परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२७

सत्यताको अभ्यास यस्तो मार्ग हो जसमा मानिसको जीवन वृद्धि हुन सक्छ। यदि तिमीहरूले सत्यताको अभ्यास गरेनौं भने, तिमीहरूसँग सिद्धान्तभन्दा बढी केही हुँदैन र वास्तविक जीवन रहँदैन। सत्यता मानिसको जीवनको कदको प्रतीक हो, तँ सत्यताको अभ्यास गर्छस् वा गर्दैनस् भन्ने कुराको सम्बन्ध तेरो वास्तविक कद छ वा छैन भन्‍ने कुरासँग हुन्छ। यदि तँ सत्यताको अभ्यास गर्दैनस्, धर्मी रूपमा व्यवहार गर्दैनस्, वा भावनामा बग्छस् र देहको ख्याल गर्छस् भने, तँ यी आज्ञाहरूको पालना गर्ने कुराबाट निकै पर छस्। यो नै सबैभन्दा गहन पाठ हो। प्रत्येक युगमा, मानिसहरूले प्रवेश गर्नुपर्ने र बुझ्नुपर्ने धेरै सत्यताहरू हुन्छन्, अनि प्रत्येक युगमा, ती सत्यताहरू सँगसँगै आउने विभिन्न आज्ञाहरू हुन्छन्। मानिसहरूले अभ्यास गर्ने यी सत्यताहरू निश्चित युगसँग सम्बन्धित हुन्छन्, र तिनीहरूले पालना गर्ने आज्ञाहरू पनि सोही युगसँग सम्बन्धित हुन्छन्। प्रत्येक युगको आ-आफ्नै अभ्यास गरिनुपर्ने सत्यता र पालना गरिनुपर्ने आज्ञाहरू हुन्छन्। यद्यपि, परमेश्‍वरबाट प्रतिपादन गरिएका विभिन्न आज्ञाहरूको आधारमा—अर्थात्, विभिन्न युगहरूको आधारमा—मानिसले गर्ने सत्यताको अभ्यासको लक्ष्य र प्रभाव समानुपातिक ढङ्गले भिन्न हुन्छ। आज्ञाहरूले सत्यको सेवा गर्छन्, र आज्ञाहरू कायम राख्नका लागि सत्यको अस्तित्व हुन्छ भनेर भन्न सकिन्छ। यदि सत्यता मात्रै भएको भए, कुरा गर्न मिल्ने गरी परमेश्‍वरको कार्यमा कुनै परिवर्तन हुनेछैन। यद्यपि, आज्ञाहरूलाई हेरेर, मानिसले पवित्र आत्माको कार्यमा प्रवृत्तिहरूको हद पहिचान गर्न सक्छ, र मानिसले परमेश्‍वर कुन युगमा कार्य गर्दै हुनुहुन्छ भनेर थाहा पाउन सक्छ। धर्ममा, व्यवस्थाको युगका मानिसहरूले अभ्यास गरेका सत्यताहरूको अभ्यास गर्न सक्ने धेरै मानिसहरू छन्। यद्यपि, उनीहरूसँग नयाँ युगका आज्ञाहरू छैनन्, न उनीहरूले तिनीहरूको पालना नै गर्न सक्छन्। उनीहरूले अझै पुरानै तरिकाहरू पालना गरिरहेका छन् र आदिम मानवजातिकै रूपमा रहेका छन्। उनीहरू कार्यको नयाँ तरिकाबाट सुसज्जित छैनन् र उनीहरूले नयाँ युगका आज्ञाहरू देख्न सक्दैनन्। यसरी, उनीहरूसँग परमेश्‍वरको कार्य छैन। लाग्छ, उनीहरूसँग अण्डाको खाली बोक्रा मात्र छ; यदि त्यसभित्र कुनै चल्ला छैन भने, त्यसमा आत्मा पनि छैन। यसलाई अझ सटीक तरिकाले भन्दा, तिनीहरूमा कुनै जीवन नै छैन। यस्ता मानिसहरू अझैसम्म पनि नयाँ युगमा प्रवेश गरेका छैनन् र धेरै कदम पछाडि परेका छन्। तसर्थ, पुराना युगहरूका सत्यताहरू हुनु तर नयाँ युगका आज्ञाहरू नहुनु व्यर्थ हो। तिमीहरू धेरै जना आजको सत्यताको अभ्यास गर्छौ तर यसका आज्ञाहरू पालना गर्दैनौ। तिमीहरूले केही पनि पाउँदैनौ, र तिमीहरूले अभ्यास गर्ने सत्यता महत्त्वहीन र अर्थहीन हुन्छ र परमेश्‍वरले तिमीहरूको प्रशंसा गर्नुहुनेछैन। सत्यताको अभ्यास पवित्र आत्माको वर्तमानका कार्यशैलीहरूको मापदण्डभित्र रहेर गरिनुपर्छ; यसको अभ्यास आजको व्यावहारिक परमेश्‍वरको आवाजको जबाफस्वरूप गरिनुपर्छ। यसो नगर्दा, डोकोले पानी उघाएको जस्तै, सबै कुरा शून्य हुन्छ। यो नयाँ युगका आज्ञाहरूको प्रतिपादनको व्यावहारिक अर्थ पनि हो। यदि मानिसहरूले आज्ञाहरूको पालना गर्ने हो भने, कम्तीमा तिनीहरूलाई देहमा देखा पर्नुहुने व्यावहारिक परमेश्‍वरको बारेमा, अन्योलता रहित रूपमा थाहा हुनुपर्छ। अर्को शब्दमा भन्नुपर्दा, मानिसहरूले आज्ञाहरूको पालना गर्ने सिद्धान्तहरूका बारेमा बुझ्नुपर्छ। आज्ञाहरूको पालना गर्नुको अर्थ तिनीहरूलाई लापरवाही तरिकाले वा स्वछन्द रूपमा अनुसरण गर्नु होइन, बरु आधार, उद्देश्य, र सिद्धान्तहरूसहित तिनीहरूको पालना गर्नु हो। हासिल गर्नुपर्ने पहिलो कुरा भनेको तेरो दृष्टिलाई स्पष्ट पार्नु हो। यदि वर्तमान समयमा तँसँग पवित्र आत्माको कार्यको गहन बुझाइ छ भने, र यदि तँ कार्यको आजको विधिमा प्रवेश गर्छस् भने, तैँले स्वाभाविक रूपमा आज्ञाहरूको पालना गर्ने सुस्पष्ट बुझाइ प्राप्त गर्छस्। यदि तैँले नयाँ युगका आज्ञाहरूको सार बुझ्ने दिन आएमा र तैँले आज्ञाहरूको पालना गर्न सकेमा, तँ सिद्ध भएको हुनेछस्। सत्यको अभ्यास गर्ने र आज्ञाको पालना गर्ने कुराको व्यावहारिक महत्त्व यही हो। तैँले सत्यको अभ्यास गर्न सक्छस् वा सक्दैनस् भन्ने कुरा तैँले नयाँ युगका आज्ञाहरूको सारलाई कसरी बुझ्छस् भन्नेमा निर्भर रहन्छ। पवित्र आत्माको कार्य मानिस समक्ष निरन्तर रूपमा देखा पर्नेछ, र परमेश्‍वरले मानिसहरूलाई अझ धेरै मापदण्डहरू दिनुहुनेछ। तसर्थ, मानिसले अभ्यास गर्ने सत्यताको सङ्ख्या थपिँदै जानेछ, र आज्ञाहरू पालना गर्दाका प्रभावहरू अझै धेरै गहन हुँदै जानेछन्। तसर्थ, तिमीहरूले सत्यताको अभ्यास अनि आज्ञाहरूको पालना सँगसँगै गर्नुपर्ने छ। यो कुरालाई कसैले पनि उपेक्षा गर्नु हुँदैन; यो नयाँ युगमा नयाँ सत्य अनि नयाँ आज्ञाहरू एकै पटक सुरु हुन देओ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज्ञा पालन र सत्यता अभ्यास गर्ने

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३९

आफ्नो गवाहीमा दृढ भएर खडा हुनु भनेको के हो? केही व्यक्तिहरूले अहिले गरिरहे जस्तै पछ्याउँछौं र उनीहरू जीवन प्राप्त गर्न सक्षम छन् कि छैनन्...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५१

परमेश्‍वरले शैतानलाई हराउनको लागि मानिसहरूको व्यवस्थापनको प्रयोग गर्नुहुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याएर तिनीहरूको भविष्यलाई समाप्त...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०

परमेश्‍वरको डर नमान्नु र दुष्टताबाट अलग नबस्नु भनेको परमेश्‍वरको विरोध गर्नु हो आजभोलि तिमीहरू परमेश्‍वरको आमने-सामने छौ र परमेश्‍वरका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३५

अब्राहामलाई परमेश्‍वरको प्रतिज्ञा (छनौट गरिएका खण्डहरू) उत्पत्ति २२:१६-१८ यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्