परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४४
तिमीहरूले धेरै वटा कुराहरू प्राप्त गरेको होस् भन्ने मैले आशा राखेको छु, तर तिमीहरूका सबै कार्यहरू, तिमीहरूका जीवनका सबै थोकहरूले पनि मैले...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरलाई गवाही दिनु भनेको मुख्य रूपले परमेश्वरको कामको बारेमा रहेको तेरो ज्ञान, परमेश्वरले मानिसहरूलाई कसरी जित्नुहुन्छ, उहाँले मानिसहरूलाई कसरी बचाउनुहुन्छ सो बताउनु हो; यो भनेको परमेश्वरले मानिसहरूलाई उहाँद्वारा जितिन, सिद्ध बनाइन र उहाँद्वारा बचाइन दिँदै, कसरी उहाँले तिनीहरूलाई सत्यताको वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्नुहुन्छ भनी बताउनु हो। गवाही दिनु भनेको उहाँको काम र तैँले अनुभव गरेका सबै कुराहरूको बारेमा बताउनु हो। उहाँको कामले मात्र उहाँको प्रतिनिधित्व गर्न सक्दछ, र उहाँको कार्यले मात्र उहाँलाई उहाँको सम्पूर्णतामा सार्वजनिक रूपमा प्रकट गर्न सक्दछ; उहाँको कामले उहाँको गवाही दिन्छ। उहाँको काम र वाणीहरूले सीधै आत्माको प्रतिनिधित्व गर्छन्; उहाँले गर्नुहुने कामलाई आत्माले अघि बढाउनुहुन्छ, र उहाँले बोल्नुहुने वचनहरू आत्माद्वारा बोलिन्छन्। यी कुराहरू केवल परमेश्वरको देहधारी शरीरको माध्यमबाट मात्र व्यक्त गरिन्छ, तापनि वास्तवमा ती आत्माका अभिव्यक्तिहरू हुन्। उहाँले गर्नुहुने सबै काम र उहाँले बोल्नुहुने सबै वचनहरूले उहाँको सारतत्त्वलाई प्रतिनिधित्व गर्दछ। यदि, उहाँले शरीर धारण गरेर मानिसको माझ आउनुभएपछि परमेश्वरले बोल्नुहुन्न वा काम गर्नुहुन्न भने र तिमीहरूलाई उहाँको वास्तविकता, उहाँको सामान्यता र उहाँको सर्वशक्ति जान्न लगाइयो भने के तँ त्यसो गर्न सक्नेथिइस्? के तैँले आत्माको सार के हो भनी जान्न सक्नेथिइस्? के तैँले उहाँको देहका विशेषताहरू के-के हुन् भनी जान्न सक्नेथिइस्? तिमीहरूले उहाँको कामको प्रत्येक चरणको अनुभव गरेको हुनाले मात्रै उहाँले तिमीहरूलाई उहाँको साक्षी दिन अनुरोध गर्नुभएको हो। यदि तिमीहरू त्यस्तो अनुभवरहित भएको भए उहाँले तिमीहरूलाई गवाही दिन लगाउन जोड दिनुहुनेथिएन। यसैले जब तैँले परमेश्वरको गवाही दिन्छस्, तैँले उहाँको बाहिरी सामान्य मानवताको मात्र गवाही होइन, तर उहाँले गर्नुहुने काम र उहाँले देखाउनुहुने मार्गको पनि गवाही दिइरहेको हुन्छस्; तँलाई कसरी उहाँले जित्नुभयो र कुन-कुन पक्षहरूमा तँलाई सिद्ध बनाइयो सो बारे तैँले गवाही दिनुपर्छ। तैँले दिनुपर्ने प्रकारको गवाही यही हो। यदि तँ जहाँ गए पनि यसरी कराउँछस् भने: “हाम्रा परमेश्वर काम गर्न आउनुभएको छ, र उहाँको काम साँच्चै व्यावहारिक छ! उहाँले कुनै अलौकिक कार्यहरू नगरी, कुनै आश्चर्यकर्म र चमत्कारहरू नगरी हामीलाई प्राप्त गर्नुभएको छ!” अरूले सोध्नेछन्: “उहाँले आश्चर्यकर्म र चमत्कारहरू गर्नुहुन्न भनी तिमीले भन्नुको अर्थ के हो? आश्चर्यकर्म र चमत्कारहरू नगरी उहाँले कसरी तिमीलाई जित्न सक्नुभयो?” र तँ भन्छस्: “उहाँले कुनै चमत्कार वा आश्चर्यकर्महरू प्रदर्शन नगरी बोल्नुहुन्छ, उहाँले हामीलाई जित्नुभएको छ। उहाँको कामले हामीलाई जितेको छ।” अन्त्यमा, यदि तैँले कुनै महत्त्वपूर्ण कुरा भन्न सक्दैनस्, यदि तैँले निश्चित कुरा गर्न सक्दैनस् भने, के त्यो साँचो गवाही हो? जब देहधारी परमेश्वरले मानिसहरूलाई जित्नुहुन्छ, उहाँको ईश्वरीय वचनहरूले नै त्यो काम गर्दछ। मानिसले त्यो काम पूरा गर्न सक्दैन; यो कुनै मरणशीलले हासिल गर्न सक्ने कुरा होइन, र सामान्य मानिसहरूमध्ये सबैभन्दा उच्च क्षमताको व्यक्तिले पनि यो काम गर्न सक्दैन, किनकि उहाँको ईश्वरत्व कुनै पनि सृष्टि गरिएको प्राणीको भन्दा उच्च छ। यो मानिसहरूका लागि असाधारण कुरा हो; आखिर, सृष्टिकर्ता कुनै पनि सृष्टिभन्दा उच्च हुनुहुन्छ। सृष्टि गरिएका प्राणीहरू सृष्टिकर्ता भन्दा उच्च हुन सक्दैनन्; यदि तँ उहाँभन्दा उच्च थिइस् भने, उहाँले तँलाई जित्न सक्नुहुने थिएन, र उहाँ तँभन्दा उच्च हुनुभएकोले मात्रै उहाँले तँलाई जित्न सक्नुहुन्छ। जसले सम्पूर्ण मानवजातिलाई जित्न सक्नुहुन्छ उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ, र अरू कसैले होइन तर उहाँले मात्र यो काम गर्न सक्नुहुन्छ। यी वचनहरू नै “गवाही” हुन्—तैँले दिनुपर्ने प्रकारको गवाही। तैँले चरणबद्ध रूपमा दण्ड, न्याय, शोधन, परीक्षाहरू, बाधाहरू र सङ्कष्टहरूको अनुभव गरेको छस्, र तँलाई जितिएको छ; तैँले शरीरका सम्भावनाहरूलाई, तेरा व्यक्तिगत प्रेरणाहरूलाई र देहको भित्री रुचिहरूलाई पन्छाएको छस्। अर्को वचनमा, परमेश्वरका वचनहरूले तेरो हृदयलाई पूर्ण रूपमा जितेको छ। तँ उहाँले माग गर्नुभएजस्तो प्रकारले आफ्नो जीवनमा वृद्धि भएको छैनस्, तापनि यी सबै कुरा तँलाई थाहा छ र उहाँले जे गर्नुहुन्छ त्यसप्रति तँ पूर्ण रूपमा विश्वस्त छस्। यसैले यसलाई गवाही भन्न सकिन्छ, यस्तो गवाही जुन वास्तविक र सत्य छ। परमेश्वर जुन काम गर्न आउनुभयो, अर्थात् न्याय गर्ने र दण्ड दिने काम, त्यसको उद्देश्य भनेको मानिसलाई जित्नु हो, तर उहाँले आफ्नो कामलाई अन्त्य पनि गर्दैहुनुहुन्छ, युगको अन्त्य गर्दैहुनुहुन्छ र निष्कर्षको काम पूरा गर्दै हुनुहुन्छ। उहाँले सम्पूर्ण युगको अन्त्य गर्दैहुनुहुन्छ, सारा मानव जातिलाई बचाउँदै हुनुहुन्छ, मानव जातिलाई एकै पल्टमा सधैँभरिका निम्ति पापबाट छुटकारा दिँदैहुनुहुन्छ; आफूले सृष्टि गर्नुभएको मानव जातिलाई उहाँले पूर्ण रूपमा प्राप्त गर्दैहुनुहुन्छ। तैँले यी सबै कुराको गवाही दिनुपर्छ। तैँले परमेश्वरको धेरै कामको अनुभव गरेको छस्, तैँले यो आफ्नै आँखाले देखेको छस् र व्यक्तिगत रूपमा अनुभव गरेको छस्; जब तँ अन्त्यमा पुगेको हुन्छस्, तब तँलाई जुन काम गर्ने कर्तव्य दिइएको छ त्यो गर्न तँ असक्षम हुनु हुँदैन। त्यो धेरै दुःखलाग्दो कुरा हुनेछ! भविष्यमा, जब सुसमाचार फैलाइन्छ, तैँले आफ्नै ज्ञानको कुरा गर्न सक्षम हुनुपर्दछ, तैँले आफ्नो हृदयमा प्राप्त गरेका सबै कुराहरूको गवाही दिनुपर्छ, र कुनै पनि कोसिस बाँकी राख्नुहुँदैन। सृष्टि गरिएको प्राणीले प्राप्त गर्नुपर्ने कुरा यही हो। परमेश्वरको कामको यस चरणको वास्तविक महत्त्व के हो? यसको प्रभाव के हो? र मानिसमा यो कतिसम्म अघि बढाइन्छ? मानिसहरूले के गर्नुपर्छ? जब तिमीहरूले देहधारी परमेश्वरले संसारमा आउनुभएपछि गर्नुभएका सबै कामहरूको बारेमा स्पष्ट बताउन सक्छौ, तब तिमीहरूको गवाही पूर्ण हुनेछ। जब तैँले यी पाँचवटा कुरा स्पष्ट रूपमा बताउन सक्छस्: उहाँको कामको महत्त्व; त्यसको विषयवस्तुहरू; त्यसको सार; त्यसले प्रतिनिधित्व गर्ने स्वभाव र त्यसका सिद्धान्तहरू, तब त्यसले तँ परमेश्वरको गवाही दिन सक्षम छस्, र तँमा साँच्चै ज्ञान छ भन्ने प्रमाण दिन्छ। मैले तिमीहरूबाट गरेका मागहरू अति उच्च छैनन्, र जो वास्तविक खोजीमा छन् तिनीहरूले त्यो प्राप्त गर्न सक्छन्। यदि तैँले परमेश्वरका गवाहीहरूमध्ये एक बन्ने संकल्प गर्छस् भने, परमेश्वरले कुन कुरालाई घृणा गर्नुहुन्छ र कुन कुरालाई प्रेम गर्नुहुन्छ सो तैँले बुझ्नैपर्छ। तैँले उहाँका धेरै कामहरूको अनुभव गरेको छस्; यस कामद्वारा तैँले उहाँको स्वभाव जान्नुपर्छ, उहाँको इच्छा र मानव जातिसँग उहाँले गर्नुभएको मागलाई बुझ्नुपर्छ र उहाँको गवाही दिन र तेरो कर्तव्य पूरा गर्न तैँले त्यो ज्ञानको प्रयोग गर्नुपर्दछ। तैँले यसो मात्रै भन्न सक्छस्: “हामी परमेश्वरलाई चिन्छौं। उहाँको न्याय र सजाय धेरै कठोर छन्। उहाँका वचनहरू अति कठोर छन्; ती धर्मी र प्रतापी छन्, र तिनलाई कुनै पनि मानिसले उल्लङ्घन गर्न सक्दैनन्,” तर के यी वचनहरूले आखिरमा मानिसका लागि प्रबन्ध गर्दछन्? मानिसहरूमा तिनको प्रभाव कस्तो हुन्छ? न्याय र सजायको यो काम तेरो लागि सबैभन्दा फाइदाजनक छ भनी के तँलाई साँच्चै थाहा छ? परमेश्वरको न्याय र सजायले तेरो विद्रोहीपन र भ्रष्टतालाई खुलासा गर्दैछन्, होइन र? तिनले तँभित्रका घिनलाग्दा र भ्रष्ट थोकहरूलाई सफा गर्न र निकाल्न सक्छन्, के सक्दैनन् र? यदि कुनै न्याय र सजाय नभएको भए, तँ कस्तो हुनेथिइस् होला? शैतानले तँलाई अति गहन हदसम्म भ्रष्ट पारेको छ भन्ने कुरालाई के तैँले साँच्चै बुझ्न सक्छस्? आज, तिमीहरूले आफैलाई यी कुराहरूले सुसज्जित पार्नुपर्छ र ती कुरालाई राम्ररी जान्नुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (७)
तिमीहरूले धेरै वटा कुराहरू प्राप्त गरेको होस् भन्ने मैले आशा राखेको छु, तर तिमीहरूका सबै कार्यहरू, तिमीहरूका जीवनका सबै थोकहरूले पनि मैले...
तिमीहरूको विश्वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको खातिर आफ्नो जीवन बलिदान गर्न...
परमेश्वरमा विश्वास गर्दा, परमेश्वरलाई कसरी चिन्नुपर्छ? व्यक्तिले पथभ्रष्ट वा भ्रमित नभई परमेश्वरका वचनहरू अनि परमेश्वरको आजको कामको...
तिमीहरू अहिले कुन कुराले सुसज्जित हुनु आवश्यक छ त्यसबारे के तिमीहरूलाई थाहा छ? यसको एक पक्षमा काम सम्बन्धी दर्शनहरू पर्छन्, र अर्को पक्ष...