परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३९
तँ मेरो घरानाका मानिसहरू मध्येको एक भएकोले, र तँ मेरो राज्यको विश्वासी भएकोले, तैंले गर्नुपर्ने सबै कुराहरूमा मेरो आवश्यकताका मापदण्डहरू...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
अहिले नै मैले प्रत्येक व्यक्तिको लागि अन्त्य निर्धारण गर्ने समय हो, मैले मानिसमा काम गर्न सुरु गरेको चरण होइन। म मेरो अभिलेख खातामा एक—एक गरी प्रत्येक मानिसका बोलीवचन र कार्यहरूका बारेमा, उनीहरूले मेरो अनुयायी बन्न प्रयोग गरेको मार्गका बारेमा, उनीहरूको अन्तर्निहित विशेषताहरूका बारेमा, र उनीहरूले अन्ततः आफ्नो भावनालाई कसरी नियन्त्रण गरेका छन् त्यसको बारेमा लेख्छु। यसरी, ती मानिसहरू जोसुकै भए पनि, मेरो हातबाट कसैले उन्मुक्ति पाउने छैन, र उनीहरू सबै मैले निर्दिष्ट गरेको किसिमकै रहनेछन्। म प्रत्येक व्यक्तिको गन्तव्यको निर्धारण निजको उमेर, वरिष्ठता, भोगाइको परिमाणका आधारमा गर्दिन, र उनीहरूले गर्ने कारुणिक आह्वानका आधारमा त झनै होइन्, तर उनीहरूसँग सत्य छ वा छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई अनुसरण नगर्ने सबैले दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नुपर्दछ। यो एक अपरिवर्तनीय तथ्य हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्वरको धार्मिकताका लागि दण्डित भएका हुन् र उनीहरूले गरेका असङ्ख्य दुष्टकर्महरूका लागि प्रतिशोध लिइएको हो। मैले मेरो योजनामा यसको प्रारम्भदेखि एउटा पनि परिवर्तन गरेको छैन। यो यति मात्र छ, जहाँसम्म मानिसको कुरा छ, म जसलाई मेरा वचनहरू निर्देशन दिन्छु ती संख्यामा कम हुँदै गइरहेको जस्तो देखिन्छ, जसको म साँच्चिकै स्वीकृति दिन्छु। यद्यपि, मैले मेरो योजनामा कुनै पनि परिवर्तन नगरी कायम राखेको छु; बरु, मानिसको विश्वास र प्रेम निरन्तर परिवर्तन भइरहेको छ, सधैँ फितलो हुँदै गएको छ, प्रत्येक व्यक्तिलाई मेरो चाप्लुसी गर्न सम्भव बनाउने हददेखि मप्रति रुचि नदेखाउने र मेरो बारेमा सोच्नै छोड्ने हदसम्म। मैले अरुचि र घृणाको अनुभव नगरेसम्म, तिमीहरूप्रतिको मेरो दृष्टिकोण न न्यानो हुनेछ र न चिसो नै, र अन्त्यमा दण्ड तोकिनेछ। यद्यपि, तिमीहरूले दण्ड पाउने दिन, मैले तिमीहरूलाई हेरिरहेको हुनेछु, तर तिमीहरूले मलाई देख्न छोड्नेछौ। तिमीहरूबीच रहेको जीवन मेरा लागि कठिन र निरस भइसकेको छ, त्यसैले, मैले बाँच्नका लागि भिन्न वातावरणको चयन गरिसकेको छु, तिमीहरूको द्वेषले भरिपूर्ण शब्दहरूबाट हुने दुखाइबाट र तिमीहरूको सहन गर्न नसकिने पतित व्यवहारबाट टाढा रहन, ताकि तिमीहरूले मलाई थप मूर्ख बनाउन नसकोस् वा मप्रति लापरवाही व्यवहार गर्न नसकोस्। तिमीहरूलाई बिदा दिनुअघि, सत्यअनुरुप नहुने कार्यहरूबाट आफूलाई टाढा राख्न मैले तिमीहरूलाई उपदेश दिनैपर्ने हुन्छ। बरु, तिमीहरूले सबैलाई खुशी बनाउने, सबैले लाभ लिन सक्ने, र तेरो आफ्नै गन्तव्यमा पनि लाभ हुन सक्ने कार्यहरू गर्नुपर्दछ, अन्यथा, विपदको बीचमा दुःख पाउने अन्य कोही नभई तँ नै हुनेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तेरो गन्तव्यका लागि पर्याप्त असल कार्यहरू तयार गर्
तँ मेरो घरानाका मानिसहरू मध्येको एक भएकोले, र तँ मेरो राज्यको विश्वासी भएकोले, तैंले गर्नुपर्ने सबै कुराहरूमा मेरो आवश्यकताका मापदण्डहरू...
कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता...
येशू परमेश्वरको आज्ञा पूरा गर्न—अर्थात् सारा मानवजातिको छुटकाराको काम गर्न सक्षम हुनुहुन्थ्यो—किनकि उहाँले आफ्नै निम्ति कुनै योजनाहरू वा...
शैतानको परीक्षा (छनौट गरिएका खण्डहरू) मत्ती ४:५-७ त्यसपछि दुष्टले उहाँलाई पवित्र सहरमा लैजान्छ र उहाँलाई मन्दिरको शिरमा खडा गराउँछ अनि...