Christian Dance | साँचो परमेश्‍वरको पछ्याइ | Praise Song

31 अगस्ट 2024

म साँचो परमेश्‍वरलाई पछ्याउँछु र उहाँका वचनहरूले मलाई मार्गदर्शन गर्छन्।

परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरू झन्-झन् प्रशस्त हुन्छन्;

उहाँका वचनहरू खाँदा, पिउँदा र तिनको आनन्द उठाउँदा, मेरो हृदय उज्यालो हुन्छ।

म सर्वशक्तिमान् परमेश्‍वरलाई उहाँको छनौट र मुक्तिका लागि धन्यवाद दिन्छु!

म साँचो परमेश्‍वरलाई पछ्याउँछु र उहाँका वचनहरूले मलाई मार्गदर्शन गर्छन्।

पवित्र आत्माको काम पाइला दर पाइला छिटो छिटो अघि बढ्छ,

परमेश्‍वरले हामीलाई तालिम दिन परिस्थितिहरू बन्दोबस्त गर्नुहुन्छ।

परमेश्‍वरसामु आफूलाई शान्त पार्दा र सत्यता खोजी गर्दा हामीलाई लाभहरू प्राप्त हुन्छन्।

हामी परमेश्‍वरलाई पछ्याउँछौँ र हाम्रो मार्ग झन् उज्यालो हुन्छ।

व्यक्तिले हलोमा हात लगाएर पछिल्तिर हेरेमा कसरी मुक्ति प्राप्त गर्न सक्छ?

हामी सत्यता प्राप्त गर्न परमेश्‍वरलाई पछ्याउँछौँ,

उहाँको घोषणा गर्नु र गवाही दिनु हाम्रो अपरिहार्य कर्तव्य हो।

हामी परमेश्‍वरलाई पछ्याउँछौँ र हाम्रो मार्ग झन् उज्यालो हुन्छ।

व्यक्तिले हलोमा हात लगाएर पछिल्तिर हेरेमा कसरी मुक्ति प्राप्त गर्न सक्छ?

हामी सत्यता प्राप्त गर्न परमेश्‍वरलाई पछ्याउँछौँ,

उहाँको घोषणा गर्नु र गवाही दिनु हाम्रो अपरिहार्य कर्तव्य हो।

म साँचो परमेश्‍वरलाई पछ्याउँछु र उहाँका वचनहरूले मलाई मार्गदर्शन गर्छन्।

अहिलेको समय परमेश्‍वरले हाम्रो परीक्षा लिनुहुने समय हो,

शैतानका शक्तिहरू अझै पनि मृत्युको चपेटामा छट्पटाइरहेका छन्।

हामी परमेश्‍वरमा भर पर्छौँ र कहिल्यै डराउने वा पछि हट्ने छैनौँ।

म साँचो परमेश्‍वरलाई पछ्याउँछु र उहाँका वचनहरूले मलाई मार्गदर्शन गर्छन्।

परमेश्‍वरको काम त्यसको अन्तिम क्षणमा पुगिसकेको छ,

कर्तव्यहरू पूरा गरिनुपर्छ र परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गरिनुपर्छ।

हामीले परमेश्‍वरको गवाही दिनका लागि आफ्नो पूरै अस्तित्व उहाँमा अर्पण गर्नुपर्छ

र आफूलाई समर्पित गर्नुपर्छ।

हामी परमेश्‍वरलाई पछ्याउँछौँ र हाम्रो मार्ग झन् उज्यालो हुन्छ।

सत्यता बुझ्दा त्यसले साँचो आस्था ल्याउँछ।

हामी परमेश्‍वरसामु जिउँछौँ र सदा उहाँको प्रशंसा गर्छौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्