परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२९
सुरुमा परमेश्वरद्वारा सृष्टि गरिएका आदम र हव्वा पवित्र मानिसहरू थिए, अर्थात् अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र थिए, फोहोरले दूषित भएका...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
यस संसारमा भएको हरेक कुरा सर्वशक्तिमान्का विचारहरू र उहाँको प्रत्यक्ष निगरानीमा द्रुत गतिमा परिवर्तन हुन्छ। मानवजातिले कहिल्यै नसुनेका कुराहरू अकस्मात् आइपुग्छन्, जबकि मानवजातिले लामो समयदेखि अधिकार जमाएका कुराहरू थाहै नपाई फुत्कन्छन्। सर्वशक्तिमान्को स्थान विशेषका बारेमा कसैले पनि बुझ्न सक्दैन, सर्वशक्तिमान्को जीवनशक्तिको सर्वश्रेष्ठता र महान्ता जोकोहीले बुझ्ने कुरा त परै जाओस्। उहाँ यो अर्थमा सर्वश्रेष्ठ हुनुहुन्छ कि मानवले बुझ्न नसक्ने कुरा उहाँले बुझ्नुहुन्छ। उहाँ यस अर्थमा महान् हुनुहुन्छ कि मानवजातिद्वारा त्यागिनुभए तापनि उहाँले अझै मानवजातिलाई मुक्ति दिनुहुन्छ। उहाँलाई जीवन र मृत्युको अर्थ थाहा छ, र त्यसका अतिरिक्त, उहाँले सृष्टि गर्नुभएको मानवजातिले पालना गर्नुपर्ने अस्तित्वका नियमहरू उहाँलाई थाहा छ। उहाँ मानव अस्तित्वको आधार हुनुहुन्छ, र उहाँ नै उद्धारक हुनुहुन्छ जसले मानवजातिको फेरि पुनरुत्थान गर्नुहुन्छ। उहाँले खुशी हृदयलाई दुःखित पार्नुहुन्छ, र दुःखित हृदयलाई खुशी दिएर उठाउनुहुन्छ, सबै आफ्नो कार्यको खातिर, र आफ्नो योजनाको खातिर।
सर्वशक्तिमान्ले प्रदान गर्नुभएको जीवनबाट तर्किएर गएको हुनाले, मानवजाति आफ्नो अस्तित्वको उद्देश्यबारे अनभिज्ञ छ, तथापि ऊ मृत्युसँग डराउँछ। तिनीहरू सहयोग वा समर्थनरहित छन्, अझै पनि आफ्ना आँखा चिम्लन अनिच्छुक हुन्छन्, र तिनीहरूले यस संसारमा एक हीन अस्तित्वलाई घिस्स्याउन आफैलाई तयार गर्छन्, आफ्नै आत्माको अनुभूति नभएका ती देहका पोकोहरू। तँ, अरूझैँ, यसैगरी आशाबिना, लक्ष्यबिना बाँच्छस्। केवल प्राचीन कथाका पवित्र एउटै उहाँले मात्र ती मानिसहरूलाई मुक्ति दिनुहुनेछ जो सङ्कटको माझमा शोक गर्दै उहाँको आगमनको व्याकुलताका साथ प्रतीक्षा गर्छन्। अहिलेसम्म, त्यस्तो विश्वास तिनीहरूमा महसुस गरिएको छैन जसमा चेतनाको अभाव छ। तथापि, मानिसहरू अझै पनि यसका लागि आतुर छन्। सर्वशक्तिमान्ले यी मानिसहरूमाथि कृपा गर्नुहुन्छ जो गहिरोगरी कष्टमा छन्; त्यसैगरी, यी मानिसहरूसँग दिक्क हुनुहुन्छ जोसँग चेतनाको अभाव छ, किनकि मानवबाट उत्तर प्राप्त गर्न उहाँले लामो समय पर्खनुपरेको छ। उहाँले खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, तेरो लागि पानी र खाना ल्याउन र तँलाई ब्यूँझाउन चाहनुहुन्छ, ताकि तँ अब उप्रान्त तिर्खाउन र भोकाउन नपरोस्। जब तँ थाक्छस् र जब तैँले यो संसारको निराशाजनक वैराग्यपनका केही कुरा महसुस गर्न थाल्छस्, तब तँ हताश नबन्, नरू। सर्वशक्तिमान् परमेश्वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई स्वीकार्नुहुनेछ। उहाँले तेरो नजिकैबाट रखवाली गर्दै हुनुहुन्छ, तँ फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ। उहाँ तेरो स्मृति अकस्मात् फर्किने दिनको प्रतिक्षा गर्दै हुनुहुन्छ: जुन दिन तैँले तँ परमेश्वरबाट आइस्, तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै एक अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा एक “पिता” प्राप्त गरिस् भन्ने कुरा महसुस गर्छस्; यसका अतिरिक्त, जुन दिन तैँले सर्वशक्तिमान्ले तेरो फिर्तीको लागि धेरै, धेरै लामो समयदेखि त्यहाँ पर्खँदै, सधैँ रखवाली गर्दै आउनुभएको छ भन्ने कुरा महसुस गर्छस्। बिना कुनै उत्तर तेरो प्रत्युत्तरको प्रतीक्षा गर्दै, उहाँले पूरा व्यग्र इच्छाको साथ रखवाली गर्दै आउनुभएको छ। उहाँको रखवाली र प्रतीक्षा अमूल्य छन्, र ती मानव हृदय र मानव आत्माका खातिर हुन्। सायद ती रखवाली र प्रतीक्षा असीमित छन, र सायद ती समाप्तिमा आएका छन्। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्ने कुरा तैँले जान्नुपर्दछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सर्वशक्तिमान्को सुस्केरा
सुरुमा परमेश्वरद्वारा सृष्टि गरिएका आदम र हव्वा पवित्र मानिसहरू थिए, अर्थात् अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र थिए, फोहोरले दूषित भएका...
मानिसको देहको भ्रष्टतालाई न्याय गर्ने कामको लागि देहमा हुनुहुने परमेश्वर जत्तिको अरू कोही पनि उपयुक्त र योग्य छैन। यदि परमेश्वरका आत्माले...
विगतमा, धेरैले ठूला-ठूला अभिलाषाहरू र धारणाहरूको खोजी गरे, तिनीहरूले आफ्नै आशाको परिणामस्वरूप तिनको खोजी गरे। केही क्षणको लागि हामी त्यस...
मानिसको स्वभाव मेरो सारभन्दा धेरै फरक छ, किनकि मानिसको स्वभाव पूर्णतया शैतानबाट उत्पन्न हुन्छ; मानिसको स्वभाव शैतानद्वारा चलाइएको र भ्रष्ट...