परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४२५

अभ्यासमा, आज्ञा पालन गर्ने र सत्यतालाई अभ्यासमा उतार्ने कार्य एक-आपसमा जोडिनुपर्छ। आज्ञा पालन गर्दा, सत्यताको अभ्यास गर्नुपर्छ। सत्यताको अभ्यास गर्दा, आज्ञाका सिद्धान्तहरूलाई कसैले पनि उल्लंघन गर्नु हुँदैन, न त आज्ञाको विपक्षमा जानु नै हुन्छ; परमेश्‍वरले तँबाट जे चाहनुहुन्छ तैँले त्यही गर्नुपर्छ। आज्ञा पालन गर्ने र सत्यताको अभ्यास गर्ने कार्य अन्तरसम्बन्धित छन्, अन्तर्विरोधी छैनन्। तैँले जति धेरै सत्यताको अभ्यास गर्छस्, त्यति नै धेरै तँ आज्ञाको सार कायम राख्न सक्षम बन्छस्। तैँले जति धेरै सत्यताको अभ्यास गर्छस्, त्यति नै धेरै तैँले आज्ञामा व्यक्त भएका परमेश्‍वरका वचनहरू बुझ्छस्। सत्यताको अभ्यास गर्नु र आज्ञा पालन गर्नु अन्तर्विरोधी कार्य होइनन्—तिनीहरू अन्तरसम्बन्धित छन्। सुरुमा, मानिसले आज्ञाको पालना गरेपछि मात्रै सत्यताको अभ्यास गर्न र पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गर्न सक्थ्यो, तर यो परमेश्‍वरको मौलिक अभिप्राय होइन। परमेश्‍वर तैँले राम्रो व्यवहार गर्ने मात्रै नभएर तैँले आफ्नो हृदयलाई उहाँको आराधनामा लगाएको चाहनुहुन्छ। यद्यपि, सतही रूपमा भए पनि तैँले ती आज्ञाहरूको पालना गर्नुपर्छ। बिस्तारै, अनुभवमार्फत, परमेश्‍वरको अझ स्पष्ट बुझाइ प्राप्त गरेपछि, मानिसहरूले उहाँविरुद्ध विद्रोह र विरोध गर्न छाड्नेछन्, र तिनीहरूमा उहाँको कार्यप्रति कुनै शङ्का हुनेछैन। आज्ञाको सारप्रति निष्ठा राख्ने यो एक मात्र उपाय हो। तसर्थ, सत्यताको अभ्यास नगरी, आज्ञाको पालना गर्नु मात्रै, प्रभावहीन हुन्छ, र यसमा परमेश्‍वरको साँचो आराधना समावेश हुँदैन, किनभने तैँले वास्तविक कद अहिलेसम्म प्राप्त गरेको हुँदैनस्। सत्यताको अभ्यासविना आज्ञाको पालना मात्रै गर्नु भनेको नियमको कठोरतापूर्वक पालना गरेको जस्तो मात्रै हुन्छ। यसो गर्दा, आज्ञाहरू तेरा कानून बन्न पुग्छन्, जसले तँलाई जीवनमा वृद्धि हुन सहयोग गर्दैन। यसको विपरीत, ती तेरा बोझ बन्छन्, र पुरानो करारका व्यवस्थाले तँलाई कसेर बाँधेको जस्तै बाँध्छन् र पवित्र आत्माको उपस्थितिलाई गुमाउने तुल्याउँछन्। तसर्थ, सत्यताको अभ्यास गरेपछि मात्रै तैँले आज्ञालाई प्रभावकारी ढङ्गबाट पालना गर्न सक्छस्, र सत्यताको अभ्यास गर्नका लागि तैँले आज्ञाको पालना गर्छस्। आज्ञाको पालना गर्ने प्रक्रियामा, तैँले अझ धेरै सत्यताको अभ्यास गर्नेछस्, र सत्यताको अभ्यास गर्ने दौरान, आज्ञाको वास्तविक अर्थ के हो भनेर तैँले झनै गहिरो बुझाइ प्राप्त गर्नेछस्। मानिसले आज्ञा पालन गरोस् भन्ने परमेश्‍वरको मापदण्डको उद्देश्य र अर्थ भनेको उसले कल्पना गरेको जस्तो मानिसलाई नियमको पालना गर्न लगाउनु मात्रै होइन; बरु यसको सम्बन्ध त उसले जीवनमा प्रवेश गर्नुसँग रहेको छ। तेरो जीवनमा हुने प्रगतिले तैँले कुन हदसम्म आज्ञाको पालना गर्न सक्नेछस् भन्ने कुरा निर्धारण गर्छ। आज्ञाहरू मानिसले पालना गर्नुपर्ने भए तापनि, आज्ञाको सार मानिसको जीवनको अनुभवबाट मात्रै प्रष्ट हुन्छ। अधिकांश मानिसहरूले आज्ञाको पालना राम्ररी गर्नुको अर्थ तिनीहरू “पूर्ण रूपमा तयार रहेको, र गर्न बाँकी रहेको भनेको अरू सबै बिर्सेर त्यसैमा पूरै लाग्नु मात्रै हो” भनेर अनुमान लगाउँछन्। यो अनावश्यक प्रकृतिको विचार हो, र यो विचार परमेश्‍वरको इच्छाअनुसारको छैन। यस्तो कुरा भन्ने मानिसहरू प्रगति गर्न चाहँदैनन्, र तिनीहरू देहको अभिलाषा राख्छन्। यो वाहियात हो! यो वास्तविकतासँग मेल नखाने कुरा हो! वास्तवमा आज्ञाको पालना नगरी खाली सत्यताको मात्रै अभ्यास गर्नु भनेको परमेश्‍वरको इच्छा होइन। यसो गर्नेहरू लङ्गडा हुन्; तिनीहरू एउटा खुट्टा नभएका मानिसहरू जस्ता हुन्। नियमको पालना गरेको जस्तो गरी आज्ञाको पालना गर्ने, तर अझै पनि सत्यता निहित नगर्ने—यसले पनि परमेश्‍वरको इच्छालाई सन्तुष्ट बनाउन सक्दैन; एउटा आँखा नभएकाहरू जस्तै, यसो गर्ने मानिसहरूले पनि कुनै प्रकारको अपाङ्गताको कष्ट भोग्छन्। यदि तैँले आज्ञाको पालना राम्ररी गरिस् र व्यावहारिक परमेश्‍वरको स्पष्ट बुझाइ हासिल गरिस् भने, तँमा सत्यता निहित हुनेछ भनेर भन्न सकिन्छ; सापेक्षिक रूपमा भन्नु पर्दा, तैँले वास्तविक कद हासिल गरेको हुनेछस्। तैँले अभ्यास गर्नुपर्ने सत्यताको अभ्यास गरिस् भने, तैँले आज्ञाको पालना पनि गर्नेछस्, र यी दुइटा कुराहरू परस्परविरोधी होइनन्। सत्यताको अभ्यास गर्नु र आज्ञाको पालना गर्नु दुई वटा प्रणालीहरू हुन्, यी दुवै जीवन अनुभवका अभिन्न अङ्ग हुन्। व्यक्तिको अनुभवमा आज्ञाको पालना र सत्यताको अभ्यासको समायोजन समावेश हुनुपर्छ, विभाजन होइन। यद्यपि, यी दुई कुराहरूमा भिन्नता र सम्बन्ध दुवै छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज्ञा पालन र सत्यता अभ्यास गर्ने

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४३

यस क्षणमा, परमेश्‍वरको काम भनेको प्रत्येकलाई ठीक बाटोमा प्रवेश गर्न लगाउनु, सामान्य आत्मिक जीवन तथा साँचो अनुभवहरू प्राप्त गर्न लगाउनु,...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९४

परमेश्‍वरमा आफ्नो विश्‍वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती उनीहरूले मुखले मात्र विश्‍वास गर्नु, र परमेश्‍वरलाई आफ्नो दैनिक...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७३

परमेश्‍वर मौन हुनुहुन्छ, र कहिल्यै हामीकहाँ प्रकट हुनुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँले सारा पृथ्वीलाई अनुसन्धान...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३९

तँ मेरो घरानाका मानिसहरू मध्येको एक भएकोले, र तँ मेरो राज्यको विश्‍वासी भएकोले, तैंले गर्नुपर्ने सबै कुराहरूमा मेरो आवश्यकताका मापदण्डहरू...