परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६१
यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
दाजुभाइ र दिदी-बहिनीहरूको माझमा सधैँ आफ्नो नकरात्मक विचार पोखाउनेहरू शैतानका नोकरहरू हुन्, र तिनीहरूले मण्डलीमा बाधा दिन्छन्। त्यस्ता व्यक्तिहरूलाई एक दिन निकालिनु र हटाइनुपर्छ। परमेश्वरमाथिको तिनीहरूको विश्वासमा यदि ती मानिसहरूमा परमेश्वरप्रति श्रद्धाको हृदय छैन भने, यदि तिनीहरूसँग परमेश्वरप्रति आज्ञाकारिताको हृदय छैन भने, तिनीहरू उहाँको निम्ति कुनै काम गर्न असमर्थ मात्र हुँदैनन्, तर त्यसको विपरीत तिनीहरू उहाँको काममा बाधा दिने र उहाँलाई चुनौती दिनेहरू बन्नेछन्। परमेश्वरमा विश्वास गर्नु तर उहाँप्रति आज्ञाकारी नहुनु वा उहाँलाई आदर नगर्नु, बरु त्यसको साटो उहाँको विरोध गर्नु भनेको एक विश्वासीका निम्ति सबैभन्दा ठूलो बेइज्जती हो। यदि विश्वासीहरू तिनीहरूका बोलीवचन र आचरणमा गैरजिम्मेवार र अनियन्त्रित छन् र अविश्वासीहरू जस्तो व्यवहार गर्छन् भने तिनीहरू अविश्वासीहरूभन्दा पनि बढी दुष्ट छन्; भूतात्माहरूको असली नमुना हुन्। जसले मण्डलीमा उनीहरूको विषाक्त, द्वेषपूर्ण कुराहरू ओकल्छन्, जसले अफवाह फैलाउँछन्, अमेल सृजना गर्छन्, र भाइ-बहिनीहरूमा झगडा लगाउँछन्—तिनीहरूलाई मण्डलीबाट निकालिनुपर्छ। तापनि अहिले परमेश्वरको कामको एक फरक युग भएकोले यी मानिसहरू प्रतिबन्धित छन्, किनकि तिनीहरूले निश्चित रूपमा निष्कासनको सामना गर्नेछन्। शैतानद्वारा भ्रष्ट पारिएकाहरू जति सबैमा भ्रष्ट स्वभावहरू छन्। कोही-कोहीसँग त भ्रष्ट स्वभावबाहेक अरू केही पनि हुँदैन भने अरू फरक हुन्छन्: केवल उनीहरूसित भ्रष्ट शैतानिक स्वभाव मात्र हुँदैन, तर तिनीहरूको प्रकृति पनि अत्यन्तै द्वेषपूर्ण हुन्छ। तिनीहरूका बोलीवचन र व्यवहारहरूले मात्र तिनीहरूको भ्रष्ट, शैतानिक स्वभावहरू प्रकट गरेन, तर यी मानिसहरू सच्चा दुष्ट शैतान हुन्। तिनीहरूको बानीव्यहोराले परमेश्वरको कामलाई बाधा र अवरोध गर्छ, त्यसले दाजुभाइ र दिदी-बहिनीहरूको जीवन प्रवेशलाई दुर्बल बनाउँछ, र त्यसले मण्डलीको सामान्य जीवनलाई नोक्सान पुर्याउँछ। ढिलो होस् वा चाँडो, भेडाहरूको भेस ओढ्ने यी ब्वाँसाहरूलाई हटाउनैपर्छ; शैतानका यी नोकरहरूप्रति निष्ठुर आचरण, तिरस्कार गर्ने आचरण अपनाउनुपर्छ। परमेश्वरको पक्षमा उभिनु भनेको यही मात्रै हो, र त्यसो गर्न नसक्नेहरू शैतानको साथमा हिलोमा लडीबुडी गर्दैछन्। परमेश्वरमा साँचो रूपमा विश्वास गर्ने मानिसहरूले सधैँ परमेश्वरलाई उनीहरूको हृदयमा राख्छन्, र उनीहरूले आफूभित्र सधैँ परमेश्वरलाई आदर गर्ने, परमेश्वरलाई प्रेम गर्ने हृदय बोक्छन्। परमेश्वरमा विश्वास गर्नेहरूले सावधानीपूर्वक र विवेकी रूपमा कामहरू गर्नुपर्दछ, र तिनीहरूले गर्ने सबै कुरा परमेश्वरका आवश्यकताहरू अनुरूप हुनुपर्दछ र तिनले उहाँको हृदय सन्तुष्ट पार्न सक्षम हुनुपर्दछ। तिनीहरू आफूलाई जे मन लाग्छ त्यही गर्ने हठी हुनुहुँदैन; त्यो सन्तको मर्यादा सुहाउँदो हुँदैन। मानिसहरू परमेश्वरको झन्डा फहराउँदै सेखी गर्दै र सबैतिर ठग्दै सबै ठाउँमा जथाभाबी भयानक प्रकारले दगुर्नुहुँदैन; यो सबैभन्दा विद्रोही आचरण हो। परिवारहरूको आफ्ना नियमहरू हुन्छन्, र राष्ट्रहरूका कानुनहरू हुन्छन्—र के परमेश्वरको भवनमा अझ बढी यस्तो हुँदैन र? के ती मापदण्डहरू अझ कडा छैनन् र? के त्यहाँ अझ बढी प्रशासकीय आदेशहरू छैनन्? मानिसहरू आफूले चाहेअनुसार गर्न स्वतन्त्र छन्, तर परमेश्वरको प्रशासनिक आदेशहरूलाई इच्छाअनुसार परिवर्तन गर्न मिल्दैन। परमेश्वर त्यो परमेश्वर हुनुहुन्छ जसले मानिसहरूबाट कुनै अपराध सहनुहुन्न; उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले मानिसहरूलाई मृत्युदण्ड दिनुहुन्छ। के वास्तवमा मानिसहरूले अघिबाटै नै जान्दैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी
यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका...
यो भन्न सकिन्छ कि आजका सबै वाणीहरूले भविष्यका विषयहरूमा अगमवाणीहरू गर्छन्; यी वाणीहरू परमेश्वरले उहाँको कामको अर्को चरणको प्रबन्ध कसरी...
मानिसहरूले परमेश्वरमा विश्वास गर्ने, परमेश्वरलाई प्रेम गर्ने र परमेश्वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्वरका...
मौलिक रूपमा मानवजातिमा कुनै परिवारहरू थिएन; मात्र एक पुरुष र एक महिला मात्र अस्तित्वमा थिए—दुई फरक किसिमका मानव। त्यहाँ कुनै देशहरू थिएन,...