परमेश्वरका दैनिक वचनहरू: परमेश्वर देखा पर्नु र उहाँको काम | अंश ५८
मेरा रहस्यहरू प्रकट भएका छन् र खुला रूपमा प्रदर्शित भएका छन्, र अब लुकेका छैनन्, यो सबै पूर्ण रूपमा मेरो अनुग्रह र कृपाको कारणले भएको हो।...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
अब, तिमीहरूले परमेश्वरका मानिसहरू बन्ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्वरका मानिसहरू बन्नु भनेको राज्यको युगमा प्रवेश गर्नु हो। आज, तिमीहरू औपचारिक रूपमा राज्यको तालिममा प्रवेश गर्न सुरु गर्छौ, र तिमीहरूको भविष्यको जीवन पहिलेको जस्तो सुस्त र मन्द बन्न छोड्नेछ; त्यसरी बाँचेर, परमेश्वरले अपेक्षा गर्नुभएका मापदण्डहरूलाई पूरा गर्नु असम्भव हुन्छ। यदि तैँले कुनै आतुरी अनुभूति गर्दैनस् भने, तँसँग आफैलाई सुधार गर्ने इच्छा छैन, तेरो प्रयास अन्योल र दोधारमा छ, र तैँले परमेश्वरको इच्छा पूरा गर्न सक्दैनस् भन्ने यसले देखाउँछ। राज्यको तालिममा प्रवेश गर्नु भनेको परमेश्वरका मानिसहरूको जीवन सुरु गर्नु हो—के तँ त्यस्तो तालिम स्वीकार गर्न इच्छुक छस्? के तँ आतुरीको आभास अनुभूत गर्न इच्छुक छस्? के तँ परमेश्वरको अनुशासनमा जिउन इच्छुक छस्? के तँ परमेश्वरको सजायमा जिउन इच्छुक छस्? जब परमेश्वरको वचन तँकहाँ आउँछ र तँलाई जाँच गर्छ, तैँले कसरी व्यवहार गर्नेछस्? अनि तैँले सबै किसिमका तथ्यहरूको सामना गर्दा के गर्नेछस्? विगतमा, तेरो ध्यान जीवनमा केन्द्रित थिएन; आज, तैँले जीवनको वास्तविकतामा प्रवेश गर्ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्छ, र तैँले तेरो जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूले हासिल गर्नैपर्ने कुरा यही हो। जो परमेश्वरका मानिसहरू हुन् उनीहरू सबैमा जीवन हुनैपर्छ, उनीहरूले राज्यको तालिम स्वीकार गर्नैपर्छ, र आफ्नो जीवनको स्वभावलाई परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। राज्यका मानिसहरूलाई परमेश्वरले दिनुभएको मापदण्ड यही हो।
राज्यका मानिसहरूका लागि परमेश्वरका मापदण्डहरू निम्नानुसार छन्:
१. तिनीहरूले परमेश्वरका आज्ञाहरूलाई स्वीकार गर्नैपर्छ। भन्नुको अर्थ, तिनीहरूले आखिरी दिनहरूका परमेश्वरको कार्यमा बोलिएका सबै वचनहरूलाई स्वीकार गर्नैपर्छ।
२. तिनीहरू राज्यको तालिममा प्रवेश गर्नैपर्छ।
३. तिनीहरूले आफ्नो हृदयमा परमेश्वरको छुवाइ प्राप्त गर्ने प्रयास गर्नैपर्छ। जब तेरो हृदय पूर्ण रूपमा परमेश्वरमा फर्किएको हुन्छ, र तँसँग सामान्य आत्मिक जीवन हुन्छ, तब तँ स्वतन्त्रताको क्षेत्रमा जिउनेछस्, जसको अर्थ तँ परमेश्वरको प्रेमको वास्ता र सुरक्षामा जिउनेछस् भन्ने हुन्छ। परमेश्वरको वास्ता र सुरक्षामा जिउँदा मात्र तँ परमेश्वरको स्वामित्वमा हुनेछस्।
४. तिनीहरू परमेश्वरद्वारा प्राप्त गरिनैपर्छ।
५. तिनीहरू पृथ्वीमा परमेश्वरको महिमाको प्रकटीकरण बन्नैपर्छ।
यी पाँच बुँदाहरू तिमीहरूको लागि मेरा आज्ञाहरू हुन्। मेरा वचनहरू परमेश्वरका मानिसहरूको लागि बोलिन्छन्, र यदि तँ यी आज्ञाहरूलाई स्वीकार गर्न अनिच्छुक छस् भने, म तँलाई जबरजस्ती गर्नेछैन—तर यदि तैँले तिनलाई साँचो रूपमा स्वीकार गरिस् भने, तँ परमेश्वरको इच्छालाई पूरा गर्न सक्नेछस्। आज, तिमीहरूले परमेश्वरका आज्ञाहरू स्वीकार गर्न, र राज्यका मानिसहरू बन्ने प्रयास गर्न र राज्यका मानिसहरू बन्नका लागि पूरा गर्नुपर्ने मापदण्डहरू पूरा गर्न सुरु गर्छौ। प्रवेशको पहिलो चरण यही हो। यदि तँ पूर्ण रूपमा परमेश्वरको इच्छालाई पूरा गर्न चाहन्छस् भने, तैँले यी पाँच आज्ञालाई स्वीकार गर्नैपर्छ, र यदि तैँले तिनलाई हासिल गर्न सकिस् भने, तँ परमेश्वरको हृदयअनुसारको हुनेछस् र परमेश्वरले अवश्य नै तँलाई बृहत् रूपमा प्रयोग गर्नुहुनेछ। राज्यको तालिममा प्रवेश गर्नु नै आजको लागि महत्त्वपूर्ण कुरा हो। राज्यको तालिममा प्रवेश गर्ने कार्यमा आत्मिक जीवन संलग्न हुन्छ। यसभन्दा पहिले, आत्मिक जीवनको बारेमा कुनै कुरा उठाइएको थिएन, तर आज, तँ राज्यको तालिममा प्रवेश गर्न सुरु गर्ने क्रममा, तँ औपचारिक रूपमा आत्मिक जीवनमा प्रवेश गर्छस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ
मेरा रहस्यहरू प्रकट भएका छन् र खुला रूपमा प्रदर्शित भएका छन्, र अब लुकेका छैनन्, यो सबै पूर्ण रूपमा मेरो अनुग्रह र कृपाको कारणले भएको हो।...
पवित्र आत्माको काम सकारात्मक प्रगति हो भने शैतानको कामचाहिं पछि हट्नु, नकारात्मकता, विद्रोहीपन, परमेश्वरको प्रतिरोध, परमेश्वरमा विश्वास...
यदि मानिसहरूले परमेश्वरलाई चिन्नु छ भने, सर्वप्रथम उनीहरूले परमेश्वर व्यावहारिक परमेश्वर हुनुहुन्छ भन्ने जान्नुपर्छ, र उनीहरूले...
येशूको सत्यता देह हुन आएपछि, मानिसले यस्तो विश्वास गऱ्योः स्वर्गमा, पिता मात्र हुनुहुन्न, तर पुत्र, र आत्मा पनि हुनुहुन्छ। स्वर्गमा यस...