परमेश्वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३११
माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्वरको कार्यलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
फिलाडेल्फियाको मण्डलीले आकार लिएको छ, जुन पूर्ण रूपमा परमेश्वरको अनुग्रह र कृपाले गर्दा भएको हो। असङ्ख्यौं सन्तहरूका हृदयमा परमेश्वरप्रति प्रेम उत्पन्न हुँदछ, जो आफ्नो आत्मिक यात्रामा डगमगाउँदैनन्। तिनीहरू एक मात्र साँचो परमेश्वर देहधारी हुनुभएको छ, उहाँ ब्रह्माण्डका शिर हुनुहुन्छ, जसले सबै थोकलाई आज्ञा दिनुहुन्छ भन्ने आफ्नो विश्वासमा दृढ भई बस्छन्: यो पवित्र आत्माद्वारा गरिएको पुष्टि हो, यो पहाड जस्तै अटल छ! र यो कहिल्यै पनि परिवर्तन हुँदैन!
हे सर्वशक्तिमान् परमेश्वर! आज तपाईं नै हुनुहुन्छ, जसले हाम्रा आत्मिक आँखा खोलिदिनुभएको छ, अन्धालाई देख्ने, लङ्गडोलाई हिँड्ने, कुष्ठरोगीलाई निको पार्नुभएको छ। तपाईं नै हुनुहुन्छ, जसले स्वर्गको ढोका खोल्नुभएको छ, जसले हामीलाई आत्मिक क्षेत्रका रहस्यहरू बुझ्ने अनुमति दिनुभएको छ। तपाईंका पवित्र वचनहरूद्वारा व्याप्त भएर अनि हाम्रो मानवताबाट मुक्त पारेर, जुन शैतानद्वारा भ्रष्ट पारिएको थियो—अनुमान गर्न नसकिने तपाईंको काम र अनुमान गर्न नसकिने तपाईंको कृपा यस्तो छ। हामी तपाईंका साक्षीहरू हौं।
तपाईं लामो समयसम्म लुकेर, नम्रतामा र चुपचाप रहनुभयो। तपाईं मरेकोबाट पुनर्जीवित हुनुभयो, क्रूसमा कष्ट भोग्नुभयो, मानव जीवनको आनन्द र दुःखहरू र सतावट अनि कठिनाइ भोग्नुभयो; तपाईंले मानवीय संसारको पिडा अनुभव गर्नुभएको छ र चाख्नुभएको छ, अनि तपाईंलाई युगले त्यागी दिएको छ। देहधारी परमेश्वर स्वयम् नै परमेश्वर हुनुहुन्छ। परमेश्वरको इच्छाको खातिर तपाईंले हामीलाई गोबरको थुप्रोबाट मुक्त गर्नुभयो, तपाईंको दाहिने हातले माथि तान्नुभयो, र सित्तैँमा तपाईंको अनुग्रह दिनुभयो। कुनै पिडाहरू बाँकी नराखी तपाईंले हामीभित्र आफ्नो जीवन ल्याउनुभयो; तपाईंले आफ्नो रगत, पसिना र आँसुहरूले तिर्नुभएको दाम सन्तहरूमा स्पष्ट पारियो। हामी तपाईंका पीडादायक कोसिसहरूका फल हौं; तपाईंले तिर्नुभएका दाम हामी नै हौं।
हे सर्वशक्तिमान् परमेश्वर! तपाईंको दया र कृपा, तपाईंको धार्मिकता र प्रताप, तपाईंको पवित्रता र नम्रताले गर्दा सबै मानिसहरू तपाईंको अगि निहुरिनेछन् अनि सारा अनन्ततासम्म तपाईंको आराधना गर्नेछन्।
आज तपाईंले सबै मण्डलीहरूलाई पूर्ण बनाउनुभएको छ—फिलाडेल्फियाको मण्डली—अनि त्यसरी तपाईंको ६,००० वर्षको व्यवस्थापन योजना पूरा गर्नुभएको छ। सन्तहरूले आत्मामा जोडिएर अनि प्रेममा रहँदै पछ्याएर, फोहराको मुहानसँग जोडिएर आफैलाई नम्रतापूर्वक तपाईंमा समर्पण गर्न सक्छन्। जीवनको जिउँदो पानी नरोकि बग्छ, मण्डलीमा भएको हिलो र फोहोर पानीलाई पखाल्छ र शुद्ध पार्दछ, यसरी एकचोटि फेरि तपाईंको मन्दिरलाई शुद्ध पार्दछ। हामीले व्यावहारिक सत्य परमेश्वरलाई चिनेका छौं, उहाँको वचनभित्र हिँडेका छौं, हाम्रा आफ्नै कार्यहरू र कर्तव्यहरू चिनेका छौं, अनि मण्डलीको खातिर आफैलाई खर्चन जे गर्न सक्छौं ती सबै गरेका छौं। तपाईंको सामु सधैँ चुपचाप रहेर हामीले पवित्र आत्माको काममा ध्यान दिनुपर्छ, नत्र हामीमा तपाईंको इच्छालाई बाधा हुन्छ। सन्तहरूको माझमा परस्पर प्रेम हुन्छ, अनि कसै-कसैका बलले अरूको असफलताहरूलाई पूर्ति गर्दछ। तिनीहरू पवित्र आत्माद्वारा ज्ञान र ज्योति पाएर हरसमय आत्मामा हिँड्न सक्षम हुन्छन्। तिनीहरूले सत्यता बुझेको लगत्तै त्यसलाई व्यवहारमा अपनाउँछन्। तिनीहरू नयाँ ज्योतिसँग कदम मिलाएर अनि परमेश्वरका पाइलाहरूलाई पछ्याएर हिँड्छन्।
सक्रिय भएर परमेश्वरसँग सहकार्य गर्; उहाँलाई अधीन गर्न दिनुको अर्थ उहाँको साथमा हिँड्नु हो। हाम्रा सबै धारणाहरू, विचारहरू, मन्तव्यहरू र सांसारिक अल्झोहरू धुवाँजस्तो पातलो बतासमा हराउँछ। हामी परमेश्वरलाई हाम्रा आत्माहरूमा सर्वोच्च शासन गर्न दिन्छौं, उहाँको साथमा हिँड्छौं र यसरी ज्ञानभन्दा परको अनुभव प्राप्त गर्छौं, संसारमाथि विजय पाउँछौं र हाम्रा आत्माहरू स्वतन्त्र भएर उड्छन् र तिनले छुटकारा प्राप्त गर्दछ: यो सर्वशक्तिमान् परमेश्वर राजा बन्नुहुँदा आउने परिणाम हो। हामी ननाची र प्रशंसाको गीत नगाई, हाम्रा प्रशंसाहरू र नयाँ स्तुतिगानहरूका भेटीहरू नचढाई कसरी रहन सक्छौं?
साँच्चै परमेश्वरको प्रशंसा गर्ने तरिकाहरू धेरै छन्: उहाँको नाउँ पुकार्नु, उहाँको नजिक जानु, उहाँको बारेमा सोचविचार गर्नु, प्रार्थना गर्दै पढ्नु, सङ्गतिमा सामेल हुनु, चिन्तन र मनन गर्नु, प्रार्थना गर्नु र प्रशंसाका गीतहरू गाउनु। यस किसिमको प्रशंसामा आनन्द हुन्छ, र त्यसमा अभिषेक हुन्छ; प्रशंसामा शक्ति हुन्छ, र बोझ पनि हुन्छ। प्रशंसामा विश्वास हुन्छ, र नयाँ अन्तर्दृष्टि हुन्छ।
सक्रिय भएर परमेश्वरसँग सहकार्य गर्, सेवामा समन्वय गर् र एउटै बन्, सर्वशक्तिमान् परमेश्वरका अभिप्रायहरू पूरा गर्, पवित्र आत्मिक शरीर बन्न हतार गर्, र शैतानलाई कुल्चिमिल्ची गर्, र शैतानको भाग्यको अन्त्य गरिदेओ। फिलाडेल्फियाको मण्डली परमेश्वरको उपस्थितिमा उठाइलगिएको छ र उहाँको महिमामा प्रकट गरिएको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २
माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्वरको कार्यलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक...
संसारमा, भूकम्पहरू जानु विपत्तिको सुरुवात हो। सुरुमा म संसार अर्थात् पृथ्वीलाई परिवर्तन गर्छु, त्यसपछि केही महामारी र अनिकाल ल्याउँछु।...
परमेश्वरको कार्यको हरेक चरण सारा मानवजातिको खातिर कार्यान्वयन गरिन्छ र यो सारा मानवजातिप्रति लक्षित हुन्छ। यो देहमा गरिने उहाँको काम भए...
परमेश्वरले मानवजातिको जीवनको निम्ति सृष्टि गर्नुहुने आधारभूत वातावरण (छनौट गरिएका खण्डहरू) हामीले “सबै थोकका लागि जीवनको स्रोत परमेश्वर...