परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९१

आज विजेता हुने र सिद्ध बनाइने मानिसको खोजी यस पृथ्वीमा उसले सामान्य मानव जीवन पाउनुभन्दा अघि उसले खोजी गर्ने कुराहरू हुन् र शैतानलाई बन्धनमा राखिनुअघि उसले पछ्याउने उद्देश्यहरू तिनै हुन्। सारमा, विजेता हुने र सिद्ध बनाइने वा ठूलो प्रयोगमा आउने सम्‍बन्धी मानिसको खोजी शैतानको प्रभावदेखि उम्किनका निम्ति हो: मानिसको खोजी भनेको विजेता बन्नु हो तर ऊ शैतानको प्रभावबाट उम्कनु मात्रै यसको अन्तिम परिणाम हुनेछ। शैतानको प्रभावदेखि उम्केर मात्रै मानिसले यस पृथ्वीमा सामान्य मानव जीवन, परमेश्‍वरको आराधना गर्ने जीवन जिउन सक्छ। आज विजेता हुने र सिद्ध बनाइने मानिसको खोजी त्यस्ता कुराहरू हुन् जुन यस पृथ्वीमा सामान्य मानव जीवन प्राप्त गर्नुभन्दा अघि उसले खोजी गर्ने कुराहरू हुन्। ती, शुद्ध हुन र सत्यताको अभ्यास गर्न अनि सृष्टिकर्तालाई आराधना गर्न नै मुख्य रूपमा खोजी गरिन्छ। यदि मानिसले पृथ्वीमा सामान्य मानव जीवन, कठिनाइ वा कष्टविनाको जीवन प्राप्त गर्छ भने, ऊ विजेता हुने खोजीमा लाग्नेछैन। “विजेता हुनु” र “सिद्ध बनाइनु” परमेश्‍वरले मानिसलाई खोजी गर्नका निम्ति दिनुहुने दुई उद्देश्यहरू हुन् र यी उद्देश्यहरूको खोजीद्वारा नै उहाँले मानिसलाई सत्यताको अभ्यास गर्न र अर्थपूर्ण जीवन जिउन लगाउनुहुन्छ। यसको उद्देश्य भनेको मानिसलाई पूर्ण बनाउनु र उसलाई हासिल गर्नु हो र विजेता हुने र सिद्ध बनाइने कार्यको खोजी केवल एउटा माध्यम मात्रै हो। यदि भविष्यमा मानिस एउटा सुन्दर गन्तव्यमा प्रवेश गर्दछ भने, त्यहाँ विजेता हुने र सिद्ध बनाइने कुनै सन्दर्भ हुनेछैन; त्यहाँ हरेक सृष्टिले आफ्नो कर्तव्य पालना गरिरहेको मात्र हुनेछ। आज मानिसको निम्ति कार्यक्षेत्र निर्धारण गर्न नै मानिसलाई यी कुराहरू खोजी गर्न लगाइन्छ ताकि मानिसको खोजी धेरै लक्षित र व्यावहारिक हुन सकोस्। नत्र भने, मानिस अस्पष्ट अमूर्त कुराहरूको बीचमा जिउनेथियो र अनन्त जीवनको प्रवेशको खोजी गर्नेथियो र यदि यसो भयो भने, मानिस झन् बढी दयनीय हुने थिएन र? यसप्रकारले विनालक्ष्य वा विनासिद्धान्त खोजी गर्नु—के यो आत्म-छल होइन र? अन्ततः यो खोजी स्वभाविक रूपले निष्फल हुनेछ; अन्त्यमा, मानिस अझै शैतानको अधिकार-क्षेत्रभित्र जिउनेथियो र त्यसबाट आफैलाई मुक्त गर्न सक्नेथिएन। किन त्यस्तो लक्ष्यहीन खोजीमा आफैलाई राख्ने? जब मानिस अनन्त गन्तव्यमा प्रवेश गर्दछ तब मानिसले सृष्टिकर्तालाई आराधना गर्दछ अनि मानिसले मुक्तिलाई हासिल गरिसकेको र अनन्तताभित्र प्रवेश गरिसकेको हुने भएकोले उसले अरू कुनै उद्देश्यहरूको खोजी गर्नेछैन, यसबाहेक न त उसले शैतानद्वारा घेराबन्दी हुने कुराको चिन्ता गर्नुपर्नेछ। त्यस समयमा मानिसले आफ्नो स्थान जान्नेछ र आफ्नो कर्तव्य पालना गर्नेछ र यदि तिनीहरूको सजाय र न्याय नभएको भए पनि हरेक व्यक्तिले आफ्नो कर्तव्य पालना गर्नेछ। त्यस समयमा, मानिस पहिचान र हैसियत दुवैमा एक सृष्टि हुनेछ। अबउप्रान्त माथिल्लो र तल्लो दर्जाको भिन्नता हुनेछैन; हरेक व्यक्तिले फरक-फरक भूमिका निर्वाह गर्नेछ। तापनि, मानिस अझै पनि मानवजातिको निम्ति व्यवस्थित र उचित गन्तव्यमा जिउनेछ; मानिसले सृष्टिकर्तालाई आराधना गर्नको खातिर कर्तव्य पालना गर्नेछ र यही मानवजाति नै अनन्तताको मानवजाति हुनेछ। त्यस समयमा, मानिसले परमेश्‍वरद्वारा प्रज्वलित जीवन हासिल गरिसकेको हुनेछ, एउटा यस्तो जीवन जुन परमेश्‍वरको वास्ता र संरक्षणको अधीनतामा अनि परमेश्‍वरको साथमा रहने जीवन हुनेछ। मानवजातिले पृथ्वीमा एउटा जीवन जिउनेछ र सबै मानिसहरू ठीक मार्गमा प्रवेश गर्नेछन्। ६,००० वर्षे व्यवस्थापन योजनाले शैतानलाई पूर्ण रूपमा पराजित गरिसकेको हुनेछ, यसको अर्थ परमेश्‍वरले उहाँको सृष्टिमा मानिसको सुरुको स्वरूप पुनर्स्थापित गरिसक्नुभएको हुनेछ र त्यही रूपमा परमेश्‍वरको सुरुको उद्देश्य पूरा भइसकेको हुनेछ। सुरुमा, शैतानद्वारा मानवजाति भ्रष्ट तुल्याइनुअघि मानवजातिले पृथ्वीमा सामान्य जीवन जिए। पछि, जब मानिस शैतानद्वारा भ्रष्ट भयो, तब मानिसले यो सामान्य जीवन गुमायो अनि परमेश्‍वरको व्यवस्थापनको काम र मानिसको सामान्य जीवन पुनर्स्थापना गर्न शैतानसितको लडाइँ सुरु भयो। परमेश्‍वरको ६,००० वर्षे व्यवस्थापन कार्य समाप्त भएपछि मात्रै पृथ्वीमा सबै मानवजातिको जीवन आधिकारिक रूपले सुरु हुनेछ; तब मात्रै मानिससित सुन्दर जीवन हुनेछ अनि परमेश्‍वरले सुरुमा मानिस सृष्टि गर्नुभएको आफ्नो उद्देश्य र मानिसको सुरुको स्वरूपलाई पुनर्स्थापित गर्नुहुनेछ। अनि यसरी जब मानिससित पृथ्वीमा मानवजातिको सामान्य जीवन हुनेछ, तब मानिसले विजेता हुने वा सिद्ध बनाइने कुराको खोजी गर्नेछैन, किनभने मानिस पवित्र हुनेछ। “विजेताहरू” तथा “सिद्ध बनाइने” जसको बारेमा मानिसहरू कुरा गर्छन्, ती परमेश्‍वर र शैतानबीचको युद्धको अवधिमा मानिसलाई खोजी गर्नका निम्ति दिइएका उद्देश्यहरू हुन् र मानिस भ्रष्ट भएको कारणले मात्रै त्यसको अस्तित्व छ। तँलाई यो उद्देश्य दिएर अनि यो उद्देश्यलाई खोजी गर्ने तुल्याएर, शैतानलाई पराजित गरिनेछ। तँलाई विजेता बन्न वा सिद्ध बन्न वा प्रयोगमा आउन लगाउनको लागि शैतानलाई पराजित गर्न तैँले गवाही दिनु आवश्यक हुन्छ। अन्त्यमा, मानिसले पृथ्वीमा सामान्य जीवन जिउनेछ अनि मानिस पवित्र हुनेछ; जब यो हुन्छ, के मानिसहरूले अझै विजेताहरू बन्न खोजी गर्नेछन् र? के तिनीहरू सबै सृष्टिका प्राणीहरू होइनन् र? विजेता हुनु र सिद्ध हुनुको बारेमा कुरा गर्दा, यी शब्दहरू शैतानप्रति र मानिसको अशुद्धताप्रति लक्षित छन्। के “विजेता” भन्‍ने यो शब्दले शैतान र त्यसका विरोधी शक्तिहरूमाथि विजयी बन्नुलाई जनाउँदैन र? जब तँ आफू सिद्ध बनाइएको छु भनी भन्छस्, तँभित्रको कुन कुरा सिद्ध बनाइएको हुन्छ? परमेश्‍वरको सर्वोच्च प्रेमलाई हासिल गर्न सकूँ भनेर तैँले आफूलाई भ्रष्ट शैतानिक स्वभावबाट स्वतन्त्र तुल्याएको हुँदैनस् र? त्यस्ता कुराहरू मानिसभित्रको अशुद्ध कुराहरूको सम्बन्धमा अनि शैतानको सम्बन्धमा बोलिन्छ; ती परमेश्‍वरको सम्बन्धमा बोलिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९१

आज तँलाई जित्‍नुको उद्देश्य परमेश्‍वर तेरा परमेश्‍वर र अरूका पनि परमेश्‍वर हुनुहुन्छ भनी तँलाई स्वीकार गराउनु हो र सबैभन्दा महत्त्वपूर्ण...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२२

मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू) आफ्‍नो जीवनकालमा, हरेक व्यक्ति नै महत्त्वपूर्ण मोडहरूको श्रृंखलामा पुग्‍छन्।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२७

नियतिमा विश्‍वास गर्नु सृष्टिकर्ताको सार्वभौमिकताको ज्ञानको विकल्प होइन धेरै वर्षसम्‍म परमेश्‍वरलाई पछ्याइसकेपछि, नियतिसम्‍बन्धी तिमीहरूको...

परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १०७

ख्रीष्‍टको मानवता उहाँको ईश्‍वरत्वद्वारा सञ्चालित छ। उहाँ देहमा हुनुभए तापनि, उहाँको मानवता देहको मानिसजस्तो पूर्ण रूपमा छैन। उहाँमा उहाँको...