Christian Dance | हाम्रो अनुभवमा, मैले परमेश्‍वरको वचनको बहुमूल्यता देखेको छु | Praise Song

26 अक्टोबर 2024

मानिसको पुत्रले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसमाझ आउनुभएको छ।

परमेश्‍वरका भेडाहरूले उहाँको स्वर सुन्छन् र उहाँसामु फर्कन्छन्।

हामी परमेश्‍वरको वचन खान्छौँ, पिउँछौँ र तिनमा रमाउँछौँ अनि थुमाको भोजमा सहभागी हुन्छौँ।

मैले साँचो परमेश्‍वरको मुहार देख्नेछु भनेर सपनामा पनि कल्पना गरेको थिइनँ।

हर दिन, हामी परमेश्‍वरको वचन खान्छौँ र पिउँछौँ,

त्यसैले हामी सत्यता बुझ्छौँ र सुझबुझ पाउँछौँ।

सङ्कष्टहरू र सतावटहरूमार्फत,

हामीले ठूलो रातो अजिङ्गरको अनुहार स्पष्ट रूपमा देखेका छौँ।

हामी परमेश्‍वरलाई पछ्याउन सबथोक पन्छाउँछौँ,

र हामी परमेश्‍वरको वचनद्वारा मार्गनिर्देशित हुन्छौँ।

हरदिन, हामी परमेश्‍वरको आमने-सामने आउँछौँ,

र हाम्रा हृदय महभन्दा मिठो हर्षले भरिन्छन्।

धार्मिकताका लागि भोकाउने र तिर्खाउनेहरूका आत्मा सन्तुष्ट हुन्छन्।

सबथोकमा सत्यता अभ्यास गर्नेहरूको जीवन निरन्तर बढ्छ।

हामी आफ्नो कर्तव्य बफादारीका साथ पूरा गर्छौँ र परमेश्‍वरको अनुमोदन पाउँछौँ।

हामी सम्पूर्ण अनन्तका लागि परमेश्‍वरलाई प्रेम गर्नेछौँ र परमेश्‍वरको गवाही दिनेछौँ।

परमेश्‍वरको न्याय अनुभव गर्दा, हामी पखालिन्छौँ र हामीले परमेश्‍वरको प्रेमको स्वाद लिन्छौँ।

मेरो हृदय छेड्ने परमेश्‍वरका कठोर वचनहरू

सबै मलाई मुक्ति दिने उद्देश्यकै लागि हुन्।

ती अनुभव गरेपछि मात्र मैले परमेश्‍वरका विचारशील अभिप्रायहरू बुझ्छु।

परमेश्‍वरलाई पछ्याउन सक्नु परमेश्‍वरको आशिष् हो।

हामी हर-प्रकारका सङ्कष्ट र पीडा भोग्छौँ, र यो परमेश्‍वरद्वारा नै निर्धारित हो।

हामी परमेश्‍वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने जान्दछौँ,

र हामीले आस्था र बल पाउँछौँ।

हामी शैतानका युक्तिहरू स्पष्ट रूपमा बुझ्छौँ, र हामी उप्रान्त डरपोक वा भयभीत छैनौँ।

परमेश्‍वरलाई उहाँको चाहना अनुसार हामीलाई योजनाबद्ध गर्न दिन हामी खुसी छौँ

र हामी उहाँप्रतिको आफ्नो गवाहीमा दृढ रहन्छौँ।

मैले परमेश्‍वरको अत्यन्तै धेरै प्रेमको आनन्द उठाएको छु,

र मैले यो नचुकाएमा, म मानव कहलिन अयोग्य छु।

म मृत्युसम्मै बफादार रहनेछु, परमेश्‍वरलाई प्रेम गर्नेछु र अन्त्यसम्म परमेश्‍वरलाई पछ्याउनेछु।

म सम्पूर्ण अनन्तका लागि परमेश्‍वरलाई प्रेम गर्नेछु र परमेश्‍वरको गवाही दिनेछु।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्