परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४३
यस क्षणमा, परमेश्वरको काम भनेको प्रत्येकलाई ठीक बाटोमा प्रवेश गर्न लगाउनु, सामान्य आत्मिक जीवन तथा साँचो अनुभवहरू प्राप्त गर्न लगाउनु,...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
एक क्षण पनि नथामिईकन मेरो योजनाबद्ध काम अगाडि बढिरहेको छ। राज्यको युगमा सरेपछि, र मेरा जनहरूका रूपमा तिमीहरूलाई मेरो राज्यमा ल्याएपछि, तिमीहरूलाई मैले गर्ने अरू मागहरू हुनेछन्; भन्नुको अर्थ, म तिमीहरूको सामुन्ने विधान जारी गर्न सुरु गर्नेछु, जसद्वारा म यो युगलाई सञ्चालन गर्नेछु:
तिमीहरूलाई मेरा जनहरू भनिएको हुनाले, मेरो नामलाई महिमायुक्त बनाउन तिमीहरू सक्षम हुनुपर्छ; यसको अर्थ, परीक्षाको घडीमा साक्षीको रूपमा खडा हुन सक्नुपर्छ। यदि कसैले मलाई फुस्ल्याउने र मबाट सत्य लुकाउने प्रयास गर्छ, वा मेरा पछाडि अशोभनीय क्रियाकलापहरूमा संलग्न हुन्छ भने, तिनीहरूलाई मैले निराकरण नगरुञ्जेलसम्म, यस्ता मानिसहरूलाई मेरो घरबाट लखेटिनेछ र निकालिनेछ, यसमा कुनै अपवाद छैन। विगतमा जो मसँग बेइमान र अपुत्रोचित थिए, र मलाई खुला रूपमा जाँच्न जो आज फेरि खडा छन्—तिनीहरू पनि मेरो घरबाट लखेटिइनेछन्। जो मेरा जनहरू हुन् उनीहरूले मेरा बोझहरूको लागि निरन्तर चासो देखाउनु पर्छ साथै मेरा वचनहरू बुझ्न खोज्नुपर्छ। यस प्रकारका मानिसहरूलाई मात्र म अन्तर्दृष्टि दिनेछु, र कहिल्यै सजाय नपाउने गरी उनीहरू निश्चय नै मेरो मार्गदर्शन र अन्तर्दृष्टि अन्तर्गत जिउनेछन्। मेरा बोझहरूको लागि चासो देखाउन असफल हुनेहरू उनीहरूको आफ्नै भविष्यहरूको लागि योजना बनाउन दत्तचित्त हुन्छन्—यसको अर्थ, जो आफ्ना कार्यहरूद्वारा मेरो हृदयलाई सन्तुष्ट पार्ने लक्ष्य राख्दैन, तर सहयोगका हातहरूको खोजी गर्छन्—ती मगन्ते जस्ता प्राणीहरूलाई प्रयोग गर्न म पूर्णरूपमा इन्कार गर्छु किनकि मेरा बोझहरूको लागि चासो देखाउनु भनेको के हो तिनीहरू जन्मिएको समयदेखि तिनीहरूले जानेका छैनन्। तिनीहरू सामान्य समझ नभएका मानिसहरू हुन्; यस्ता मानिसहरू मस्तिष्कको “कुपोषण” बाट ग्रसित छन्, र केही “पोषण” को लागि उनीहरू घर जान आवश्यक छ। यस्ता मानिसहरू मेरो लागि व्यर्थ छन्। मेरा जनहरूका माझमा, खानु, कपडा लगाउनु, र सुत्नु जस्ता कुनै व्यक्तिले एकै क्षणको लागि पनि कहिल्यै नबिर्सिने कुराहरूलाई जस्तै, मलाई चिन्ने कार्य पनि अन्तिमसम्म नै देखिने बाध्यात्मक कर्तव्यको रूपमा सबैबाट माग गरिनेछ, ताकि मलाई चिन्ने काम पनि, आखिरमा, खानपान गर्नु जस्तै परिचित कुरा बन्नेछ—जुन कुरालाई तैँले अभ्यस्त भइसकेको हातले कुनै प्रयत्न विना नै गर्छस्। मैले बोलेका वचनहरूलाई हरेक व्यक्तिले उच्चतम विश्वासका साथ लिनुपर्छ र पूर्णरूपमा आत्मसात् गर्नुपर्छ; झाराटारुवा अर्ध-मापन हुन सक्दैन। मेरा वचनहरूलाई ध्यान नदिनेलाई सीधै मेरो प्रतिरोध गरेको मानिने छ; मेरा वचनहरूलाई नखाने वा तिनलाई बुझ्न नखोज्नेलाई मेरो ध्यान नदिएको मानिने छ, र मेरो घरको ढोकाबाट सीधै बाहिर बढारिने छ। यसो गर्नुको कारण, विगतमा मैले भने जस्तै, म मानिसहरूको ठूलो सङ्ख्या होइन श्रेष्ठता चाहन्छु। सय जना मानिसहरूमध्ये मेरा वचनहरूद्वारा यदि एक जनाले मात्र मलाई चिन्न सक्षम भयो भने त्यसपछि उक्त एक जनालाई अन्तर्दृष्टि दिने र प्रकाश छर्ने काममा ध्यान केन्द्रित गर्न म स्वेच्छाले अरू सबैलाई फालिदिनेछु। यसबाट तैँले देख्न सक्छस् धेरै सङ्ख्याले मात्र मलाई प्रकट गर्न र ममा जिउन सक्छन् भन्ने सत्य होइन। मैले चाहेको गहूँ हो (यद्यपि दानाहरू पोटिला नहुन सक्छन्) र सामा होइन (दानाहरू प्रशंसनीय रूपमा पोटिला भए पनि)। जो खोजीलाई वास्ता गर्दैनन्, तर सुस्त तरिकाले व्यवहार गर्छन् उनीहरूले स्वेच्छाले छोड्नु पर्छ; तिनीहरूलाई हेर्ने मेरो कति पनि चाहना छैन, नत्र तिनीहरूले मेरो नाम बदनाम गराउने कार्यलाई जारी राख्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय ५
यस क्षणमा, परमेश्वरको काम भनेको प्रत्येकलाई ठीक बाटोमा प्रवेश गर्न लगाउनु, सामान्य आत्मिक जीवन तथा साँचो अनुभवहरू प्राप्त गर्न लगाउनु,...
अब, तिमीहरूले परमेश्वरका मानिसहरू बन्ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्वरका मानिसहरू बन्नु...
कस्तो प्रकारको जीवन आत्मिक जीवन हो? आत्मिक जीवन भनेको त्यो जीवन हो जहाँ तेरो हृदय पूर्ण रूपमा परमेश्वरमा फर्केको र परमेश्वरको प्रेमप्रति...
पत्रुसले येशूलाई पछ्याउँदै गरेको समयमा, उनले उहाँको बारेमा धेरै किसिमका विचारहरू गर्ने र सधैं उनको आफ्नै दृष्टिकोणबाट उहाँको बारेमा न्याय...