परमेश्वरका दैनिक वचनहरू: परमेश्वरलाई चिन्नु | अंश १८१
परमेश्वरले तय गर्नुभएका यी सीमाहरूको कारण, विभिन्न भूभागहरूले अस्तित्वको निम्ति फरक किसिमका वातावरणहरू सृजना गरेका छन्, र अस्तित्वका लागि...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
राज्यका राजा, सर्वशक्तिमान् परमेश्वरको गवाही दिइएको समयदेखि परमेश्वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको पूर्णतामा प्रकट भएको छ। परमेश्वरको देखा पराइको गवाही चीन देशमा मात्र दिइएको छैन, तर सर्वशक्तिमान् परमेश्वरको नाउँको गवाही सबै देश र सबै स्थानमा दिइएको छ। तिनीहरू सबैले सम्भव भएको कुनै पनि उपायद्वारा परमेश्वरसित सङ्गति गर्न खोज्दै, परमेश्वरको इच्छा बुझ्दै र मण्डलीमा सामूहिक रूपमा उहाँको सेवा गर्दै यो पवित्र नाउँ पुकारिरहेका छन्। यो पवित्र आत्माले काम गर्ने अचम्मको तरिका हो।
विभिन्न देशका भाषाहरू एक-अर्काभन्दा फरक छन्, तर आत्मा एउटै हुनुहुन्छ। यो आत्माले सारा ब्रह्माण्डका मण्डलीहरूलाई एकसाथ जोड्नुहुन्छ र परमेश्वरसित एक हुनुहुन्छ, जसमा अलिकति पनि भिन्नता छैन। यो शङ्का गर्नै नसकिने कुरा हो। अब पवित्र आत्माले तिनीहरूलाई बोलाउनुहुन्छ, र उहाँको आवाजले तिनीहरूलाई ब्युँझाउँछ। यो परमेश्वरको कृपाको आवाज हो। तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्वरको पवित्र नाउँ पुकारिरहेका छन्! तिनीहरूले प्रशंसा चढाउँछन् र गाउँछन् पनि। पवित्र आत्माको काममा कहिल्यै कुनै तलमाथि हुन सक्दैन; यी मानिसहरू सही मार्गमा अगाडि बढ्नका लागि कुनै पनि हदसम्म जान्छन्, तिनीहरू पछाडि फर्कँदैनन्, जुन अचम्ममाथि अचम्म छ। यो मानिसहरूले कल्पना गर्न कठिन र अनुमान गर्न असम्भव कुरा हो।
सर्वशक्तिमान् परमेश्वर ब्रह्माण्डमा जीवनका राजा हुनुहुन्छ! उहाँ महिमित सिंहासनमा विराजमान हुनुहुन्छ र संसारको न्याय गर्नुहुन्छ, सबैमाथि प्रभुत्व गर्नुहुन्छ, र सबै जातिहरूमाथि शासन गर्नुहुन्छ; सबै मानिसहरू उहाँको सामु घुँडा टेकेर उहाँलाई प्रार्थना गर्छन्, उहाँको नजिक हुन्छन् र उहाँसँग कुराकानी गर्छन्। तिमीहरूले परमेश्वरमा विश्वास गरेको जति धेरै समय भए पनि, तिमीहरूको हैसियत जति ठूलो वा तिमीहरूको वरिष्ठता जति महान् भए पनि, यदि तिमीहरू आफ्नो हृदयमा परमेश्वरको विरुद्ध जान्छौ भने, तिमीहरूको न्याय गरिनैपर्छ र तिमीहरू पीडादायी बिन्तीको आवाज निकाल्दै उहाँको अगाडि लम्पसार हुनैपर्छ; तिमीहरूका आफ्नै कार्यहरूको फल कटनी गर्नु भनेको वास्तवमा यही हो। यो विलापको आवाज आगो र गन्धकको कुण्डमा दण्ड पाएको आवाज हो, र यो परमेश्वरको फलामको लौरोद्वारा ताडना दिइएको आवाज हो; यो ख्रीष्टको सिंहासनको सामुन्नेको न्याय हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ८
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
परमेश्वरले तय गर्नुभएका यी सीमाहरूको कारण, विभिन्न भूभागहरूले अस्तित्वको निम्ति फरक किसिमका वातावरणहरू सृजना गरेका छन्, र अस्तित्वका लागि...
परमेश्वरले मानिसलाई सजाय र न्याय गर्नुहुन्छ किनभने यो उहाँको कार्यको लागि आवश्यक छ र यति मात्र होइन, मानिसलाई पनि यसको आवश्यक छ। मानिसलाई...
मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू) तेस्रो महत्वपूर्ण मोड: स्वतन्त्रता व्यक्ति बाल्यकाल, किशोरावस्था पार गरेर, क्रमिक...
विगतमा, धेरैले ठूला-ठूला अभिलाषाहरू र धारणाहरूको खोजी गरे, तिनीहरूले आफ्नै आशाको परिणामस्वरूप तिनको खोजी गरे। केही क्षणको लागि हामी त्यस...