Christian Dance | सारा मानवता, परमेश्‍वरको आराधना गर्न आऊ | Praise Song

2 सेप्टेम्बर 2024

बिजुली पूर्वबाट चम्किन्छ, सीधै पश्चिममाथि चम्किन्छ;

आखिरी दिनहरूको ख्रीष्ट चीनमा देखा पर्नुहुन्छ।

सर्वशक्तिमान् परमेश्‍वरले मानवतालाई मुक्ति दिनका लागि सत्यता व्यक्त गर्नुहुन्छ;

सत्यताको तृष्णा गर्नेहरू ज्योतिमा आउँछन्।

परमेश्‍वरका मानिसहरू उहाँको सिंहासनसामु फर्किन्छन्

र सर्व-महिमित सर्वशक्तिमान् परमेश्‍वरको आराधना गर्छन्,

उहाँको व्यक्तिगत आवाज सुन्छन्,

उहाँको सुन्दर, महिमित मुहार हेर्छन् र उहाँका कार्य अवलोकन गर्छन्।

धारिलो तरवार जस्तै, परमेश्‍वरका वचनहरूले मानिसहरूलाई न्याय र शुद्धिकरण गर्छन्,

र तिनीहरू सबै परमेश्‍वरसामु लज्जित भई लम्पसार पर्छन्।

परमेश्‍वरका सबै मानिसहरू, सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद दिऔँ,

किनकी उहाँले हामीलाई सत्यता अनि मुक्तिको मार्ग प्रदान गर्नुहुन्छ।

सर्वशक्तिमान् परमेश्‍वरको काम निकै अद्भुत र बुद्धिमान् छ;

उहाँले परमेश्‍वरका मानिसहरूलाई सिद्ध पार्न शैतानलाई सेवामा प्रयोग गर्नुहुन्छ।

उहाँले मानिसहरूको शैतानी स्वभावलाई न्याय र खुलासा गर्नुहुन्छ,

र उहाँलाई निष्कपट प्रेम गर्ने सबैलाई सिद्ध पार्नुहुन्छ।

हामी परमेश्‍वरका वचनहरूमा अख्तियार र शक्ति छन्,

र तिनले मानिसहरूको एउटा समूहलाई विजय गरेका छन् र तिनीहरूलाई विजेता बनाएका छन् भन्ने देख्छौँ।

परमेश्‍वरले शैतानका शक्तिहरूलाई नष्ट गर्न विपत्तिहरू बर्साउनुभएको छ,

र ख्रीष्टको राज्य पृथ्वीमा साकार भएको छ।

सर्वशक्तिमान् परमेश्‍वरको धर्मी स्वभाव पूर्ण रूपमा प्रकट भएको छ;

हामी परमेश्‍वरको पूरा भएको महान् कामको प्रशंसा गर्छौँ।

सारा मानवता, पश्चात्ताप गर्न र पाप स्वीकार गर्न परमेश्‍वरसामु आऊ।

सारा मानवता, सर्वशक्तिमान् परमेश्‍वरको आराधना गर्न आऊ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्