
Christian Dance | तपाईँ सधैँ मेरो हृदयमा रहनुहोस् | Praise Song
10 फेब्रुअरी 2025
तपाईँ वसन्त र शरदमा मेरो छेउमै रहनुहुन्छ,
हिउँद र गृष्ममा मसँगै हिँड्नुहुन्छ।
तपाईँको एक्लो मुहार देख्दा, मेरो हृदय उदासीले भरिन्छ।
मैले तपाईँको एक्लोपनलाई कहिल्यै ख्याल गरेको छैनँ,
न त तपाईँको चोटलाई सान्त्वना नै दिएको छु।
हठी भई पश्चात्ताप नगर्दा, म तपाईँका हार्दिक अर्तीहरू
बारम्बार सामना गर्छु।
मलाई सधैँ तपाईँलाई चोट पुऱ्याउँछु र निराश तुल्याउँछु,
र तपाईँको ताडनापछि मात्र म अलिक सचेतना प्राप्त गर्छु।
म तपाईँको छेउमै बस्छु, तैपनि तपाईँको बोझ वहन गर्न सक्दिनँ;
बुझाइ नभएको व्यक्तिले कसरी तपाईँको कष्टबारे केही बुझ्न सक्छ?
मेरा आफ्नै चाहनाका लागि, देहका लागि, मैले सत्यता, नैतिकता र इन्साफ बिर्सेँ।
शोकले ओतप्रोत हुँदा, मैले तपाईँको हृदय तोडेको छु।
तपाईँ शोकाकुल हुनुहुन्छ, तैपनि कसैले त्यो बुझ्दैन।
भ्रष्टतामाझ पीडामा रोइलो गर्दै, म लोभी भई तपाईँबाट मागहरू गर्छु।
तपाईँका केही चिन्ताहरू बाँड्ने विवेक र समझ कोसँग छ?
तपाईँको बहुमूल्य प्रेम र सच्चा भावनाका साथ, तपाईँको हृदय सबैभन्दा दयालु छ।
तपाईँ भन्दा सुन्दर को हुन सक्छ, तपाईँभन्दा सम्मानयोग्य को हुन सक्छ?
म सधैँ तपाईँको सङ्गतमा हुनेछु, र कहिल्यै तपाईँको साथ छोड्नेछैनँ।
तपाईँको मुहारमा उल्लास देखा परोस्, र तपाईँ सधैँ मेरो हृदयमा रहनुहोस्।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू