Christian Music Video | सर्वशक्तिमान परमेश्‍वरको नाम संसारका सबै राष्ट्रहरूमा देखिएको छ

15 अगस्ट 2021

राज्यका राजा, सर्वशक्तिमान् परमेश्‍वर देखिनुभएको समयदेखि,

परमेश्‍वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको पूर्णतामा प्रकट भएको छ।

परमेश्‍वरको देखा पराई चीन देशमा मात्र होइन, सबै देशहरूमा देखिएको छ।

यो पवित्र नाउँ पुकारिरहेका छन्,

तिनीहरू सबैले सम्‍भव भएको कुनै पनि उपायद्वारा परमेश्‍वरसित सङ्गति गर्न खोज्दै,

परमेश्‍वरको इच्छा बुझ्दै र मण्डलीमा सामूहिक रूपमा उहाँको सेवा गर्दै।

यो पवित्र आत्माले काम गर्ने अचम्मको तरिका हो।

सर्वशक्तिमान् परमेश्‍वर, राज्यका राजा, उहाँ देखिनुभएको छ।

साँच्चिकै, सर्वशक्तिमान् परमेश्‍वरको नाउँ सबै देश र सबै स्थानहरूमा देखिएको छ।

विभिन्न देशका भाषाहरू एक-अर्काभन्दा फरक छन्,

तर आत्मा एउटै हुनुहुन्छ। यो आत्माले सारा ब्रह्माण्डका मण्डलीहरूलाई एकसाथ जोड्नुहुन्छ

र परमेश्‍वरसित एक हुनुहुन्छ, जसमा अलिकति पनि भिन्नता छैन। यो शङ्का गर्नै नसकिने कुरा हो।

अब पवित्र आत्माले तिनीहरूलाई बोलाउनुहुन्छ, र उहाँको आवाजले तिनीहरूलाई बिउँझाउँछ।

यो परमेश्‍वरको कृपाको आवाज हो।

तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्‍वरको पवित्र नाउँ पुकारिरहेका छन्!

तिनीहरूले प्रशंसा चढाउँछन् र गाउँछन् पनि।

पवित्र आत्माको काममा कहिल्यै कुनै तलमाथि हुन सक्दैन;

यी मानिसहरू सही मार्गमा अगाडि बढ्नका लागि कुनै पनि हदसम्म जान्छन्,

तिनीहरू पछाडि फर्कँदैनन्, जुन अचम्ममाथि अचम्म छ।

यो मानिसहरूले कल्पना गर्न कठिन र अनुमान गर्न असम्भव कुरा हो।

सर्वशक्तिमान् परमेश्‍वर, राज्यका राजा, उहाँ देखिनुभएको छ।

साँच्चिकै, सर्वशक्तिमान् परमेश्‍वरको नाउँ सबै देश र सबै स्थानहरूमा देखिएको छ।

सर्वशक्तिमान् परमेश्‍वर ब्रह्माण्डमा जीवनका राजा हुनुहुन्छ!

उहाँ महिमित सिंहासनमा विराजमान हुनुहुन्छ र संसारको न्याय गर्नुहुन्छ,

सबैमाथि प्रभुत्व गर्नुहुन्छ, र सबै जातिहरूमाथि शासन गर्नुहुन्छ;

सबै मानिसहरू उहाँको सामु घुँडा टेकेर उहाँलाई प्रार्थना गर्छन्,

उहाँको नजिक हुन्छन् र उहाँसँग कुराकानी गर्छन्।

तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि,

तिमीहरूको कद जति उच्च वा तिमीहरूको वरिष्ठता जति महान् भए पनि,

यदि तिमीहरू आफ्नो हृदयमा परमेश्‍वरको विरुद्ध जान्छौ भने, तिमीहरूको न्याय गरिनैपर्छ।

र तिमीहरू पीडादायी बिन्तीको आवाज निकाल्दै उहाँको अगाडि लम्पसार हुनैपर्छ;

तिमीहरूका आफ्नै कार्यहरूको फल कटनी गर्नु भनेको वास्तवमा यही हो।

यो विलाप आगो र गन्धकको कुण्डको यातनाको आवाज हो,

र यो परमेश्‍वरको फलामको लौरोद्वारा ताडना दिइएको आवाज हो;

यो ख्रीष्टको सिंहासनको सामुन्नेको न्याय हो।

सर्वशक्तिमान् परमेश्‍वर, राज्यका राजा, उहाँ देखिनुभएको छ।

साँच्चिकै, सर्वशक्तिमान् परमेश्‍वरको नाउँ सबै देश र सबै स्थानहरूमा देखिएको छ।

साँच्चिकै, सर्वशक्तिमान् परमेश्‍वरको नाउँ सबै देश र सबै स्थानहरूमा देखिएको छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्