परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४१५

एक सामान्य आत्मिक जीवन जिउन, व्यक्तिले हरेक दिन नयाँ ज्योति प्राप्त गर्न र परमेश्‍वरका वचनहरूको साँचो बुझाइको खोजी गर्न सक्‍नुपर्छ। व्यक्तिले सत्यतालाई स्पष्ट रूपमा देख्‍नुपर्छ, सबै मामिलामा अभ्यासको बाटो खोज्नुपर्छ, हरेक दिन परमेश्‍वरका वचनहरू पढेर नयाँ प्रश्‍नहरू पत्ता लगाउनुपर्छ, र आफ्नै अपर्याप्तताहरूलाई बुझ्नुपर्छ, ताकि ऊसँग तृष्णा गर्ने र खोजी गर्ने हृदय होस् जसले उसको सम्पूर्ण अस्तित्वलाई अगुवाइ गर्छ, ताकि पछि छोडिने डरले व्यक्ति परमेश्‍वरको सामु सधैँ शान्त हुन सकोस्। निरन्तर प्रवेश प्राप्त गर्न इच्छुक अनि तृषित र खोजी गर्ने हृदय भएको व्यक्ति आत्मिक जीवनको सही मार्गमा हुन्छ। जो पवित्र आत्माद्वारा प्रेरित छन्, जसले अझ राम्रो गर्न चाहन्छन्, जो परमेश्‍वरद्वारा सिद्ध हुन खोजी गर्छन्, जो परमेश्‍वरका वचनहरूको गहिरो बुझाइको तृष्णा गर्छन्, जो अलौकिकको पछि लाग्दैनन्, बरु वास्तविक मूल्य तिर्छन्, जसले वास्तवमा परमेश्‍वरको इच्छाको वास्ता गर्छन्, जसले वास्तवमै प्रवेश प्राप्त गर्दछन्, जसले गर्दा उनीहरूका अनुभवहरू अझ सच्‍चा र वास्तविक हुन्छन्, जसले रित्तो शब्द र सिध्दान्तहरूको खोजी गर्दैनन् वा अलौकिकता महसुस गर्न खोज्दैनन्, जसले कुनै महान व्यक्तित्वको पूजा गर्दैनन्—सामान्य आत्मिक जीवनमा प्रवेश गरेकाहरू यिनीहरू नै हुन्। उनीहरूले गर्ने सबै कुरा जीवनमा थप वृद्धि प्राप्त गर्न र आत्मामा आफैलाई ताजा र जीवन्त तुल्याउनको लागि हो, र तिनीहरूले सधैँ सक्रिय रूपमा प्रवेश प्राप्त गर्न सक्छन्। महसुसै नगरी तिनीहरूले सत्यलाई बुझ्छन् र वास्तविकतामा प्रवेश गर्छन्। सामान्य आत्मिक जीवन भएका मानिसहरूले हरेक दिन आत्माको मुक्ति र स्वतन्त्रता पाउँछन् र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने गरी उहाँका वचनहरू स्वतन्त्र रूपमा अभ्यास गर्न सक्छन्। यी मानिसहरूका लागि, प्रार्थना गर्नु कुनै औपचारिकता वा प्रक्रिया होइन; प्रत्येक दिन, तिनीहरूले नयाँ प्रकाशलाई पछ्याउन सक्छन्। उदाहरणको लागि, मानिसहरूले परमेश्‍वरसामु आफ्नो हृदय शान्त गराउन आफैलाई तालिम दिन्छन्, र उनीहरूको हृदय परमेश्‍वरसामु साँच्चै नै शान्त हुन सक्छ, र तिनीहरूलाई कसैले पनि वाधा दिन सक्दैन। कुनै व्यक्ति, घटना, वा चीजले उनीहरूको सामान्य आत्मिक जीवनलाई बाधा दिन सक्दैन। यस्तो तालिम परिणाम उत्पन्न गर्ने उद्देश्यले गरिएको हुन्छ; यो मानिसहरूलाई नियम पालन गर्न लगाउनको लागि होइन। यो अभ्यास नियम-पालनसँग सम्‍बन्धित छैन, बरु यो त मानिसहरूको जीवनमा वृद्धि ल्याउने कार्यसँग सम्‍बन्धित छ। यदि तैँले यो अभ्यासलाई पालना गर्नुपर्ने नियमहरूको रूपमा मात्र देख्छस् भने, तेरो जीवन कहिल्यै परिवर्तन हुनेछैन। तँ अरूको जस्तै अभ्यासमा संलग्न हुन सक्छस्, तर जब तिनीहरूले अन्ततः पवित्र आत्माको कामको गतिलाई पछ्याउन सक्‍ने हुन्छन्, तब तँलाई पवित्र आत्माको प्रवाहबाट हटाइन्छ। के तैँले आफैलाई धोका दिइरहेको छैनस् र? यी वचनहरूको उद्देश्य भनेको मानिसहरूलाई परमेश्‍वरसमक्ष आफ्नो हृदय शान्त गराउन, उनीहरूको हृदय परमेश्‍वरतिर फर्काउन दिनको लागि हो, ताकि तिनीहरूमा परमेश्‍वरले गर्नुहुने कामहरू कुनै बाधाविना अघि बढ्न सकोस् र त्यसले फल फलाउन सकोस्। त्यसो भएमा मात्र मानिसहरू परमेश्‍वरको इच्छाअनुसारको बन्न सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३७

तैँले तेरो भ्रष्ट स्वभावलाई फालिसकेपछि अनि सामान्य मानवताले ‍जिउने उपलब्धि हासिल गरिसकेपछि मात्र तँलाई पूर्ण बनाइनेछ। तैँले अगमवाणी बोल्न...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०९

लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू सबैले उत्सुकतापूर्वक सुन्दर गन्तव्यको आशा गरिरहेका छन् र परमेश्‍वरका विश्‍वासीहरू सबैले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३१

तिमीहरूले अझ बढी वास्तविक पाठहरू सिक्‍नुपर्छ। मानिसहरूले आदरभावले हेर्ने त्यो ठूलो, खोक्रो गफ आवश्यक छैन। जब ज्ञानको चर्चा गर्ने कुरा आउँछ,...