Christian Dance | सर्वशक्तिमान् परमेश्‍वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ | Praise Song

6 अक्टोबर 2024

सर्वशक्तिमान् परमेश्‍वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ, र यो मैले अनुभव गरेको छु।

परमेश्‍वर हरदिन बोल्नुहुन्छ र व्यक्तिगत रूपमा मानिसहरूलाई मलजल र गोठालो गर्नुहुन्छ।

परमेश्‍वरको वचन खाँदा, पिउँदा र त्यसको आनन्द उठाउँदा

मेरो मन सङ्लो र मेरो आँखा चम्किलो हुन्छ।

सत्यता बुझ्दा, म आत्मामा स्वतन्त्र हुन्छु र परमेश्‍वरसामु जिउँछु।

परमेश्‍वरले मलाई प्रेम गर्नुहुन्छ, र परमेश्‍वरको प्रेमले नै मलाई पक्रेको छ।

म परमेश्‍वरलाई पछ्याउन सबथोक पन्छाउँछु,

म आफूलाई परमेश्‍वरमा समर्पित गर्न आफ्नो कर्तव्य वफादारीपूर्वक पूरा गर्छु;

म जीवनको उज्यालो मार्गमा परमेश्‍वरलाई पछ्याउँछु।

सर्वशक्तिमान् परमेश्‍वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ, र यो मैले अनुभव गरेको छु।

परमेश्‍वरको वचनले मानिसहरूका भ्रष्ट स्वभावलाई खुलासा र न्याय गर्छ।

आफैलाई साँच्चै चिन्दा, मेरो स्वभाव परिवर्तन हुन्छ।

म मानव रूपमा जिउँछु, परमेश्‍वरको अनुमोदन पाउँछु, र मेरो हृदय रमाउँछ।

म परमेश्‍वरलाई प्रेम गर्छु, र परमेश्‍वरको वचनले नै मलाई परिवर्तन गरेको छ।

म आफ्नो साँचो हृदय परमेश्‍वरलाई अर्पण गर्छु,

र उहाँले चाहे जे प्रबन्ध वा योजनाबद्ध गर्नुभए पनि,

मसँग परमेश्‍वरका प्रबन्धहरूमा समर्पित हुने बाहेक अर्को कुनै छनोट नै छैन।

सर्वशक्तिमान् परमेश्‍वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ, र यो मैले अनुभव गरेको छु।

परमेश्‍वरले सतावट र सङ्कष्टमा मलाई सुरक्षा दिनुहुन्छ।

परमेश्‍वरको वचनले मलाई अन्तर्दृष्टि दिन्छ र मार्गदर्शन गर्छ अनि आस्था दिन्छ।

म परमेश्‍वरका अभिप्रायहरू बुझ्छु र उहाँको जोरदार गवाही दिन्छु।

म परमेश्‍वरलाई पछ्याउँछु र उहाँको गवाही दिन्छु; म हिँड्न चाहने मार्ग यही हो।

मेरो मार्गमा चाहे जे बाधा आए पनि,

परमेश्‍वरको प्रेमले मलाई प्रयत्न गर्न प्रोत्साहित गर्छ।

म परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरको गवाही दिन मृत्युसम्मै परमेश्‍वरप्रति वफादार रहनेछु।

सर्वशक्तिमान् परमेश्‍वरले मलाई साँच्चै प्रेम गर्नुहुन्छ, र यो मैले अनुभव गरेको छु।

म परमेश्‍वरको आज्ञालाई मनमा स्थिर रूपमा राख्छु र उप्रान्त ढिलाइ गर्न सक्दिनँ।

सुसमाचार फैलाउनु र परमेश्‍वरको गवाही दिनु सबैभन्दा जरुरी छ;

मैले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन उहाँसँग सक्रिय रूपमा सहकार्य गर्नैपर्छ।

मैले परमेश्‍वरको ख्याल राख्नुपर्छ,

परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ र परमेश्‍वरको प्रेम चुक्ता गर्नैपर्छ।

मैले आफूलाई परमेश्‍वरमा समर्पित गर्न आफ्नो पूरै अस्तित्व अर्पण गर्नुपर्छ,

र परमेश्‍वरको आज्ञा पूरा गर्न आफूले सक्दो गर्नुपर्छ,

ताकि परमेश्‍वरलाई सकेसम्म चाँडो महिमित तुल्याउन सकियोस्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्