अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२८) खण्ड तीन

ठ. समस्या निम्त्याउन प्रवृत्त हुनु

हामी समस्या निम्त्याउन प्रवृत्त हुनु भन्ने अर्को प्रकटीकरणलाई हेरौँ। के तिमीहरूलाई कस्तो प्रकारका मानिसहरू समस्या निम्त्याउन प्रवृत्त हुन्छन् भन्ने थाहा छ? के तिमीहरूले मण्डलीमा समस्याहरू निम्त्याउन प्रवृत्त भएको यस्तो व्यक्तिलाई भेटेका छौ? तिनीहरूको उमेर जति भए पनि, लिङ्ग जे भए पनि, वा संसारमा तिनीहरूको पेसा जेसुकै भए पनि, यदि तिनीहरूले सधैँ समस्या निम्त्याउँछन् र सधैँ कानुन र प्रावधानहरू उल्लङ्घन हुने कामकुरा गर्छन्, जसले गर्दा मण्डलीमा नकारात्मक असर पर्छ र सुसमाचारको काममा ठूला बाधाहरू सिर्जना हुन्छन् भने, मण्डलीले यी मानिसहरूलाई तुरुन्तै सम्हाल्‍नुपर्छ। सुरुमा, तिनीहरूलाई चेतावनी देओ, र यदि अवस्था अत्यन्तै गम्भीर छ भने, तिनीहरूलाई निष्कासित गर वा निकाल। तिमीहरूले तिनीहरूलाई कुनै शिष्टाचार देखाउनु हुँदैन। समस्याहरू निम्त्याउन प्रवृत्त हुने मानिसहरू कस्ता मानिस हुन्? उदाहरणका लागि, कतिपय मानिसहरूले संसारमा व्यापार गर्दा वा कारखानाहरू चलाउँदा, शङ्कास्पद व्यक्तिहरूसँग सङ्गत गर्छन् र प्रायजसो कानुन र प्रावधानहरू उल्लङ्घन गर्ने कामहरू गर्छन्। आज, तिनीहरू कर छली गरिरहेका वा कम कर तिरिरहेका हुन्छन्; भोलि, तिनीहरू ठगी र छलमा संलग्‍न भइरहेका हुन्छन्, वा ज्यान मारेकोमा कानुनी मुद्दामा समेत मुछिइरहेका हुन्छन्। यी कुराहरूका कारण, तिनीहरूले बारम्बार अदालतबाट बोलावट आदेश प्राप्त गर्छन्, आफ्ना दिनहरू मुद्दामा व्यस्त भएर बिताउँछन्, र निरन्तर विवादहरूमा मुछिन्छन्। के त्यस्ता मानिसहरूले इमानदारीका साथ परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? त्यो असम्भव छ। कतिपय त्यस्ता मानिसहरू पनि हुन्छन् जो परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्छन् तर अत्यन्तै अनौठा र असामान्य तरिकाले व्यवहार गर्छन्। आज, तिनीहरूले विपरीत लिङ्गीलाई दुर्व्यवहार गरिरहेका हुन्छन्; भोलि, तिनीहरूले कसैलाई यौनजन्य दुर्व्यवहार गर्न सक्छन् र रिपोर्ट गरिन सक्छन्। के तँ यी मानिसहरू समस्या निम्त्याउन प्रवृत्त हुन्छन् भनेर भन्छस्? (भन्छु।) त्यसोभए, के त्यस्ता मानिसहरूले इमानदारीका साथ परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? (सक्दैनन्।) समस्या निम्त्याउन प्रवृत्त हुने यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेपछि पनि सधैँ समाजका शङ्कास्पद व्यक्तिहरूसँग सङ्गत गर्छन् र निरन्तर भावनात्मक मामलाहरू, आर्थिक मामलाहरू, सम्पत्ति, वा व्यक्तिगत हितहरू जस्ता कुराका बारेमा विवादहरू पैदा गर्छन्। वा, तिनीहरूको कुनै सम्बन्धमा तनाव पैदा गर्ने कुनै घटनाका कारण, वा तिनीहरूले गलत तरिकाले कमाएका नाफाहरू असमान रूपमा बाँडफाँट भएकाले, तिनीहरूलाई समस्यामा पार्न खोज्ने मानिसहरू सधैँ हुन्छन्। दाजुभाइ-दिदीबहिनीहरू कहिलेकाहीँ तिनीहरूका घरमा जाँदा उनीहरूले यी शङ्कास्पद मानिसहरूलाई भेट्न सक्छन्। तिनीहरू भेलाहरूमा हुँदा वा तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहँदा पनि, यी शङ्कास्पद मानिसहरू कहिलेकाहीँ ढोकामा देखा पर्छन् वा हैरान पार्ने मेसेजहरू पठाउँछन्, त्यसकारण समस्या निम्त्याउन प्रवृत्त भएका यी मानिसहरूको सङ्गत गर्ने जोकोही व्यक्ति तिनीहरूका समस्याहरूमा मुछिने सम्भावना हुन्छ; विशेष गरी, मण्डलीको काम र प्रतिष्ठा पनि मुछिने र हानि हुने सम्भावना अझै बढी हुन्छ। ल भन त, के त्यस्ता मानिसहरू मण्डलीमा बस्नु राम्रो हो? (होइन।) यस्तो व्यक्तिलाई पनि निकाल्नु र सम्हाल्‍नु जरुरी हुन्छ।

कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जसको समाजमा जस्तोसुकै पेसा भए पनि, तिनीहरू सधैँ सरकार, सरकारी अधिकारीहरू, वा निश्चित सामाजिक समूह र सार्वजनिक व्यक्तित्वहरूसँग मतभेद राख्न चाहन्छन्। आज, तिनीहरूले सरकारका अनुचित कार्यहरू खुलासा गरिरहेका हुन्छन्; भोलि, तिनीहरूले कुनै समूह वा संगठनलाई मुद्दा हालिरहेका हुन्छन्, क्षतिपूर्ति माग गरिरहेका हुन्छन्; पर्सि, तिनीहरूले कुनै सार्वजनिक व्यक्तिको निजी जीवनको खुलासा गरिरहेका हुन्छन्, जसले गर्दा मानिसहरू तिनीहरूलाई खोज्दै आउँछन्। के यो समस्या निम्त्याउनु हो? (हो।) तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि पनि, तिनीहरू अझै सामाजिक मामलाहरूमा संलग्‍न भइरहन चाहन्छन्। जब तिनीहरूले आफूलाई असन्तुष्ट र आक्रोशित महसुस गराउने केही कुरा देख्छन्, तब तिनीहरू सधैँ देखावटी गर्नका लागि इन्साफको पक्षमा खडा हुन, वा त्यस मामलाका सही र गलत पक्षहरूको मूल्याङ्कन गर्नका लागि टिप्पणी गर्न वा लेख लेख्न चाहन्छन्। अन्त्यमा के हुन्छ? तिनीहरूले केही हासिल गर्दैनन्, तर अन्तमा आफूलाई धेरै समस्यामा पार्छन्, मुद्दाहरूमा फस्छन् र तिनीहरूको प्रतिष्ठा बरबाद हुन्छ। अनि समाजका शङ्कास्पद मानिसहरूले सधैँ तिनीहरूको खोजी गरिरहेका हुन्छन्, तिनीहरूविरुद्ध प्रतिकार गर्न वा तिनीहरूलाई कारबाही गर्न चाहन्छन्, त्यसकारण तिनीहरू चरम डरमा जिउँछन्। यस्तो जीवनबाट उम्कन र समस्याबाट जोगिनका लागि, तिनीहरूले धेरै वटा घर किन्छन्, र यसो भनेर व्याख्या गर्छन्, “भनाइ नै छ, ‘चलाक खरायोका तीन वटा दुला हुन्छन्।’ मानिसहरूलाई मेरा तीन वटा घरमध्ये एउटा मात्रै थाहा छ; अरू दुई वटाका बारेमा कसैलाई थाहा छैन। मैले ती घर मण्डलीले प्रयोग गरोस् र दाजुभाइ-दिदीबहिनीहरू बसून् भन्नका लागि राखिरहेको छु।” के तँलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू त्यहाँ बस्दा सुरक्षित हुन्छन् भन्ने लाग्छ? (अहँ, हुँदैनन्।) तिनीहरूका सबै शब्दहरू अत्यन्तै राम्रा सुनिन्छन्, र यसो गर्नुमा तिनीहरूका अभिप्रायहरू राम्रा हुन्छन्, तर तिनीहरूको चरित्र र समस्या निम्त्याउन प्रवृत्त हुने तिनीहरूको खोटका आधारमा, तिनीहरूका घरमा बस्ने आँट कसले गर्ला र? यदि तँ त्यहाँ बसिस् भने, मानिसहरूले तँलाई तिनीहरूको परिवारको भाग सोच्न सक्छन्। यदि कसैले तिनीहरूलाई कुटपिट गर्न खोजिरहेको छ तर भेट्टाउन सकेको छैन भने, के तिनीहरूले त्यसको साटो तँलाई पो कुटपिट नगर्लान् र? कतिपय मानिसहरू समस्या निम्त्याउन प्रवृत्त हुन्छन्। जब तिनीहरू सामान्य तरिकाले सवारी चलाइरहेका हुन्छन् र तिनीहरू कुनै दुर्गम क्षेत्र पार गरिरहेका हुन्छन्, तब तिनीहरूलाई कसैले रोक्न सक्छ, त्यसपछि उसले तिनीहरूलाई कारबाट तानेर, निर्घात कुटपिट गर्न, र चेतावनी दिन सक्छ। तिनीहरूले सुरुमा कसैलाई चिढ्याएर आफैलाई समस्यामा पारेकाले, र तिनीहरूले जसलाई चिढ्याए उसले तिनीहरूलाई सास्ती दिन चाहेकाले यस्तो भएको हो भन्ने तिनीहरूलाई थाहा हुन्छ। के तिनीहरूले पाउनुपर्ने कुरा ठ्याक्कै यही होइन र? यस्तो व्यक्ति समस्या निम्त्याउन प्रवृत्त हुने व्यक्ति हो। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, मण्डलीले जुनसुकै विषयमा छलफल गरिरहेको भए पनि, तिनीहरू सधैँ हस्तक्षेप गर्न चाहन्छन्; तिनीहरू यस विषयमा आफ्नो विचार राख्न र केही टिप्पणी गर्न चाहन्छन्, साथै मानिसहरूलाई आफ्‍नो कुरा सुनाउने प्रयास पनि गर्छन्। यदि मण्डलीले तिनीहरूको सुझाव अपनाएन भने, तिनीहरू सिधै असन्तुष्ट र क्रोधित हुन्छन्, र तिनीहरूलाई आफ्नै क्षमताका बारेमा थाहा हुँदैन। तिनीहरूले जति धेरै नोक्सानी भोगे पनि, तिनीहरूले ती कुरा कहिल्यै याद गर्दैनन् वा आफ्ना असफलताहरूबाट पाठहरू सिक्दैनन्। त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा पनि समस्या निम्त्याउँछन्। एकातर्फ, तिनीहरूले सत्यता बुझेका हुँदैनन् तैपनि तिनीहरू सधैँ मण्डलीको काममा संलग्‍न हुन चाहन्छन्, हरेक कुरामा हस्तक्षेप गर्ने प्रयास गर्छन्, जसले गर्दा तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउँछन्। अर्कोतर्फ, जब तिनीहरूले कुनै पनि दाजुभाइ वा दिदीबहिनीसँग धेरै समय बिताउँछन्, तब तिनीहरूले उनीहरूमाथि पनि समस्या ल्याउँछन्। समस्या निम्त्याउन प्रवृत्त हुने यस्ता मानिसहरूले ठूलो पीडा दिन्छन्। के तँलाई समस्या निम्त्याउने मानिसहरू तरङ्ग पैदा नगर्ने मानिस हुन् भन्ने लाग्छ? के तिनीहरू आफ्नो उचित स्थानमा बस्‍ने मानिस हुन्? (होइनन्।) तिनीहरू पक्कै पनि आफ्नो उचित स्थानमा बस्‍ने मानिस होइनन्। सामान्यतया, सन्तोषजनक जीवन जिउने मानिसहरू आफ्नो उचित स्थानमा बस्ने गर्छन्। परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासले सामाजिक मामलाहरूसँग कुनै सम्बन्ध नराखून्जेल, तिनीहरू ती कुराहरूमा पटक्कै संलग्‍न हुँदैनन् वा तिनीहरूले तिनका बारेमा सोधपुछ गर्दैनन्। तर्कसङ्गत बन्नु, समयलाई बुझ्नु, र कामकुराहरूको भाव बुझ्नु भनेको यही हो। यो समाज र मानवजाति अत्यन्तै दुष्ट र जटिल छन्। गैरविश्‍वासीहरूले भन्ने गरेझैँ, “यो अस्तव्यस्त युग र अस्तव्यस्त संसारमा, मानिसहरूले आफूलाई कसरी रक्षा गर्ने भनेर सिक्नुपर्छ।” यसका साथै, तँ सधैँ सामाजिक मामलाहरूका बारेमा टिप्पणी गरिरहेको र तिनमा संलग्‍न हुन चाहिरहेको हुन्छस्, तर तैँले जीवनमा हिँड्नुपर्ने मार्ग त्यो होइन। ती कुराहरू गर्नुको कुनै मूल्य हुँदैन र त्यो जीवनको सही मार्ग होइन। तैँले निष्पक्ष रूपमा बोल्न सके पनि, त्यसलाई न्यायसङ्गत अभियान मानिँदैन। किन मानिँदैन? किनभने यस संसारमा कुनै निष्पक्षता छैन; दुष्ट प्रचलनहरूले त्यस्तो हुन दिँदैनन्। यदि तैँले परमेश्‍वरको घरमा साँच्चै नै निष्पक्ष र इमानदार शब्दहरू बोल्न सक्छस् भने, त्यसको मूल्य र महत्त्व हुन्छ। तर यदि तैँले मानिसको यो दुष्ट, भ्रष्ट, र अस्तव्यस्त संसारमा निष्पक्ष र इमानदार शब्दहरू बोलिस् भने, त्यस्ता शब्दहरूले सजिलै समस्या निम्त्याउँछन् र खतरा ल्याउँछन्। त्यसोभए त्यस्ता शब्दहरू बोल्नु अत्यन्तै मूर्खतापूर्ण कुरा हुँदैन र? यसो गर्दा तैँले मूल्यवान् तरिकाले जिउन नपाउने मात्र होइन, यसले तँलाई अनवरत समस्या पनि ल्याउनेछ। त्यसकारण, चलाख मानिसहरूले यी सामाजिक मामलाहरू अभिशाप हुन् भन्ने देख्छन् र आफूलाई ती कुराबाट टाढा राख्छन् र ती कुराबाट जोगिन्छन्, जबकि मूर्ख मानिसहरू तीतर्फ अघि बढ्छन्, जसले गर्दा तिनीहरूले आफैमाथि धेरै समस्या ल्याउँछन्। विशेष गरी कतिपय मानिसहरूले केही दिनसम्म मार्सल आर्टको तालिम लिएपछि, केही आकर्षक तौरतरिका सिक्छन् र थोरै ख्याति प्राप्त गर्छन्, अनि त्यसपछि इन्साफका लागि लडाइँ गर्न र धनीलाई लुटेर गरिबलाई सहयोग गर्न चाहन्छन्। तिनीहरू गलत कुराहरूलाई सच्याउँदै हिँडेर घुमन्ते शूरवीर वा तरवारधारीको भूमिका निभाउन चाहन्छन्, र अन्याय देख्नेबित्तिकै सहयोग गर्न अघि सर्छन्। परिणामस्वरूप, यसले समस्यातर्फ डोर्‍याउँछ—तिनीहरूले समाज कति जटिल छ भन्ने बुझ्दैनन्। ल भन् त, तँ सहयोग गर्न अघि सर्दा, के तैँले केही मानिसहरूलाई चिढ्याउनेछैनस् र? के तैँले कतिपय मानिसहरूले सावधानीपूर्वक बनाएका योजनाहरूलाई बरबाद गर्नेछैनस् र? (हो।) जब ती मानिसहरूले सावधानीपूर्वक बनाएका योजनाहरूलाई तैँले बरबाद गर्छस्, तब के तिनीहरूले तँलाई त्यसबाट उम्कन दिनेछन्? (दिनेछैनन्।) तैँले “मैले जे गरिरहेको छु, त्यो न्यायसङ्गत अभियान हो” भन्लास्, तर यो न्यायसङ्गत अभियान भए पनि, त्यसले काम गर्दैन—यो संसारले तँलाई न्यायसङ्गत अभियानहरू चलाउन दिनेछैन। यदि तैँले त्यसो गरिस् भने, तैँले समस्या निम्त्याइरहेको हुनेछस्। मूर्खहरूले यो कुरा बुझ्दैनन्, तिनीहरूले संसारलाई छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरू सधैँ आफू घुमन्ते शूरवीर भएका हुनाले, अरूलाई सहयोग गर्न आफू अघि सर्नुपर्छ भन्ने सोच्छन्। तर अन्तमा, तिनीहरूले कसैका सावधानीपूर्ण योजनाहरूलाई बरबाद पार्छन्, र त्यो व्यक्तिले तिनीहरूसँग बदला लिन खोज्छ र हार मान्न अस्वीकार गर्छ। तिनीहरूले यसरी नै विपत्ति निम्त्याउँछन्। अर्को व्यक्तिले गुप्त रूपमा तिनीहरूको नाम के हो, तिनीहरू कहाँ बस्छन्, तिनीहरूको पारिवारिक अवस्था कस्तो छ, तिनीहरूको परिवारका सदस्यहरू को-को हुन्, त्यो क्षेत्रमा तिनीहरूको कुनै प्रभाव छ कि छैन, र तिनीहरूविरुद्ध कसरी सबैभन्दा राम्ररी कारबाही गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउन थाल्छ। यो सबै स्पष्ट रूपमा बुझिसकेपछि, तिनीहरूले “घुमन्ते शूरवीर” विरुद्ध कदम चाल्न थाल्छन्, जसको जीवन त्यसपश्चात कठिन बन्दै जान्छ। यस्ता मानिसहरूले बारम्बार समस्या निम्त्याउँछन् र तिनीहरूले जति नै ठूलो नोक्सानी भोगे पनि, कहिल्यै आफ्नो पाठ सिक्दैनन्। जब तिनीहरूले आफूलाई अन्यायपूर्ण लागेको कुराको सामना गर्छन्, तब तिनीहरू अझै पनि इन्साफका लागि लडाइँ गर्न, र अघि सरेर सहयोग गर्न चाहन्छन्। तिनीहरूले आफूमाथि समस्या ल्याउने मात्र होइन, तिनीहरूले आफ्नो परिवारलाई पनि खतरामा पार्छन्, र कहिलेकाहीँ आफ्ना साथीभाइ वा सहकर्मीहरूलाई समेत यसैमा तान्छन्। यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे र तिनीहरू मण्डलीमा प्रवेश गरे भने, दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूद्वारा खतरामा पारिन सक्छन्। उदाहरणका लागि, यदि तिनीहरू समाजमा समस्यामा पर्छन् र कसैले तिनीहरूविरुद्ध प्रतिकार गर्न चाहन्छ, र त्यो व्यक्तिलाई तँ तिनीहरूसँग भेलाहरूमा सहभागी हुन्छस् भन्ने थाहा छ भने, ऊ तिनीहरूको व्यक्तिगत र पारिवारिक अवस्थाका बारेमा जानकारी लिन तँकहाँ आउन सक्छ। त्यसोभए, तैँले त्यो व्यक्तिलाई भन्नेछस् कि भन्नेछैनस्? यदि तैँले भनिस् भने, यो तिनीहरूलाई धोका दिनु सरह हो, जसले गर्दा तिनीहरूमाथि समस्या आइपर्नेछ; यदि तैँले भनिनस् भने, त्यो व्यक्तिले तँलाई सास्ती दिन सक्छ। यस संसारमा दुष्ट मानिसहरू अति धेरै छन्, र दुष्ट मानिसहरू सबै समझहीन हुन्छन्। यदि कसैले तिनीहरूलाई चिढ्यायो भने, तिनीहरूले बदला लिनका लागि कुनै पनि उपायको सहारा लिनेछन्। कुरा त्यही होइन र? (हो।) समस्या निम्त्याउन प्रवृत्त भएका मानिसहरू जस्तोसुकै समस्यामा परे पनि, यसले सधैँ तिनीहरूको कर्तव्य निर्वाहमा समस्या र बाधा सिर्जना गर्छ र यसले मण्डलीको काममा समेत विभिन्न मात्रामा असर पार्न सक्छ। यदि कसैले निरन्तर समस्या निम्त्याउँछ भने, के तिमीहरूलाई तिनीहरूसँग सत्यता सङ्गति गरेर यो समस्या समाधान गर्न सकिन्छ भन्ने लाग्छ? (लाग्दैन।) यस्ता मानिसहरूमा प्रायजसो राम्रो समझको कमी हुन्छ। तिनीहरू समस्यामा पर्दा पनि, तिनीहरूले यसलाई समस्याका रूपमा हेर्दैनन्; तिनीहरूले आफूसँग इन्साफको बोध छ भन्ने समेत सोच्न सक्छन्। त्यस्ता अवस्थामा, तिनीहरूसँग सत्यता सङ्गति गर्नु बेकार हो, किनभने तिनीहरू विकृत बुझाइ भएका मानिस हुन्, तिनीहरू बेतुक व्यक्ति हुन्। बेतुक व्यक्तिहरूले सत्यतालाई सजिलै स्वीकार गर्दैनन्। कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “तिनीहरूले कठिनाइ सामना गरिरहेका छन्; हामीले तिनीहरूलाई कसरी बेवास्ता गर्न मिल्छ? हामी कसरी तिनीहरूलाई केही दया नदेखाई बस्न सक्छौँ? हामीले तिनीहरूलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ।” तिनीहरूलाई प्रेमपूर्वक व्यवहार गर्नु ठीकै हो, तर के तिनीहरूले यसलाई स्वीकार गर्न सक्छन्? यदि तिनीहरूले सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन् र आफ्नै दृष्टिकोणहरूलाई पक्रिराख्छन् भने, के तैँले तिनीहरूसँग अनवरत रूपमा सत्यता सङ्गति गरिरहनु उचित हुन्छ? (हुँदैन।) यो किन उचित हुँदैन? (यस्ता मानिसहरूले परमेश्‍वरमा इमानदारीका साथ विश्‍वास गर्दैनन्। तिनीहरूमा अविश्‍वासीहरूको सार हुन्छ। हामीले तिनीहरूसँग सत्यता सङ्गति गरे पनि, यसले समस्या समाधान गर्दैन, र तिनीहरूले अझै पनि मण्डलीमा धेरै समस्या ल्याउन सक्छन्।) त्यसोभए, के यस्ता मानिसहरूलाई निकाल्नुपर्छ? (हो, तिनीहरूलाई निकाल्नुपर्छ।)

अर्को प्रकारका मानिसहरू पनि छन्, जो समस्या निम्त्याउन प्रवृत्त हुन्छन्। मण्डलीमा, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई निश्चित कामकुराहरू गर्न सधैँ उक्साइरहेका हुन्छन्। उदाहरणका लागि, तिनीहरूले भन्छन्: “सरकारले चालेको त्यो कदम र तय गरेको नीति अनुचित छन्। इसाई भएको नाताले, हामीले धार्मिकता अभ्यास गर्नैपर्छ, हामीले बोल्नुपर्छ र कायरहरूले जस्तो आफ्नो पुच्छर लुकाउनु हुँदैन। हामीले दाजुभाइ-दिदीबहिनीहरू, हाम्रो मण्डली, र सारा मानवजातिको भलाइका लागि लडाइँ गर्दै ब्यानरहरू लिएर सडकमा जुलुस निकाल्‍नुपर्छ र विरोध गर्नुपर्छ!” अनि यसको परिणाम के हुन्छ? तिनीहरूले जुलुस निकाल्नुभन्दा पहिले नै, सरकारले थाहा पाइसकेको हुन्छ, र अदालतले बोलावट आदेश पठाउँछ। ल भन् त, मण्डलीमा त्यस्ता मानिसहरू हुनु सौभाग्यपूर्ण कुरा हो कि दुर्भाग्यपूर्ण? (दुर्भाग्यपूर्ण कुरा हो।) कतिपय मानिसहरू भन्छन्: “हाम्रो मण्डलीमा यस्तो प्रतिभाशाली व्यक्ति रहेछ—यो व्यक्ति अगुवाइ गर्न लायक छ! हाम्रो मण्डलीका मानिसहरूलाई हेर त; तिनीहरू सबै निरीह छन् र भनेको कुरा मान्छन्, र समाजमा तिनीहरूको कुनै प्रभाव छैन। तिनीहरू डरपोक छन् र कुनै पनि ठूला मामलाहरू सम्हाल्ने आँट गर्दैनन्, र तिनीहरू समस्या निम्त्याउँछु कि भनेर धेरै डराउँछन्। यो व्यक्ति फरक छ—ऊ साहसी, अन्तर्दृष्टिपूर्ण, र निर्णायक छ; समाजमा पनि उसको प्रभाव छ, ऊ सक्षम छ, र जब उसले अन्याय देख्छ, तब उसले उभिने र अघि सर्ने आँट गर्छ। कुनै कानुनी मुद्दाको सामना गर्दा पनि, ऊ हडबडाउँदैन वा तनावमा पर्दैन। उसको मानसिक क्षमताले नै उसलाई स्वाभाविक रूपमा पदाधिकारी बन्न उपयुक्त बनाउँछ। यदि यो व्यक्ति राजनीतिमा संलग्‍न भएको भए, ऊ या त एउटा प्रतिनिधि वा कम्तीमा पनि कुनै प्रान्तको गभर्नर हुनेथियो। हामी त्यसको लायक छैनौँ। त्यसकारण, मण्डलीले उसलाई अगुवाका रूपमा छनौट गर्नुपर्छ। यदि उसले हामीलाई अगुवाइ गर्‍यो भने, हामीले अवश्य नै मुक्ति प्राप्त गर्नेछौँ!” कतिपय मूर्ख मानिसहरूले समाजमा समस्या निम्त्याउन प्रवृत्त भएका मानिसहरूलाई विशेष रूपमा उच्च सम्मान दिन्छन् र तिनीहरूलाई आदर्श ठान्छन्, र तिनीहरूलाई मण्डली अगुवाका रूपमा निर्वाचित गर्न समेत चाहन्छन्। के तिमीहरूलाई यो उचित लाग्छ? (लाग्दैन।) यो किन उचित होइन? के मण्डलीलाई त्यस्ता “सक्षम मानिसहरू” चाहिँदैन र? (मण्डलीलाई त्यस्ता मानिसहरू चाहिँदैन। मण्डली अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई भेलाहरूमा सँगै परमेश्‍वरका वचनहरू खान-पिउन, सत्यता पछ्याउन, र सुसमाचार फैलाउनका लागि आफ्नो कर्तव्य पूरा गर्न अगुवाइ गर्नुपर्छ। त्यस्ता मानिसहरूमा बाहिरी रूपमा तथाकथित साहस, अन्तर्ज्ञान, र निर्णयात्मकता भए जस्तो देखिए पनि, तिनीहरूले यस प्रकारको काम गर्न सक्दैनन् र मण्डलीमा अनन्त समस्या ल्याउनेछन्। त्यसकारण, तिनीहरू मण्डली अगुवा बन्न योग्य हुँदैनन्।) म तँलाई भन्छु, यस्तो व्यक्ति मण्डलीमा रहिरहनु गल्ती हो, र त्यस्ता मानिसहरूलाई अगुवाका रूपमा निर्वाचित गर्नु अझै विनाशकारी हुनेछ। तिनीहरूले मण्डलीलाई कतातिर डोर्‍याउनेछन्? तिनीहरूले मण्डलीलाई धार्मिक समूहमा परिणत गर्नेछन्! किनभने जब तिनीहरूले समाजमा अन्याय देख्छन्, तब तिनीहरूले मुद्दा दायर गर्छन्; जब तिनीहरूले दुष्ट मानिसहरूले गरिबहरूलाई हेपिरहेका देख्छन्, तब तिनीहरूले उनीहरूका लागि लड्छन्; जब तिनीहरूले भ्रष्ट अधिकारीहरूले मानिसहरूलाई निर्घात रूपमा हानि गरेको देख्छन्, तब तिनीहरू स्वर्गको तर्फबाट इन्साफको पक्षमा खडा हुन चाहन्छन्। परिणामस्वरूप, तिमीहरू पनि सबै जना क्रमिक रूपमा इन्साफका लागि लड्ने घुमन्ते-शूरवीर बन्नेछौ। यसरी, के तिमीहरूले अझै पनि मुक्ति प्राप्त गर्न सक्थ्यौ? झट्ट हेर्दा, समस्या निम्त्याउन प्रवृत्त मानिसहरू निकै सक्षम देखिन्छन् होला, तर अन्त्यमा, के हुन्छ? मण्डलीको काममा बाधा र अवरोध पुर्‍याएकोमा तिनीहरू सबैलाई हटाइन्छ, किनभने तिनीहरूले पछ्याउने मार्ग सही मार्ग हुँदैन। तिनीहरूले जस्तोसुकै समस्या निम्त्याए पनि, तिनीहरू सही मार्गमा हिँडिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्‍वरको इच्छा नै पछ्याइरहेका हुन्छन्। तिनीहरूले गर्ने कुनै पनि कुराको मण्डली, परमेश्‍वरको काम, वा परमेश्‍वरका अभिप्रायहरूसँग कुनै सम्बन्ध हुँदैन; तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरका अभिप्रायहरूबाट टाढा हुन्छन् र ती सही मार्गबाट बाहिर जान्छन्। तिनीहरूले समस्या निम्त्याउनुको प्रकृति भनेको तिनीहरू दियाबलसहरूसँग व्यवहार गरिरहेका र अल्झिरहेका हुन्छन्; तिनीहरूलाई दियाबलसहरूले सताइरहेका हुन्छन्। त्यसकारण, परमेश्‍वरको घरले आफू र त्यस्ता मानिसहरूका बीचमा स्पष्ट रेखा कोर्नुपर्छ। यदि तिनीहरूले बारम्बार समस्या निम्त्याउँछन्, तिनीहरूलाई सल्लाह दिन प्रयास गर्ने कसैलाई पनि सुन्न मान्दैनन्, र तिनीहरूले आफ्ना गल्तीहरूबाट नसिकी समस्या निम्त्याउँछन्, जथाभाबी दुष्कर्म समेत गर्छन् भने, तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ। तैँले यसो भन्न सक्छस्: “तिमीले निम्त्याएका सबै समस्याहरूलाई हेर त, यो मण्डलीको काममा कति ठूलो व्यवधान बनेको छ, र कति जना मानिसहरूको कर्तव्य निर्वाहमा असर परेको छ। तिमीले यो कुरा कसरी नबुझेको? तिम्रो मनको चौडाइ अत्यन्तै फराकिलो छ—त्यो सम्पूर्ण संसारलाई नै समेट्न सक्ने जत्तिको फराकिलो छ। तिमी जस्तो व्यक्ति त संसारमा केही गरौँ भनेर अगाडि बढ्नुपर्छ; तिमीले आफ्नो संवर्धन गर्नुपर्छ र राष्ट्रलाई शासन गर्दै संसारमा शान्ति ल्याउनुपर्छ। तिमी उच्च-पदस्थ अधिकारीहरूसँग सङ्गत गर्न लायक छौ; त्यसपछि मात्रै तिमीले दैनिक जीवनका सामान्य कुराभन्दा माथि उक्लेर आफ्नो पखेटा फैलाउन र उचाइ लिन सक्छौ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूसँग दिनभरि बस्नु—के त्यसले तिम्रा भव्य महत्त्वाकाङ्क्षाहरूलाई रोक्ने र आफ्नो पखेटा फैलाउने र उड्ने तिम्रो क्षमतालाई सीमित गर्ने गर्दैन र? हामीलाई हेर त—हामीमध्ये कसैसँग पनि ठूला आकाङ्क्षाहरू छैनन्। हामी त परमेश्‍वरमा विश्‍वास गर्ने, केही सत्यताहरू बुझ्नका लागि परमेश्‍वरका अझै धेरै वचनहरू पढ्ने, र कम दुष्टता गर्ने कार्यमा मात्रै केन्द्रित छौँ, सायद त्यसपछि हामीले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छौँ—त्यति मात्रै हो। हामी सबै सांसारिक मानिसहरूद्वारा निन्दित र अपमानित, संसारद्वारा इन्कार गरिएका मानिस हौँ, त्यसकारण तिमीले हामी जस्ता मानिसहरूको सङ्गत गर्नु हुँदैन। तिमी संसारमा फर्क्यौ र त्यहीँ लागिपर्‍यौ भने तिमीलाई राम्रो हुनेछ; सायद तिमीले ठूलो सफलता हासिल गर्नेछौ र आफ्ना महत्त्वाकाङ्क्षाहरू पूरा गर्नेछौ।” के तिनीहरूलाई यसरी छोडेर जानका लागि मनाउनु उचित हो? के यो समस्या समाधान गर्ने राम्रो तरिका हो? (हो।) मण्डलीले त्यस्ता अविश्‍वासीहरूलाई यसरी नै सम्हाल्नुपर्छ; मामलालाई यसरी समाधान गर्नु पूर्ण रूपमा सत्यता सिद्धान्तहरू अनुरूप हुन्छ।

अरू कस्तो प्रकारका मानिसहरू समस्या निम्त्याउन प्रवृत्त हुन्छन्? एक प्रकारको व्यक्ति विपरीत लिङ्गीमाझ विशेष रूपमा लोकप्रिय हुन्छ र ऊ सधैँ शङ्कास्पद व्यक्तिहरूसँग जिस्किने गर्छ। तिनीहरू उचित प्रणयी सम्बन्धको खोजी गरिरहेका हुँदैनन्; बरु, तिनीहरूले विपरीत लिङ्गका धेरै मानिसहरूसँग अत्यन्तै घनिष्ठ र अनुचित सम्बन्ध कायम राख्छन्। तिनीहरूले यी सम्बन्धहरूलाई उचित रूपमा सम्हाल्न नसक्‍ने हुनाले, तिनीहरू जोसँग जिस्किन्छन् ती मानिसहरूले एक-अर्काको डाहा गर्ने वा एक-अर्कासित बदला समेत लिन खोज्ने सम्भावना हुन्छ। के यो तिनीहरूका लागि समस्या हो? (हो।) यो पनि ठूलो समस्या हो। कतिपय मानिसले यी कुराहरूबारे वास्ता नगर्लान्, तर त्यस्ता कुराले प्रायजसो तिनीहरूको व्यक्तिगत जीवन र आस्थामा समस्या ल्याउँछन्, र यसले तिनीहरूको व्यक्तिगत सुरक्षामा समेत असर पार्न सक्छ। यी समस्याहरूले तिनीहरूलाई निरन्तर पछ्याउँछन्, र तिनीहरूसँग बारम्बार अन्तरक्रिया गर्नेहरू पनि यसमा फसिहाल्छन्। चाहे तिनीहरू विपरीत लिङ्गका यी व्यक्तिहरूसँग साँचो रूपमा प्रणयी सम्बन्धमा होऊन् वा एक-अर्कासँग जिस्किरहेका र एक-अर्कालाई प्रयोग गरिरहेका मात्रै होऊन्, हामीलाई त्यस्ता कुराहरूका बारेमा चासो हुँदैन। हामीलाई के कुराको चासो हुन्छ? हामीलाई तिनीहरूले ल्याउने समस्याहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीमा कुनै हानिकारक असर पार्छन् कि पार्दैनन् भन्ने बारेमा चासो हुन्छ। यदि कुनै असर पर्छ भने, मण्डलीले समस्या समाधान गर्न र त्यसलाई सम्हाल्न कदम चाल्नुपर्छ, र यी समस्याहरूलाई उचित रूपमा सम्हाल्नका लागि तिनीहरूलाई सल्लाह दिनुपर्छ। तिनीहरूले यसलाई कसरी सम्हाल्छन् भन्ने कुरामा हामी हस्तक्षेप गर्नेछैनौँ। यदि तिनीहरूलाई जति सल्लाह दिँदा पनि तिनीहरूले सुन्न मान्दैनन् र यी समस्याहरूलाई सम्हाल्दैनन् वा समाधान गर्दैनन् भने, तिनीहरूलाई अलग राख्‍नुपर्छ र चेतावनी दिनुपर्छ: “तिमीले सुरुमा आफ्ना व्यक्तिगत समस्याहरू सम्हाल्नुपर्छ। तिनलाई सम्हालेपछि, तिमीले आफ्नो कर्तव्यलाई पुनः सुचारु गर्न सक्छौ। यदि तिमीले तिनलाई उचित रूपमा सम्हालेनौ भने, तिमी अलग रहिरहनेछौ।” तिनीहरू विश्‍वासी भएको र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न सक्‍ने भए पनि—सायद कुनै महत्त्वपूर्ण कर्तव्य समेत पूरा गर्न सक्‍ने भए पनि—तिनीहरूको व्यक्तिगत जीवनका गम्भीर समस्याहरूका कारणले र तिनीहरूले निम्त्याउने समस्याले मण्डलीको काममा असर पार्न सक्‍ने हुनाले, मण्डली अगुवाहरूले यसलाई बेवास्ता गर्न मिल्दैन, किनभने यी समस्याहरूले सम्भावित जोखिमहरू पैदा गर्छन्। उदाहरणका लागि, तिनीहरू जोसँग सम्बन्धमा बस्छन् ती मानिसहरूले तिनीहरूबाट मण्डलीका केही परिस्थितिहरू वा दाजुभाइ-दिदीबहिनीहरूबारे व्यक्तिगत जानकारी थाहा पाउन सक्छन्। यदि तिनीहरूले यो जानकारी खराब अभिप्राय भएका व्यक्तिहरू वा ठूलो रातो अजिङ्गरलाई चुहाए भने, यो मण्डली र दाजुभाइ-दिदीबहिनीहरू दुवैका लागि हानिकारक हुनेछ। त्यसकारण, मण्डलीका लागि, यी सबै समस्या वा सम्भावित जोखिमहरू तिनीहरूले नै ल्याउँछन्, त्यसकारण मण्डलीले तिनीहरूलाई सुरुमा आफ्ना व्यक्तिगत समस्याहरू समाधान गर्न लगाउनुपर्छ। यदि तिनीहरूले समस्याहरूलाई पूर्ण रूपमा सम्हाले भने, परमेश्‍वरको घरले तिनीहरूको परिस्थितिका आधारमा तिनीहरूलाई फेरि स्वीकार गर्ने निर्णय गर्न सक्छ। तर यदि तिनीहरू समस्याहरू समाधान नगर्न जारी राख्छन् र अझै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छन् भने, के गर्नुपर्छ? (तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न दिनु हुँदैन।) त्यस्तो अवस्थामा, तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ वा निकाल्नुपर्छ। छोटकरीमा भन्दा, चाहे मण्डली अगुवाहरू होऊन् वा दाजुभाइ-दिदीबहिनीहरू होऊन्, तिनीहरूले मण्डलीमा समस्या निम्त्याउन प्रवृत्त मानिसहरू छन् भन्ने पत्ता लगाएपछि, सिद्धान्तहरू अनुसार यस मामलालाई सम्बोधन गर्नुपर्छ र तुरुन्तै सम्हाल्नुपर्छ। तिनीहरूले यसलाई सम्हाल्नु र समाधान गर्नुभन्दा पहिले यी व्यक्तिहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई खतरामा पारुञ्जेल वा मण्डलीको काममा समस्या ल्याउञ्जेल पर्खिनु हुँदैन।

कतिपय मानिसहरू चाँडै समस्या पैदा गर्न र झगडा र कुटाकुट गर्न तम्सिन्छन्। तिनीहरू सधैँ आफूले राम्रो मुक्का प्रहार गर्न सक्छु भन्ने ठान्छन्, सधैँ संसारका सबै जनालाई हराउन चाहन्छन्, वा, यदि तिनीहरूले अलिक देखावटी मार्सल आर्ट जानेका छन् भने, सधैँ अरूका विरुद्धमा हिंसा र बल प्रयोग गर्न चाहन्छन्। के यस्तो व्यक्ति पनि समस्या निम्त्याउन प्रवृत्त हुँदैन र? (हुन्छ।) जहाँ गए पनि आफ्नो उचित स्थानमा नबस्ने मानिसहरू पनि हुन्छन्। तिनीहरूले नियमहरू वा सार्वजनिक आदेश पालना गर्दैनन् र तिनीहरू सधैँ अपरम्परागत हुन चाहन्छन्। सवारी चलाउँदा, तिनीहरूले रातो बत्ती बल्दा पनि गाडी नरोक्न जिद्दी गर्छन्, वा निषेध गरिएको ठाउँमा बायाँ मोड्न जिद्दी गर्छन्, र प्रहरीले रोकेर जरिवाना तिराउँदा, तिनीहरू त्यसलाई स्वीकार गर्न मान्दैनन् र प्रहरीमाथि नै उजुरी गर्न चाहन्छन्। हेर् त, तिनीहरू जोमाथि पनि रिपोर्ट गर्ने आँट गर्छन्। प्रहरीले कानुन अनुसार काम गर्ने भए पनि, तिनीहरू उनीहरूमाथि उजुरी गर्न चाहन्छन्—तिनीहरूले कानुनको अवज्ञा गर्छन्। के यी मूर्खहरू पनि समस्या निम्त्याउन प्रवृत्त हुँदैनन् र? (हुन्छन्।) यस्तो समस्या निम्त्याउन प्रवृत्त व्यक्तिले आफूले परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले उहाँमाथि भर पर्न सकिन्छ, र मण्डलीमा धेरै मानिसहरू छन् र यसको प्रभाव ठूलो छ भन्ने सोच्छ, त्यसकारण उसले केही कुराको डर मान्दैन। उसले आफ्नो सामर्थ्यको धाक लगाउन र आफू कति शक्तिशाली छु भनेर देखाउनका लागि जताततै जथाभाबी दुष्कर्म गर्छ। कानुनी फन्दामा परेपछि पनि, उसले आफ्नो मार्ग बदल्न जान्दैन। अन्त्यमा, उसले के भन्छ? “यो संसार साँच्चै नै दुष्ट छ। इन्साफका लागि खडा भएकै कारण मलाई पक्राउ गरियो। यो संसार साँच्चै नै अन्यायपूर्ण छ!” तिनीहरू अझै पनि आफ्ना गल्तीहरू स्वीकार गर्न मान्दैनन्। तिनीहरू उक्साहट गरेर आफूमाथि समस्या ल्याउँछन्, तैपनि आफूलाई अन्याय भएको भनेर गुनासो गर्छन्। के यो अत्यन्तै बेतुके कुरा होइन र? (हो।) संसार जति नै दुष्ट र अन्धकारमय भए पनि, तिनीहरूले समस्या पैदा गर्नु बुद्धिमानी होइन। परमेश्‍वरले कहिल्यै कसैलाई समस्या पैदा गर्न भन्नुभएको छैन, न त उहाँले कसैलाई परमेश्‍वरमा विश्‍वास गर्ने नाममा स्वर्गको तर्फबाट इन्साफका लागि लडाइँ गर्न र इन्साफ लागू गर्न नै भन्नुभएको छ। कतिपय मानिसहरूले भन्छन्, “यस संसारका नियमहरू सत्यता होइनन्, त्यसकारण तिनलाई पालना गर्नु पर्दैन।” कानुन सत्यता नभए पनि, परमेश्‍वरले तँलाई आफूले चाहे अनुसार कानुन तोड्न सक्छस् भनेर कहिल्यै भन्नुभएको छैन, न त उहाँले तँलाई हत्या वा आगजनी गर्न सक्छस् भनेर नै भन्नुभएको छ। परमेश्‍वरले तँलाई समाजको कानुन र सार्वजनिक आदेश पालना गर्नुपर्छ, जहाँ गए पनि नैतिक मान्यता र नियमहरू पालना गर्न जान्नुपर्छ, उक्साउने व्यवहार गर्नु हुँदैन, र समस्या निम्त्याउनु हुँदैन भनेर भन्नुहुन्छ। यदि तैँले कानुन तोडिस् भने, तँ आफैले परिणामहरू भोग्नेछस्—परमेश्‍वरको घरले तेरा लागि जिम्मेवारी लिनेछ भन्ने अपेक्षा नगर्, किनभने यो व्यक्तिगत व्यवहार हो र यसले तँलाई व्यक्तिका रूपमा मात्रै प्रतिनिधित्व गर्छ; परमेश्‍वरको घरले तँलाई कहिल्यै कुनै गैरकानुनी काम गर्न निर्देशन दिएको छैन। तैँले जुनसुकै देशमा मामलाहरू सम्हालिरहेको भए पनि, परमेश्‍वरको घरले तँलाई कानुन जाँच गर्न र वकिलसँग परामर्श लिन लगाउँछ। वकिलले जे उचित छ भनेर भन्छ, तैँले त्यही गर्नुपर्छ। यदि वकिलले तँलाई निश्चित तरिकाले व्यवहार गर्न सल्लाह दिएन, र तैँले अन्धाधुन्ध काम गरिस्, कामकुरा बिगारिस्, र कानुन तोडिस् भने, तैँले आफै परिणामहरू भोग्नेछस्—परमेश्‍वरको घरमा समस्या ल्याउने काम नगर्। वकिलले सुझाएको तौरतरिका सबैभन्दा राम्रो विकल्प नभए पनि, तैँले वकिलको सल्लाह मान्नैपर्छ। यदि यो कानुनी हो र यसले परमेश्‍वरको घरलाई ठूलो हानि गर्दैन भने, यो गर्दा हुन्छ। परमेश्‍वरको घरले मानिसहरूलाई सधैँ वकिलको परामर्श लिन र कानुन अनुसार मामलाहरू सम्हाल्न भनेको छ। तर, कतिपय मानिसहरू सोच्छन्, “परमेश्‍वरको घर संसारको होइन, त्यसकारण हामीले संसारका प्रचलनहरू पछ्याउनु हुँदैन! कानुनले सत्यतालाई प्रतिनिधित्व गर्दैन—परमेश्‍वर मात्रै सत्यता हुनुहुन्छ, र परमेश्‍वर सर्वोच्च हुनुहुन्छ। हामी सत्यता र परमेश्‍वरमा मात्रै समर्पित हुन्छौँ!” यो अभिव्यक्ति सही भए पनि, तँ यही संसारमा जिइरहेको छस् र तैँले धेरै वटा वास्तविक समस्याहरूसँग जुध्नुपर्छ। त्यसकारण, तैँले कानुन उल्लङ्घन गर्न मिल्दैन, न त सत्यता सिद्धान्तहरू नै उल्लङ्घन गर्न मिल्छ। परमेश्‍वरको सर्वोच्चताले परमेश्‍वरको पहिचान र हैसियतलाई जनाउँछ; यसको कारणले तैँले समाजमा गैरकानुनी क्रियाकलापहरूमा संलग्‍न हुन वा निरङ्कुश व्यवहार गर्न, जे मन लाग्यो त्यही गर्न, र जताततै समस्या निम्त्याउन पाउँछस् भन्ने हुँदैन। परमेश्‍वरले कसैलाई कुनै पनि काम गर्दा कानुन तोड्न कहिल्यै प्रोत्साहित गर्नुभएको वा माग गर्नुभएको छैन, बरु तँलाई कानुन र सामाजिक नियमहरू पालना गर्नू, यदि तैँले कानुन तोडिस् र तँलाई दण्डित गरियो भने, तैँले दण्ड स्वीकार गर्नैपर्छ, र तैँले झमेला गर्नु वा समस्या निम्त्याउनु हुँदैन भनेर भन्नुहुन्छ। यदि तैँले सधैँ समस्या निम्त्याइरहेको हुन्छस्, र तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, परमेश्‍वरले तँलाई साथ दिइरहनुभएको छ भनेर सधैँ सोचिरहेको हुन्छस्, त्यसकारण तैँले केही कुराको डर मान्दैनस् भने, म तँलाई भन्दैछु, तँ गलत छस्! सबै कुराको सामना गर्दा तैँले देखाउने निर्भयतालाई परमेश्‍वरले समर्थन गर्नुहुन्न, र परमेश्‍वरको घरले तेरो बदमासको जस्तो तर्कको मूल्य तिर्नेछैन। परमेश्‍वरको घरमा धेरै मानिसहरू भएकाले र यसको ठूलो प्रभाव भएकाले, तैँले जे मन लाग्यो त्यही गर्न सक्छस् भन्ने कहिल्यै नसोच्। यदि तैँले यसरी सोच्छस् भने, तँ गलत छस्। यो शैतानको तर्क हो। परमेश्‍वरको घरले कहिल्यै यस्तो कुरा भनेको छैन, न त परमेश्‍वरले नै भन्नुभएको छ। परमेश्‍वरको घरले कसैलाई पनि यसरी व्यवहार गर्न प्रोत्साहित गर्दैन। परमेश्‍वरको घरमा धेरै मानिसहरू छन् भन्ने कुरा साँचो हो, तर मानिसहरूको सङ्ख्या—चाहे धेरै होस् वा थोरै—त्यो कसैलाई साथ दिन, कसैलाई प्रोत्साहित गर्न, वा कसैलाई समस्याबाट जोगाउन र कुराहरू सहज बनाउनका लागि होइन। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूले उहाँलाई र उहाँको इच्छा पछ्याउन सकून्, तिनीहरू सृजित प्राणीका रूपमा मानकअनुरूप हुन सकून् र तिनीहरूले सृजित प्राणीको कर्तव्य पूरा गर्न सकून् भनेर चयन गर्नुहुन्छ। यो तँ संसारको विरुद्धमा जान सकेस् भन्नका लागि, तँलाई संसारमा भव्य सुनिने विचारहरू फलाक्न लगाउनका लागि होइन, र यो निश्चय नै तैँले संसारलाई पाठ सिकाउनका लागि होइन। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको प्रवाहको विरुद्धमा जानु होइन; प्रवाहको विरुद्धमा जानु वा संसारलाई तिरस्कार गर्नुसँग यसको कुनै सम्बन्ध छैन। त्यसकारण, मानिसहरूप्रति परमेश्‍वरका अभिप्रायहरूलाई गलत रूपमा नबुझ्, र परमेश्‍वरमा विश्‍वास गर्नुको महत्त्वलाई गलत अर्थ लगाउने वा गलत रूपमा बुझ्‍ने काम नगर्। परमेश्‍वरले मानिसहरूलाई चयन गर्नुको उद्देश्य के हो? (मानिसहरूले परमेश्‍वरलाई पछ्याऊन्, परमेश्‍वरको इच्छालाई पछ्याऊन्, र सृजित प्राणीहरूको कर्तव्य पूरा गरून् भन्ने हो।) परमेश्‍वरले मानिसहरू प्राप्त गर्न, साँचो सृजित प्राणीहरू प्राप्त गर्न, परमेश्‍वरलाई साँचो रूपमा आराधना गर्ने मानिसहरू प्राप्त गर्न तिनीहरूलाई चुन्नुहुन्छ; परमेश्‍वरको आराधना गर्न सक्ने नयाँ मानवजाति देखा परोस् भनेर उहाँले यस्तो गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई चयन गर्नुको उद्देश्य तिनीहरू यो संसार वा मानवजातिका विरुद्धमा जाऊन् भन्‍ने होइन। त्यसकारण, जो समस्या निम्त्याउन प्रवृत्त छन् तिनीहरूलाई अरूको कर्तव्य निर्वाहमा असर गर्न नदिनका लागि मण्डलीबाट र मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने ठाउँहरूबाट जति सक्दो टाढा राख्नुपर्छ।

जहाँसम्म समस्या निम्त्याउन प्रवृत्त मानिसहरूको कुरा छ, तिनीहरूले जस्तो किसिमको समस्या निम्त्याए पनि, यदि यसले मण्डलीमा समस्या ल्याउँछ र दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा असर गर्छ भने, अगुवा र कामदारहरूले अघि सरेर उक्त मामला समाधान गर्नुपर्छ। यो कुरालाई जाँच नगरी त्यत्तिकै छोड्नु हुँदै हुँदैन। तिनीहरूले तुरुन्तै परिस्थिति बुझ्नुपर्छ र बोध गर्नुपर्छ, समस्याको जडलाई प्रस्ट पार्नुपर्छ, त्यसपछि उचित समाधान खोजेर यसलाई सम्हाल्नुपर्छ। यसलाई किन सम्हाल्नुपर्छ? एकातर्फ, यी समस्याहरूले मण्डलीको काम, मण्डली जीवन, वा दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा असर गर्न सक्छन्। अर्कोतर्फ, समस्या निम्त्याउन प्रवृत्त यी व्यक्तिहरूलाई अरूले प्रतिभाशाली ठाने पनि वा आवारा र बदमास ठाने पनि, तिनीहरूले समस्या ल्याउँछन् भने, तिनीहरूलाई समयमा नै सम्हाल्नुपर्छ। त्यसोभए तिनीहरूलाई कसरी सम्हाल्नुपर्छ? यो समस्यालाई सम्हाल्‍ने कुरा नभई समस्या ल्याउन जिम्मेवार मानिसहरूलाई सम्हाल्नु हो। तिनीहरूलाई मण्डलीबाट पखालेपछि, समस्याको जड समाधान हुन्छ, र यसरी मामिला सम्हालिन्छ। समस्या निम्त्याउन प्रवृत्त कतिपय मानिसहरू तेरो नजरमा सक्षम वा वरदानप्राप्त देखिएकै भरमा तँ कहिल्यै उदार हुनु हुँदैन। यदि तँ तिनीहरूप्रति उदार हुन सक्छस् भने, तँ साँच्चै नै अत्यन्तै अन्योलमा परेको व्यक्ति होस् र तँ मण्डली अगुवा बन्न लायक छैनस्, र दाजुभाइ-दिदीबहिनीहरूले तँलाई तेरो पदबाट हटाउनुपर्छ। यदि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् र दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिँदैनस्, बरु दुष्ट मानिसहरू र समस्या पैदा गर्नेहरूलाई सुरक्षा दिन्छस्, तिनीहरूलाई हदभन्दा बढी पुज्छस्, तिनीहरूलाई सम्मानित अतिथि र वरदानप्राप्त व्यक्तिका रूपमा व्यवहार गर्छस्, तिनीहरू मण्डलीमा भेट्टाउन गाह्रो हुने प्रतिभाशाली मानिस हुन् भन्ने सोच्छस्, तिनीहरूलाई ठूलाठूला कामहरूमा प्रयोग गर्छस्, र तिनीहरूका समस्याहरूलाई समेत सहज बनाइदिन्छस् भने—तँ मण्डली अगुवाको भूमिकाका लागि पूर्ण रूपमा अयोग्य छस्। तँ अलमल्ल व्यक्ति र झूटो अगुवा होस्, र तँलाई बर्खास्त गरिनुपर्छ र हटाइनुपर्छ। यदि कुनै मण्डली अगुवाले सल्लाह सुन्न मान्दैन र समस्या निम्त्याउन प्रवृत्त भएको कुनै दुष्ट व्यक्तिलाई रक्षा गर्न वा उसलाई महत्त्वपूर्ण कामहरूमा प्रयोग गर्न जिद्दी गर्छ भने, दाजुभाइ-दिदीबहिनीहरूले अगुवालाई निकाल्‍ने मात्रै नभई उसलाई समस्या निम्त्याउने यो व्यक्तिसँग एकै ठाउँमा राखेर दुवैलाई हटाउनुपर्छ। के तैँले समस्या निम्त्याउने व्यक्तिलाई आदर्श ठान्दैनस् र? तिनीहरूलाई तैँले पनि सुरक्षा दिएको छस् भन्‍ने महसुस हुन्छ, र तिमीहरू निकै राम्रो मिल्छौ—त्यसोभए, माफ गर, तर तिमीहरू दुवै जना जानुपर्छ। परमेश्‍वरको घरलाई तिमीहरूमध्ये कसैको आवश्यकता पर्दैन! यदि कुनै मण्डलीमा समस्या निम्त्याउन प्रवृत्त मानिसहरू छन्, र माथिल्लो तहका अगुवाहरूलाई यसबारे थाहा छैन, जबकि मण्डली अगुवा अन्योलमा परेको छ र उसमा समझशक्तिको कमी छ भने, सत्यता बुझ्ने दाजुभाइ-दिदीबहिनीहरूले समस्या समाधान गर्न अघि सर्नुपर्छ। एकातर्फ, तिनीहरूले यस मामलाबारे माथिल्लो तहका अगुवाहरूलाई तुरुन्तै रिपोर्ट गर्नुपर्छ। यसका साथै, तिनीहरू सङ्गति गर्न र झूटा अगुवालाई खुट्ट्याउनका लागि अरू दाजुभाइ-दिदीबहिनीहरूसँग एकजुट हुनुपर्छ। ऊ झूटो अगुवा हो भन्ने कुरा पुष्टि भएपछि, उसलाई बर्खास्त गर्नुपर्छ वा हटाउनुपर्छ, र नयाँ अगुवा निर्वाचित गर्नुपर्छ—जसले परमेश्‍वरको घर, मण्डलीको काम, र मण्डली जीवनका हितहरूको रक्षा गर्न सकोस्। के यो तरिकाले अभ्यास गर्नु उचित हुन्छ? (हुन्छ।) यो मण्डली अगुवा र समस्या निम्त्याउन प्रवृत्त व्यक्तिलाई सँगै पखाल। के तिनीहरू साझा दुष्ट गुण भएका कारण एक-अर्कालाई डाहा र प्रशंसा गर्दै एक-अर्कासँग साह्रै मिल्‍ने दुई जना मानिस होइनन् र? त्यसोभए तिनीहरूको इच्छा पूरा गरिदेओ अनि तिनीहरूलाई सँगै संसारमा फर्केर जान देओ—परमेश्‍वरको घरलाई तिनीहरू जस्ता मानिस चाहिँदैन। यदि तिनीहरू मण्डलीमै रहे भने, तिनीहरूले समस्या निम्त्याउने र सिर्जना गर्ने काम मात्रै गर्छन्, जसले गर्दा मण्डलीको काममा ठूलो हानि हुनेछ। तिनीहरूलाई पखालेर फाल्नुपर्छ। तिनीहरू जहाँ जान चाहन्छन् र तिनीहरूले जति नै ठूलो समस्या निम्त्याउन चाहन्छन्, त्यो तिनीहरूको आफ्नै मामला हो। जे भए पनि, मण्डलीसँग यसको कुनै सम्बन्ध हुँदैन र यसमा मण्डली फस्नेछैन। के त्यसले समस्या समाधान गर्नेछैन र? (गर्नेछ।) यो समाधान निकै राम्रो छ। समस्या निम्त्याउन प्रवृत्त मानिसहरूका सम्बन्धमा बाह्रौँ प्रकटीकरणबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।