परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८७

संसारको व्यापक फैलावटमा महासागरहरू भरिएर मैदानमा परिणत हुँदैछन्, जमिनहरू बगेर महासागरहरूमा परिवर्तन भइरहेका छन् र यो क्रम जारी नै रहन्छ। सबै थोकका बीचमा रहेका सबै कुरामाथि शासन गर्नुहुने बाहेक, अरू कोही पनि मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशित गर्न सक्षम छैन। मानवजातिको निम्ति काम गर्ने वा तयारी गर्न सक्ने शक्तिशाली व्यक्ति कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगुवाइ गर्ने र संसारका अन्यायहरूबाट मुक्त गर्न सक्‍ने व्यक्ति अझै कम छन्। मानवजातिको भविष्यप्रति परमेश्‍वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस फर्कन नसक्‍ने विनाशको मार्गतिर क्रमिक रूपमा लागिरहेको कुराले उहाँलाई पीडा दिन्छ। परमेश्‍वरको हृदयलाई छियाछिया बनाउने र दुष्‍टलाई खोज्नको लागि उहाँलाई त्याग्‍ने त्यस्तो मानवजातिको दिशा कतातिर लागेको हुन सक्छ भन्ने कुराप्रति कसैले कहिल्यै विचार गरेको छैन। यसैकारणले गर्दा कसैले पनि परमेश्‍वरको क्रोध थाहा गर्दैन, कसैले परमेश्‍वरको मार्गलाई खोज्दैन वा परमेश्‍वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, किन कसैले पनि परमेश्‍वरको शोक र पीडालाई बुझ्न खोज्दैन। परमेश्‍वरको आवाज सुनेपछि पनि परमेश्‍वरको अनुग्रह र वास्ताबाट तर्केर उहाँको सत्यतालाई त्यागेर मानिस आफ्नै मार्गमा हिँडिरहन्छ र परमेश्‍वरको शत्रु शैतानको हातमा आफूलाई बेच्न रुचाउँछ। के मानिस आफ्नो जिद्दीमा लागिरहनुपर्छ, अनि परमेश्‍वरलाई फर्केर नहेरिकन नै उहाँलाई छोड्ने मानवजातिप्रति परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरालाई कसैले विचार गरेको छ? परमेश्‍वरले यस अघि कहिल्यै नभएको विपत्ति उहाँको बाहुलीले तयार पार्नुभएको हुनाले उहाँले पटक-पटक याद दिलाउनुभएको र अर्ती दिनुभएको कसैले जान्दैनन्, जुन विपत्ति मानव देह र प्राणको निम्ति असह्‍य हुनेछ। यो विपत्ति देहको निम्ति मात्र दण्ड होइन, तर प्राणको निम्ति पनि हो। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्‍वरको योजना विफल हुन्छ, र उहाँका याद दिलाउने कुराहरू र अर्तीहरूको निम्ति कुनै प्रतिक्रिया दिँदैन, तब उहाँले कस्तो क्रोध पोखाउनुहुन्छ होला? यो कुनै पनि सृष्‍टि गरिएका प्राणीहरूले कहिल्यै नभोगेका र नसुनेका किसिमको हुनेछ। त्यसैले म भन्छु, यो विपत्ति पहिले कहिल्यै आएको थिएन र फेरि कहिल्यै आउने छैन। मानवजातिलाई सृष्‍टि गर्ने परमेश्‍वरको योजना यो एक पटकको लागि मात्रै हो र मानवजातिलाई मुक्ति दिने पनि यो एक पटकको लागि मात्रै हो। यो पहिलो पटक पनि र अन्तिम पनि हो। यसकारण, परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन यस पटक गर्नुहुने कडा परिश्रम र जोशपूर्ण अपेक्षालाई कसैले बुझ्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७८

मानिसको काम एक निश्‍चित दायराभित्र रहन्छ र यो सीमित छ। एक व्यक्तिले एक निश्‍चित चरणको काम गर्न सक्छ र सम्पूर्ण युगको काम गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९८

आज, म चीनमा परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको माझमा तिनीहरूका सबै विद्रोही स्वभावहरू खुलासा गर्न र उनीहरूका सबै कुरूपताको नकाब उतार्नका...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२२

अब पत्रुसले हिँडेको त्यही मार्गलाई तैँले स्पष्ट रूपमा देख्‍न सक्‍नुपर्छ। यदि तैँले पत्रुसको मार्गलाई स्पष्ट रूपमा देख्‍न सक्छस् भने, आज...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६०

अय्यूबले फेरि एकपल्ट परमेश्‍वरबाट आशिष्‌ पाउँछन्, र शैतानले फेरि कहिल्यै तिनीमाथि आरोप लगाएन यहोवा परमेश्‍वरका वाणीहरूमध्ये “मेरो सेवक...