Nepali Christian Movie | भक्तिको रहस्य | How Will Jesus Christ Come Back?

14 मार्च 2024

लिन बोएन चीनको एउटा घर-मण्डलीका एल्‍डर थिए। विश्‍वासीको रूपमा उनले बिताएका सारा वर्षहरूमा, प्रभुको लागि कष्ट भोग्‍न पाउँदा उनले सौभाग्य पाएको अनुभूति गर्थे र संसारको कुनै पनि कुराभन्दा प्रभु येशू ख्रीष्टको ज्ञान र उहाँलाई प्राप्त गर्नुलाई नै महत्त्वपूर्ण ठान्थे। संयोगवश एक दिन, उनी प्रचार गर्न गए र अचम्‍मको खबर सुने: प्रभु येशू देहमा फर्किसक्‍नुभएको छ, र उहाँ आखिरी दिनहरूका ख्रीष्‍ट—सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ! लिन बोएन छक्‍क परे। जब प्रभु आउनुहुन्छ, उहाँ बादलको सवारीमा आउनुपर्ने हो, तर किन उहाँले स्वयम्‌ देहधारी भई गुप्त रूपमा काम गर्नुहुन्थ्यो? परमेश्‍वरको देहधारणको पछाडि के-कस्ता रहस्यहरू लुकेका थिए? यदि प्रभु फर्केर आइसक्‍नुभएको छ भने, किन हामीलाई उठाई लगिएको छैन? … लिन बोएन र उनका सहकर्मीहरू अनि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका सहकर्मी र प्रचारकहरूका बीचमा तीव्र वाद-विवाद हुन्छ … के सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू, देहमा देखा पर्नुभएका परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा तिनीहरूले बुझ्‍न सक्‍नेछन् त?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्