परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९८

पवित्र आत्माका वर्तमान वाणीहरूलाई पालन गर्न सक्‍नेहरू सबै आशिषितहरू हुन्। तिनीहरू पहिले जस्तो हुने गरेको भए तापनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गर्नुभएको भए तापनि—परमेश्‍वरको हालैको कार्यलाई प्राप्त गर्नेहरू नै सबैभन्दा बढी आशिषित हुनेहरू हुन्, र आज हालैको कामलाई पछ्याउन नसक्‍नेहरूलाई हटाइन्छ। परमेश्‍वर नयाँ ज्योति स्वीकार गर्न सक्‍नेहरूलाई नै चाहनुहुन्छ, र उहाँले उहाँको हालैको कामलाई स्वीकार गर्ने र चिन्‍नेहरूलाई चाहनुहुन्छ। तँ विशुद्ध कन्या हुनुपर्छ भनेर किन भनिन्छ? विशुद्ध कन्याले पवित्र आत्‍माको कार्यलाई खोज्न र नयाँ कुराहरूलाई बुझ्‍न सक्छ, यति मात्र होइन, उसले पुराना धारणाहरूलाई पन्छाएर, आजको परमेश्‍वरको कामलाई पालना गर्न सक्‍छ। आजको सबैभन्दा नयाँ कार्यलाई स्वीकार गर्ने मानिसहरूको यो समूहलाई युगौंयुग पहिले नै परमेश्‍वरले पूर्वनिर्धारित गरिसक्‍नुभएको थियो, र तिनीहरू सबैभन्दा आशिषित मानिसहरू हुन्। तिमीहरूले परमेश्‍वरको आवाज प्रत्यक्ष रूपमै सुन्छौ, र परमेश्‍वर देखा पर्नुभएको घटनालाई देख्छौ, र त्यसकारण, स्वर्ग र पृथ्वीभरि, र युगौँयुगभरि नै, तिमीहरू अर्थात् मानिसहरूको यो समूहभन्दा बढी कोही पनि आशिषित भएको छैन। यो सबै नै परमेश्‍वरको कार्यले गर्दा, परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको र चुन्‍नुभएकोले गर्दा, अनि परमेश्‍वरको अनुग्रहले गर्दा नै भएको हो; यदि परमेश्‍वरले आफ्‍ना वचनहरू नबोल्‍नुभएको र उच्‍चारित नगर्नुभएको भए, के तिमीहरूको अवस्था आजको जस्तो हुन सक्थ्यो र? तसर्थ, सारा महिमा र प्रशंसा परमेश्‍वरलाई होस्, किनभने परमेश्‍वरले तिमीहरूलाई उठाउनुहुने भएकोले गर्दा नै यो सबै भएको हो। यी कुराहरूलाई ध्यानमा राख्दै, के तँ अझै पनि निष्क्रिय हुन सक्छस्? के तेरो सामर्थ्य अझै पनि माथि उठ्न सक्दैन?

तैँले परमेश्‍वरका वचनहरूको न्याय, सजाय, प्रहार, र शोधनलाई स्वीकार गर्न सक्छस्, यसको साथै तँ परमेश्‍वरका आज्ञाहरूलाई स्वीकार गर्न सक्छस् भन्‍ने कुरा युगौंयुग पहिले नै परमेश्‍वरले पूर्वनिर्धारित गरिसक्‍नुभएको थियो, तसर्थ तँलाई सजाय दिइँदा तँ हैरान हुनु हुँदैन। तिमीहरूमा गरिएको काम, र तिमीहरूलाई दिइएका आशिष्‌हरू कसैले पनि खोस्‍न सक्दैन, अनि तिमीहरूलाई दिइएका सबै कुराहरू कसैले पनि खोसेर लैजान सक्दैन। धर्मका मानिसहरूलाई तिमीहरूसँग तुलना गर्न सकिँदैन। तिमीहरूमा बाइबलसम्‍बन्धी विशेषज्ञता छैन, र तिमीहरू धार्मिक सिद्धान्तद्वारा सुसज्‍जित छैनौ, तर परमेश्‍वरले तिमीहरूभित्र काम गर्नुभएको हुनाले, तिमीहरूले युगौंयुगको अवधिमा अरू कसैले भन्दा बढी प्राप्त गरेका छौ—त्यसकारण, यो तिमीहरूको सबैभन्दा ठूलो आशिष्‌ हो। यही कारणले गर्दा, तिमीहरू परमेश्‍वरप्रति अझै समर्पित हुनुपर्छ, र परमेश्‍वरप्रति अझै निष्ठावान हुनुपर्छ। परमेश्‍वरले तँलाई माथि उठाउनुहुने भएकोले, तैँले आफ्‍नो प्रयासहरूलाई सुदृढ पार्नुपर्छ, र परमेश्‍वरको आज्ञालाई स्वीकार गर्नको लागि तेरो कदलाई तयार गर्नुपर्छ। परमेश्‍वरले तँलाई दिनुभएको स्थानमा तँ दह्रिलो गरी खडा हुनैपर्छ, परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍न तँ लागिपर्नुपर्छ, राज्यको तालिमलाई स्वीकार गर्नुपर्छ, परमेश्‍वरद्वारा प्राप्त गरिनुपर्छ र आखिरमा परमेश्‍वरको महिमावान् गवाही बन्‍नुपर्छ। के तँमा यी संकल्‍पहरू छन्? यदि तँमा यस्ता संकल्‍पहरू छन् भने, आखिरमा तँलाई अवश्य नै परमेश्‍वरले प्राप्त गर्नुहुनेछ, र तँ परमेश्‍वरको महिमावान् गवाही बन्‍नेछस्। मुख्य आज्ञा भनेको नै परमेश्‍वरद्वारा प्राप्त गरिनु र परमेश्‍वरको महिमावान् गवाही बन्‍नु हो भन्‍ने कुरालाई तैँले बुझ्‍नुपर्छ। परमेश्‍वरको इच्‍छा नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७४

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनु सरह हो—तर वास्तवमा, के...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०१

अहिले राज्यको युग हो। तँ यो नयाँ युगमा प्रवेश गरेको छस् कि छैनस् त्यो तँ परमेश्‍वरका वचनहरूका यथार्थतामा प्रवेश गरेको छस् कि छैनस्, उहाँका...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८१

मानवजातिमाझ राज्य विस्तार भइरहेको छ, यो मानवजातिमाझ निर्माण भइरहेको छ, र यो मानवजातिमाझ खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८७

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) पाँचौं दिन, विभिन्‍न प्रकारका र विविध रूपका जीवनले...