परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५४

जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्‍वरबाट मात्रै आउन सक्छ, अर्थात्, परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको सारतत्व छ, र परमेश्‍वर स्वयम्‌सँग मात्रै जीवनको बाटो छ। त्यसैले परमेश्‍वर मात्रै जीवनको स्रोत, र जीवनको जिउँदो पानीको सदा-बगिरहने मूल हुनुहुन्छ। उहाँले संसारको सृष्टि गर्नुभएदेखि नै परमेश्‍वरले जीवनको शक्तिसँग सम्‍बन्धित धेरै काम गर्नुभएको छ, मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र मानिसले जीवन प्राप्त गर्न सकोस् भनेर ठूलो मूल्य चुकाउनुभएको छ। यो यसैले हो किनभने परमेश्‍वर स्वयम् नै अनन्त जीवन हुनुहुन्छ, अनि मानिस पुनरुत्थित हुने बाटो परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। मानिसको हृदयबाट परमेश्‍वर कहिल्यै पनि अलग हुनुहुन्‍न, र उहाँ सँधैभरि मानिसको बीचमा बस्‍नुहुन्छ। उहाँ नै मानिसको जियाइको संचालन शक्ति, मानिसको अस्तित्वको जरा, अनि जन्‍मपछि मानिसको अस्तित्वको लागि सम्‍पन्‍न भण्डार हुनुहुन्छ। मानिसलाई पुनर्जन्‍म गराउने, र उसको हरेक भूमिकामा दृढताको साथ जिउन सक्षम गराउने उहाँ नै हुनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्‍ने जीवन शक्तिकै कारण, मानिस पुस्तौंदेखि जिएको छ, जुन अवधिमा परमेश्‍वरको जीवनको शक्ति नै मानिसको अस्तित्वको मुख्य आधार बनेको छ, र कुनै पनि मानिसले कहिल्यै नतिरेको मूल्य परमेश्‍वरले तिर्नुभएको छ। परमेश्‍वरको जीवन शक्ति अरू कुनै पनि शक्ति माथि प्रबल हुन सक्छ; यसको साथै, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त, उहाँको शक्ति असाधारण छ, र सृष्टि गरिएको कुनै पनि प्राणी वा शत्रुको शक्तिले उहाँको जीवन शक्तिलाई जित्‍न सक्दैन। समय वा स्थानको बावजूद परमेश्‍वरको जीवन शक्ति अस्तित्वमा नै रहन्छ र यसको शानदार चमकलाई चम्काउँछ। स्वर्ग र पृथ्वी धेरै परिवर्तन भएर जान सक्छ, तर परमेश्‍वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुराहरू टलेर जान सक्छ, तर परमेश्‍वरको जीवन अझै उस्तै रहनेछ, किनभने सबै कुराहरूको अस्तित्वको स्रोत अनि तिनीहरूको अस्तित्वको जरा परमेश्‍वर नै हुनुहुन्छ। मानिसको जीवन परमेश्‍वरबाट सुरु हुन्छ, परमेश्‍वरकै कारणले गर्दा स्वर्गको अस्तित्व छ, अनि परमेश्‍वरको जीवनको शक्तिबाट पृथ्वीको अस्तित्व उत्पन्न हुन्छ। कुनै पनि थोकको जीवन-शक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई उछिन्छ सक्दैन, र जोसका साथ कुनै पनि थोक परमेश्‍वरको अख्तियारको प्रभुत्वबाट उम्कन सक्दैन। यसरी, तिनीहरू जोसुकै भए पनि, हरेक नै परमेश्‍वरको प्रभुत्वमा समर्पित हुनुपर्छ, हरेक नै परमेश्‍वरको आज्ञाको अधीनमा जिउनुपर्छ, अनि उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८०

उहाँको पुनरुत्थानपछि उहाँका चेलाहरूलाई येशूका वचनहरू (छनौट गरिएका खण्डहरू) यूहन्‍ना २१:१६-१७ उहाँले तिनलाई फेरि दोस्रोपटक भन्‍नुभयो,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८१

पुनरुत्थानपछि येशूले रोटी खानुहुन्छ र धर्मशास्‍त्रको व्याख्या गर्नुहुन्छ लूका २४:३०-३२ अनि यस्तो भयो, उहाँ तिनीहरूसँग खान बस्‍नुहुँदा,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५६

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले विज्ञान प्रयोग गर्छ शैतानले मानिसको उत्सुकता, विज्ञानको अन्वेषण गर्ने र रहस्यहरू जाँच्‍ने मानिसको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६

परमेश्‍वरको कामको दौरान भाग्ने व्यक्तिहरूप्रति परमेश्‍वरको आचरण यस प्रकारका मानिसहरू जहाँतहीँ हुन्छन्: परमेश्‍वरको मार्गको बारेमा निश्चित...