परमेश्वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९३
परमेश्वरको कामको उद्देश्य, मानिसमा उहाँको कामले हासिल गर्ने प्रतिफल, र मानिसको लागि उहाँको इच्छा खास के हो त्यसलाई बुझ्नु: परमेश्वरलाई...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
सर्वशक्तिमान् परमेश्वर, अनन्त पिता, शान्तिका राजकुमार, हाम्रा परमेश्वर राजा हुनुहुन्छ! सर्वशक्तिमान् परमेश्वरले जैतून डाँडामा आफ्ना पाइला टेक्नुहुन्छ। यो कति सुन्दर छ! सुन्नुहोस्! हामी पहरेदारहरूले हाम्रो आवाज माथि उठाउँछौं; हामी एकै स्वरमा गाउनेछौं किनकि परमेश्वर सियोनमा फर्कनुभएको छ। हामी आफ्नै आँखाले यरूशलेम उजाड भएको देख्छौं। आनन्दको स्वरसहित कराओ र एकै स्वरमा गीत गाओ, किनकि परमेश्वरले हामीलाई सान्त्वना दिनुभएको छ, र यरूशलेमलाई छुटाउनुभएको छ। परमेश्वरले आफ्नो पवित्र बाहुबल सारा जातिहरूको नजरमा प्रकट गर्नुभएको छ, परमेश्वरको वास्तविक व्यक्तित्व देखा परेको छ! पृथ्वीको अन्तसम्म सबै मानिसहरूले हाम्रा परमेश्वरको मुक्ति देखेका छन्।
अहो, सर्वशक्तिमान् परमेश्वर! तपाईंका सारा रहस्यहरू प्रकट गर्न तपाईंको सिंहासनबाट सात आत्मा सबै मण्डलीमा पठाइएको छ। तपाईंको महिमाको सिंहासनमा बसेर तपाईंले आफ्नो राज्यको व्यवस्थापन गर्नुभएको छ र त्यसलाई न्याय र धार्मिकताद्वारा बलियो र स्थिर बनाउनुभएको छ, र तपाईंले आफ्नो अगाडि सबै जातिहरूलाई वशमा पार्नुभएको छ। हे, सर्वशक्तिमान् परमेश्वर! तपाईंले राजाहरूको पेटी फुकाल्नुभएको छ, तपाईंले शहरका ढोकाहरू फेरि कहिल्यै बन्द नहुने गरी तपाईंको अगाडि खोल्नुभएको छ। किनकि तपाईंको ज्योति आएको छ र तपाईंको महिमा उदय हुन्छ र चहकिलो भई चम्कन्छ। पृथ्वीलाई अन्धकारले ढाक्छ र मानिसहरूमाथि घोर अन्धकार छ। हे परमेश्वर! तापनि, तपाईं देखा पर्नुभएको छ र हामीमा तपाईंको ज्योति चम्काउनुभएको छ, र तपाईंको महिमा हामीमाथि देखिनेछ; सबै जातिहरू तपाईंको ज्योतिमा आउनेछन्, राजाहरू तपाईंको चमकमा आउनेछन्। तपाईं आफ्ना नजर उठाउनुहुन्छ र वरिपरि हेर्नुहुन्छ: तपाईंका छोराहरू तपाईंको अगाडि भेला हुन्छन् र तिनीहरू टाढाबाट आउँछन्; तपाईंका छोरीहरूलाई अङ्गालोमा बोकिन्छन्। हे, सर्वशक्तिमान् परमेश्वर! तपाईंको महान् प्रेमले हामीलाई समातेको छ; तपाईंले नै हामीलाई तपाईंको राज्यको बाटोमा अगाडि बढाउनुहुन्छ, र तपाईंका पवित्र वचनहरू हामीमा व्याप्त हुन्छन्।
हे, सर्वशक्तिमान् परमेश्वर! हामी तपाईंलाई धन्यवाद दिन्छौं र हामी तपाईंको प्रशंसा गर्दछौं। हामीलाई तपाईंलाई हेर्न, तपाईंको साक्षी दिन, तपाईंलाई उच्च पार्न, र साँचो हृदयले, शान्त र अविभाजित हृदयले गाउन दिनुहोस्। हामीलाई एउटै मन दिनुहोस् र एक साथ निर्माण गर्नुहोस्, र तपाईंद्वारा प्रयोगमा ल्याइनका लागि हामीलाई चाँडै त्यस्ता व्यक्तिहरू बनाउनुहोस् जसलाई तपाईंको हृदयले रुचाउँछ। पृथ्वीमा तपाईंको इच्छा कुनै बाधाविना पूरा हुन सकोस्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २५
परमेश्वरको कामको उद्देश्य, मानिसमा उहाँको कामले हासिल गर्ने प्रतिफल, र मानिसको लागि उहाँको इच्छा खास के हो त्यसलाई बुझ्नु: परमेश्वरलाई...
विभिन्न विश्वासका मानिसहरूको जीवन र मृत्युको चक्र हामीले भर्खरै पहिलो वर्गका मानिसहरूको अर्थात्, अविश्वासीहरूको जीवन र मृत्युको चक्रको...
मानिसले परमेश्वरमा विश्वास गर्ने हुँदा, उसले परमेश्वरका पाइलाहरूलाई चरण-चरण गरी नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ...
म अद्वितीय परमेश्वर स्वयम् हुँ र यसको अतिरिक्त, म एक र परमेश्वरको एक मात्र व्यक्ति हुँ। त्यो भन्दा पनि, म, शरीरको पूर्णता, परमेश्वरको...