Christian Song | बाइबललाई ठीकसित व्यवहार गर्

6 अगस्ट 2021

बाइबल हजारौं वर्षदेखि मानव इतिहासको एउटा हिस्साको रूपमा रही आएको छ।

यसबाहेक, मानिसहरूले यसलाई परमेश्‍वर जस्तो व्यवहार गर्छन्,

यहाँसम्म कि आखिरी दिनहरूमा यसले परमेश्‍वरको स्थान लिएको छ,

जसले परमेश्‍वरमा घृणा उत्पन्न गर्दछ।

यसैले, समयले साथ दिँदा परमेश्‍वरले बाइबलको भित्री कथा र उत्पत्तिबारे

स्पष्ट पार्न आफू बाध्य भएको महसुस गर्नुभयो;

यदि उहाँले त्यसो नगर्नुभएको भए, बाइबलले मानिसहरूका हृदयमा परमेश्‍वरको स्थान ओगटी नै रहने थियो

र परमेश्‍वरका कामहरू नाप्न र निन्दा गर्नको लागि मानिसहरूले बाइबलका वचनहरू प्रयोग गर्नेथिए।

परमेश्‍वरले यहाँ मानिसहरूलाई बताउन चाहनुभएको सत्यता के हो भने,

कुनै पनि सिद्धान्त वा तथ्यले परमेश्‍वरको आजका काम र वचनको स्थानलाई लिन सक्दैन

र परमेश्‍वरको स्थानमा कुनै पनि थोक खडा हुन सक्दैन।

यदि मानिसहरू बाइबलको पासोबाट उम्कन सक्दैनन् भने,

तिनीहरू कहिल्यै पनि परमेश्‍वरको सामु आउन सक्नेछैनन्।

यदि तिनीहरू परमेश्‍वरको सामु आउन चाहन्छन् भने,

तिनीहरूले पहिले आफ्नो हृदयमा उहाँको स्थान लिने कुनै पनि थोकलाई हटाउनुपर्छ;

तब तिनीहरू परमेश्‍वरका निम्ति सन्तोषजनक हुनेछन्।

परमेश्‍वरले यहाँ बाइबलको बारेमा व्याख्या गर्नुभएको भए पनि,

बाइबल बाहेक मानिसहरूले पुज्ने धेरै वटा गलत कुराहरू छन् भन्‍ने नबिर्सनुहोस्;

तिनीहरूले आराधना नगर्ने भनेका साँचो रूपमा परमेश्‍वरबाट आएका कुराहरू मात्र हुन्।

परमेश्‍वरले यहाँ मानिसहरूलाई बताउन चाहनुभएको सत्यता के हो भने,

कुनै पनि सिद्धान्त वा तथ्यले परमेश्‍वरको आजका काम र वचनको स्थानलाई लिन सक्दैन

र परमेश्‍वरको स्थानमा कुनै पनि थोक खडा हुन सक्दैन।

परमेश्‍वरले मानिसहरूलाई तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा

र उहाँका वचनहरू स्वीकार गर्दा गलत बाटो नलिऊन्

र फेरि अतिवादी कुरातिर लागेर भ्रमको शिकार नहोऊन् भनी स्मरण गराउन मात्र

बाइबललाई उदाहरणको रूपमा प्रयोग गर्नुहुन्छ।

परमेश्‍वरले यहाँ मानिसहरूलाई बताउन चाहनुभएको सत्यता के हो भने,

कुनै पनि सिद्धान्त वा तथ्यले परमेश्‍वरको आजका काम र वचनको स्थानलाई लिन सक्दैन

र परमेश्‍वरको स्थानमा कुनै पनि थोक खडा हुन सक्दैन,

र परमेश्‍वरको स्थानमा कुनै पनि थोक खडा हुन सक्दैन।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्