परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २३४

जसले मेरा वचनहरू पढेका छन् र ती पूरा हुनेछन् भनी विश्‍वास गर्छन्, तिनीहरू आशिषित् हुन्। म तँलाई बिलकुलै दुर्व्यवहार गर्नेछैन; म तैँले विश्‍वास गरेका कुराहरूलाई तँमा पूरा गराइदिनेछु। यो तँमा आउँदै गरेको मेरो आशिष् हो। मेरा वचनहरूले हरेक व्यक्तिमा लुकेका रहस्यहरूलाई प्रहार गर्नेछन्; हरेक व्यक्तिसँग प्राणघातक घाउहरू हुन्छन् र म ती घाउ निको पार्ने कुशल चिकित्सक हुँ: केवल मेरो छेउ आइज। मैले किन भविष्यमा कुनै पनि दुःखकष्ट वा कुनै पनि आँसु हुनेछैन भनी भनेँ त? मैले यही कारणले भनेको हुँ। ममा सबै थोक सिद्ध छन्, तर मानिसहरूमा सबै थोक भ्रष्ट, रित्तो र मानिसहरूप्रति धोकापूर्ण छन्। मेरो उपस्थितिमा, तैँले सबै थोक प्राप्त गर्ने कुरा निश्चित हुन्छ, र अवश्य नै तैँले आफूले कहिल्यै कल्पना पनि गर्न नसकेका आशिष्‌हरू देख्न र उपभोग गर्न सक्नेछस्। मेरो सामु नआउनेहरू निश्चय नै विद्रोही स्वभावका छन्, र तिनीहरू पूर्णतया मेरो प्रतिरोध गर्ने व्यक्तिहरू हुन्। म तिनीहरूलाई हल्‍कासित जान दिनेछैन; म त्यस्ता मानिसहरूलाई गम्भीर रूपमा सजाय दिनेछु। यो कुरा याद राख्! मानिसहरू जति धेरै मेरो सामु आउँछन्, तिनीहरूले त्यति नै धेरै प्राप्त गर्नेछन्—तैपनि त्यो केवल अनुग्रह मात्र हुनेछ। पछि, तिनीहरूले अझै ठूला आशिष्‌हरू पाउनेछन्।

संसारको सृष्टि भएदेखि नै मैले मानिसहरूको यो समूहलाई चुन्ने र तिनीहरूको नियति पूर्वनिर्धारित गर्ने काम सुरु गरेको हुँ—नामै लिँदा, आजका तिमीहरूलाई। तिमीहरूको मनोभाव, क्षमता, रूप, र कद, तिमीहरू कुन परिवारमा जन्म्यौ, तिमीहरूको जागिर, र तिमीहरूको विवाह—आफ्‍नो सम्पूर्णतामा तिमीहरू, तिमीहरूको कपाल र तिमीहरूको छालाको रङ्ग, र तिमीहरूको जन्मको समय लगायत—सबै कुराहरू मेरा हातहरूले बन्दोबस्त गरेका थिए। मैले आफ्नै हातले तैँले हरेक दिन गर्ने कुराहरू र भेट्ने मानिसहरूको समेत बन्दोबस्त गरेँ, र तँलाई आज मेरो छेउमा ल्याइएको तथ्य पनि वास्तवमै मेरो बन्दोबस्तद्वारा गरिएको हो भनी उल्लेख गरिरहनु नपर्ला। आफूलाई अस्तव्यस्ततामा नफाल्; तँ शान्तसँग अघि बढ्नुपर्छ। मैले तँलाई जे उपभोग गर्न दिएको छु त्यो तँले पाउनैपर्ने तेरो हिस्सा हो, र यसलाई मैले संसारको सृष्टि भएदेखि नै पूर्वनिर्धारित गरेको हुँ। मानिसहरू सबै अत्यन्तै चरम अवस्थामा पुगेका छन्: तिनीहरू कि त अत्यन्तै हठी कि त पूर्ण रूपमा लाजहीन छन्। तिनीहरूले मेरा योजना र बन्दोबस्तहरू अनुरूप काम-कुरा गर्न सक्दैनन्। अबउप्रान्त यस्तो नगर्। ममा सबै थोक मुक्त छन्; आफूलाई नबाँध्, किनकि यसबाट तेरो जीवनसम्बन्धी कुराहरूमा हानि हुनेछ। यो कुरा याद राख्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७४

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५९

भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०७

अनुभवबाट देख्न सकिन्छ कि परमेश्‍वरको सामुन्ने आफ्नो हृदय शान्त बनाउनु अति महत्त्वपूर्ण विषयहरूमध्ये एक हो। यो एक विषय हो जसले मानिसहरूको...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८७

तिमीहरूको बफदारिता शब्दमा मात्र छ, तिमीहरूको ज्ञान बौद्धिक र वैचारिक मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २०

व्यवस्थाको युगको अवधिमा, मिश्रबाट मोशालाई पछ्याउने इस्राएलीहरूलाई हस्तान्तरण गर्नको निम्ति भनेर यहोवाले मोशालाई धेरै आज्ञाहरू दिनुभयो। यी...