहाँको विरुद्धमा विद्रोह गर्दैनन्, परमेश्‍वरको प्रबन्धसँग नमिल्दा कामहरू गर्दैनन् र परमेश्‍वरको काममा हस्तक्षेप गर्दैनन्, तब तिनीहरू प्रत्येकमा परमेश्‍वरका आत्माले धेरै वा थोरै मात्रामा काम गर्नुहुन्छ; उहाँले तिनीहरूलाई छुनुहुन्छ, तिनीहरूलाई अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ, तिनीहरूलाई विश्‍वास दिनुहुन्छ, तिनीहरूलाई बल दिनुहुन्छ, र तिनीहरूलाई सक्रियता साथ प्रवेश गर्न प्रेरित गर्नुहुन्छ, अल्छी नुहुनु वा देहको मोजमस्तीको लालसा नगर्नु, सत्यको अभ्यास गर्न इच्छुक हुनु र परमेश्‍वरका वचनहरूको चाहना गर्नु। यी सबै त्यो काम हो जुन पवित्र आत्माबाट आउँछ।

जब मानिसहरूको अवस्था सामान्य हुँदैन, तिनीहरू पवित्र आत्माद्वारा त्यागिएका हुन्छन्; तिनीहरूको मस्तिष्कमा तिनीहरू गुनासो गर्ने प्रवृत्तिका हुन्छन्, तिनीहरूका अभिप्रेरणाहरू गलत हुन्छन्, तिनीहरू अल्छी हुन्छन्, तिनीहरू देहमा लिप्त हुन्छन्, र तिनीहरूका हृदयहरूले सत्यको विरुद्ध विद्रोह गर्दछन्। यी सबै शैतानबाट आउँछन्। जब मानिसहरूको अवस्था सामान्य हुँदैनन्, जब तिनीहरू भित्रैदेखि धुमिल हुन्छन् र आफ्नो सामान्य विवेक गुमाएका हुन्छन्, तिनीहरू पवित्र आत्माद्वारा त्यागिएका हुन्छन्, र तिनीहरूले आफूभित्र परमेश्‍वरलाई महसुस गर्न सक्दैनन्, यस बेला शैतानले तिनीहरूभित्र काम गरिरहेको हुन्छ। यदि मानिसहरूसँग आफूभित्र सधैं शक्ति भएको भए र तिनीहरूले सधैं परमेश्‍वरलाई प्रेम गरेका भए, सामान्य रूपमा जब तिनीहरूमा केही कुराहरू घटित हुन्छन् तब ती कुराहरू पवित्र आत्माबाट आउँछन्, र तिनीहरूले जस-जसलाई भेट्छन्, त्यो भेट परमेश्‍वरको प्रबन्धको परिणाम हुन्छ। यसको मतलब यो हो कि जब तँ सामान्य अवस्थामा हुन्छस्, जब तँ पवित्र आत्माको महान् कामभित्र हुन्छस्, तब शैतानले तँलाई डगमगाउन असम्भव हुन्छ। यसको आधारमा यो भन्न सकिन्छ कि सबै कुरा पवित्र आत्माबाट आउँदछ, र तँमा गलत विचारहरू भए पनि तैँले ती कुराहरूलाई त्याग्न सक्छस्, र तँ तिनका पछि लाग्दैनस्। यी सबै पवित्र आत्माको कामबाट आउँछन्। शैतानले कुन अवस्थाहरूमा हस्तक्षेप गर्छ? तेरा परिस्थितिहरू सामान्य नहुँदा, जब तँ परमेश्‍वरद्वारा छोइएको हुँदैनस् र तँ परमेश्‍वरको कामबिना हुन्छस्, जब तँ भित्रैदेखि सुक्खा र बाँझो हुन्छस्, जब तैँले परमेश्‍वरलाई प्रार्थना त गर्छस् तर केही पनि बुझ्दैनस्, र जब तैँले परमेश्‍वरका वचनहरू त खान्छस् र पिउँछस् तर अन्तर्दृष्टि वा ज्योति पाउँदैनस्, तब शैतानलाई तँभित्र काम गर्न सजिलो हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, जब तँ पवित्र आत्माद्वारा त्यागिन्छस् र तैँले परमेश्‍वरलाई महसुस गर्न सक्दैनस्, तब तँलाई धेरै कुराहरू हुनसक्छ जुन शैतानको परीक्षाबाट आउँदछ। जब पवित्र आत्माले काम गर्नुहुन्छ, त्यो बेला शैतानले पनि सँगसँगै काम गरिरहेको हुन्छ। पवित्र आत्माले मानिसको भित्र छुनुहुन्छ, त्यही समयमा शैतानले मानिसमा हस्तक्षेप गर्दछ। तापनि, पवित्र आत्माको कामले अग्रणी स्थान ओगट्छ, र जसको अवस्था सामान्य हुन्छ, ती मानिसहरूले विजय प्राप्त गर्न सक्छन्; यो पवित्र आत्माको कामको शैतानको काममाथि भएको विजय हो। पवित्र आत्माले काम गर्नुहुँदा पनि मानिसहरूमा अझै भ्रष्ट स्वभाव रहेको हुन्छ; तापनि, पवित्र आत्माको कामको अवधिमा, मानिसहरूलाई तिनीहरूका विद्रोहीपन, अभिप्रेरणाहरू र मिलावटहरू पत्ता लगाउन र पहिचान गर्न सजिलो हुन्छ। तब मात्र, मानिसहरूले ग्लानि महसुस गर्छन् र पश्चात्ताप गर्न इच्छुक हुन्छन्। त्यसरी नै तिनीहरूका विद्रोही र भ्रष्ट स्वभावहरू परमेश्‍वरको कामभित्र क्रमै रूपले फालिँदै जान्छन्। पवित्र आत्माको काम विशेष गरी सामान्य हुन्छ; उहाँले मानिसहरूमा काम गर्नुहुँदा तिनीहरूमा अझै पनि समस्याहरू हुन्छन्, तिनीहरू अझै पनि रुन्छन्, तिनीहरू अझै पनि दु:खित हुन्छन्, तिनीहरू अझै पनि कमजोर हुन्छन् र तिनीहरूका निम्ति अझै पनि धेरै कुरा अस्पष्ट हुन्छन्, तैपनि यो अवस्थामा तिनीहरूले आफैलाई प्रत्यागमनबाट रोक्न सक्छन्, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्न सक्छन्, र तिनीहरू रोए पनि अनि विचलित भए पनि, तिनीहरूले अझै पनि परमेश्‍वरको प्रशंसा गर्न सक्छन्; पवित्र आत्माको काम विशेष गरी सामान्य हुन्छ, अलिकति पनि अलौकिक हुँदैन। धेरै मानिसहरूले पवित्र आत्माले काम गर्न थाल्नेबित्तिकै मानिसको अवस्थामा परिवर्तनहरू हुन्छन् र तिनीहरूका निम्ति आवश्यक कुराहरू हटाइन्छन् भनी विश्‍वास गर्छन्। यस्ता विश्‍वासहरू गलत हुन्। जब पवित्र आत्माले मानिसभित्र काम गर्नुहुन्छ, मानिसका निष्क्रिय कुराहरू अझै पनि त्यहीँ हुन्छन् र उसको कद त्यही नै रहन्छ, तर उसले पवित्र आत्माको ज्योति र अन्तर्दृष्टि प्राप्त गर्दछ र त्यसैले उसको अवस्था धेरै सक्रिय बन्छ, ऊभित्रका अवस्थाहरू सामान्य बन्छन्, र ऊ द्रुत गतिमा परिवर्तित हुन्छ। मानिसहरूका वास्तविक अनुभवहरूमा तिनीहरूले मुख्य रूपमा कि त पवित्र आत्माको कि त शैतानको कामको अनुभव गर्छन्, र यदि तिनीहरूले यी अवस्थाहरू बुझ्न र भिन्नता छुट्याउन सक्दैनन् भने, वास्तविक अनुभवहरूमा प्रवेश गर्ने प्रश्न नै आउँदैन, स्वभावमा परिवर्तनहरू हुने कुरा त गर्दै नगरौं। यसैले, परमेश्‍वरको कामको अनुभव गर्नका लागि चाहिने मुख्य कुरा भनेको ती घटनाहरूलाई केलाएर हेर्न सक्नु हो; यसरी तिनीहरूलाई यो कुरा अनुभव गर्न सजिलो हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पवित्र आत्माको काम र शैतानको काम

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९७

सृष्टिकर्ताको अख्‍तियार अपरिवर्तनीय र उल्‍लङ्घन गर्न नसकिने छ १. परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ उत्पत्ति...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६९

यदि मानिसहरूमा अलिकति पनि आत्मविश्‍वास छैन भने, तिनीहरूलाई त्यो बाटोमा अगि बढिरहन सहज हुँदैन। परमेश्‍वरको काम मानिसहरूका धारणाहरूसँग अलिकति...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३५

अब्राहामलाई परमेश्‍वरको प्रतिज्ञा (छनौट गरिएका खण्डहरू) उत्पत्ति २२:१६-१८ यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०७

अनुभवबाट देख्न सकिन्छ कि परमेश्‍वरको सामुन्ने आफ्नो हृदय शान्त बनाउनु अति महत्त्वपूर्ण विषयहरूमध्ये एक हो। यो एक विषय हो जसले मानिसहरूको...