सत्यता कसरी पछ्याउने र प्राप्त गर्ने (१)
माथिका ब्रदरबाटको सङ्गति—जनवरी २१, २०२५ (भाग दुई)
आज, हामी “परमेश्वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ” नामक भजनबारे सङ्गति गरौँ। धेरैजसो मानिसहरूले सायद यो भजन गाउन सक्छन्, तर सत्यता किन पछ्याउनैपर्छ, र सत्यता पछ्याएर मात्र किन बाँच्न सकिन्छ भन्नेबारे मानिसहरू स्पष्ट नहुन सक्छन्। त्यसैले, हामी किन सत्यता पछ्याउनैपर्छ भन्नेबारे सङ्गति गरौँ। कम्तीमा पनि, हामीले मानवजातिको भ्रष्टता साँच्चै गहिरो छ, हामीभित्र शैतानको प्रकृति छ, र हामी भ्रष्ट स्वभावहरूले भरिएका छौँ भन्ने कुरा जान्नैपर्छ। के यस्तो भ्रष्ट मानवजातिले परमेश्वरको प्रतिरोध गर्दैन र? (गर्छ।) यो कुरा मान्नैपर्छ। धार्मिक संसारका मानिसहरूले धेरै वर्षसम्म प्रभुमा विश्वास गरेपछि र केही मामिलामा केही हदसम्म राम्रो व्यवहार गरेपछि, तिनीहरू स्वर्गको राज्यमा उठाइ लगिन योग्य छन् भनी किन सोच्छन्? यहाँ समस्या के हो त? (तिनीहरूलाई आफ्ना भ्रष्ट स्वभावहरूको ज्ञान छैन, र तिनीहरू अझै पनि आफूलाई असल मानिस, र प्रभुद्वारा स्वर्गको राज्यमा उठाइ लगिन योग्य ठान्छन्।) त्यो सही हो। तिनीहरूले आफ्नो भ्रष्ट स्वभावहरूलाई नचिन्ने हुनाले यस्तो हुन्छ। आफ्नो भ्रष्ट स्वभावहरूलाई नचिन्नुका परिणामहरू के हुन्? व्यक्तिले स्पष्ट रूपमा परमेश्वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्दा पनि उसमा कुनै सचेतना हुँदैन; उसले स्पष्ट रूपमा दुष्टता गर्दा, परमेश्वरलाई चिढ्याउँदा, परमेश्वरलाई दोषी ठहराउँदा, र परमेश्वरलाई क्रूसमा टाँग्दा समेत आफ्ना कार्यहरूलाई पापका रूपमा स्वीकार गर्दैन; ऊ स्पष्ट रूपमा भ्रष्ट स्वभावहरूले भरिएको हुन्छ र उसले केही मामिलामा केही हदसम्म राम्रो व्यवहार मात्र गर्छ, तर ऊ आफूलाई स्वर्गको राज्यमा प्रवेश गर्न योग्य ठान्छ। आफूलाई नचिन्ने मानिसहरूसँग धेरै बेतुके धारणा र विचार हुन्छन्। त्यसोभए के आफूलाई नचिन्ने मानिसहरूसँग सत्यता हुन्छ? (हुँदैन।) के आफूलाई नचिन्ने मानिसहरूले परमेश्वरलाई चिन्छन्? (चिन्दैनन्।) के आफूलाई नचिन्ने मानिसहरूलाई मानिसबाट परमेश्वरले गर्नुहुने मागहरू के हुन् भनी थाहा हुन्छ? के तिनीहरूलाई परमेश्वरका अभिप्रायहरू के हुन् भनी थाहा हुन्छ? के तिनीहरूलाई परमेश्वरले भ्रष्ट मानवजातिलाई कसरी हेर्नुहुन्छ भनी थाहा हुन्छ? तिनीहरूले यीमध्ये कुनै पनि कुराहरू जान्न सक्दैनन्! तसर्थ, आफूलाई नचिन्ने मानिसहरूले सत्यता बिलकुलै बुझ्दैनन्, र आफूलाई नचिन्ने मानिसहरूले परमेश्वरलाई बिलकुलै चिन्दैनन्, र तिनीहरूले परमेश्वरको निन्दा र प्रतिरोध गर्ने धेरै कामहरू गर्न सक्छन्। यो प्रभु येशूलाई क्रूसमा टाँगेका यहूदी धर्मका मानिसहरूले आफूले गरिरहेको काम पाप हो भनी स्वीकार नगरेको, यो परमेश्वरको प्रतिरोध गर्ने कार्य थियो भनी झनै स्वीकार नगरेको जस्तै हो। यहाँ समस्या के हो त? (आफूलाई नचिन्नु।) त्यसोभए के यसरी भ्रष्ट भएको मानवजाति, दुष्टता गरेको, परमेश्वरको प्रतिरोध गरेको, परमेश्वरलाई चिढ्याएको, र परमेश्वरको स्वभावलाई चिढ्याएको, तैपनि आफूले पाप गरिरहेको छु वा यो परमेश्वरको प्रतिरोध गर्नु हो भनी नजान्ने यो मानवजातिले मुक्ति पाउन सक्छ? (सक्दैन।) यहूदी धर्मका मानिसहरूले प्रभु येशूलाई क्रूसमा टाँगेपछि, तिनीहरूले दुई हजार वर्षभन्दा बढी समयसम्म आफ्नो गल्ती स्वीकार गरेनन्। अहिले, जब हामी तिनीहरूलाई सुसमाचार प्रचार गर्छौं, तिनीहरूले यसलाई स्वीकार गर्दैनन्, र तिनीहरू यसो समेत भन्छन्, “हामी मसीहको प्रतीक्षा गरिरहेका छौँ। मसीह आउनुभएपछि मात्र हामी स्वीकार गर्न सक्छौँ।” तिनीहरूले भन्न खोजेको कुरा के हो भने, सर्वशक्तिमान् परमेश्वर मसीह हुनुहुन्न, र तिनीहरूले उहाँलाई स्वीकार गर्न सक्दैनन्। यहाँ समस्या के हो त? (परमेश्वरलाई नचिन्नु।) यी कुराहरूमा होसियारीसाथ मनन गर्नुपर्छ। यदि कुनै व्यक्तिले यस विषयको प्रकृतिलाई राम्ररी बुझेको छैन भने, त्यसका परिणामहरू समस्याजनक हुनेछन्! ती कुन हदसम्म समस्याजनक हुनेछन्? मानिसहरूले परमेश्वरको प्रतिरोध गर्छन्, तैपनि आफ्नो पाप स्वीकार गर्न बिलकुलै मान्दैनन्, र तिनीहरूले परमेश्वरको प्रतिरोध गर्छन्, तैपनि पश्चात्ताप गर्न बिलकुलै मान्दैनन्। यसो गर्नु भनेको गहन रूपमा पापी भएको बिन्दुमा पुग्नु हो। के गहन रूपमा पापी भएको व्यक्ति नष्ट हुनबाट जोगिन सक्छ? यस्तो व्यक्ति निश्चय नै नष्ट हुनेछ। यहूदी धर्मका मानिसहरूले कम्तीमा तीन हजार वर्षदेखि यहोवा परमेश्वरमा विश्वास गर्दै आएका छन्, र परमेश्वर दुई पटक देहधारी हुनुभए तापनि, दुवै पटक, तिनीहरूले उहाँलाई स्वीकार गरेका छैनन्। तिनीहरूले परमेश्वरको पहिलो देहधारण प्रभु येशूलाई क्रूसमा टाँगे, र तिनीहरूले दोस्रो पटक देहधारी हुनुभएका परमेश्वर, सर्वशक्तिमान् परमेश्वरलाई पनि निन्दा र इन्कार गरेका छन्। के तिनीहरूले अझै पनि मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) तिनीहरू सक्किसकेका छन्, र तिनीहरूको परिणाम निश्चित भइसकेको छ। त्यसैले, तिनीहरूले पनि एकमात्र साँचो परमेश्वरमा विश्वास गर्ने भए पनि, र तिनीहरूले तीन हजार वर्षदेखि विश्वास गर्दै आएका भए पनि, यो व्यर्थ छ। अन्तमा, यो डोकोले पानी तान्न खोज्नु जस्तै हो। अब हामी यहूदी धर्मले यस्तो गल्ती गरेको छ भन्ने देख्छौँ। तिनीहरूले परमेश्वरलाई क्रूसमा टाँगे र अझै पनि आफूहरू पापी हौं भनी स्वीकार गर्दैनन्, र तिनीहरू हठी भई पश्चात्ताप गर्न इन्कार गर्छन्। तसर्थ, तिनीहरू मुक्ति पाउनै सक्दैनन्। यसका साथै, हामी आजका धार्मिक समुदायहरू—इसाई जगत, क्याथोलिक धर्म, र पूर्वीय अर्थोडक्स धर्म—का अधिकांश मानिसहरूले देहधारी सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गर्दैनन् भन्ने कुरा पनि देख्छौँ। तिनीहरूको परिणाम के हुनेछ? यो कल्पना गर्न सजिलो छ। जब प्रभु येशू देखा पर्नुभयो र काम गर्नुभयो, उहाँले एउटा धेरै महत्त्वपूर्ण कुरा भन्नुभयो: “पश्चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ” (मत्ती ४:१७)। यसको अर्थ के हो? यसको अर्थ के हो भने, स्वर्गको राज्य, परमेश्वरको राज्य, पृथ्वीमा अवतरण गर्न लागेको छ। यदि तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्छौ भने, तिमीहरूले हतार गरेर पश्चात्ताप गर्नुपर्छ। यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने, स्वर्गको राज्यमा प्रवेश गर्ने तिमीहरूको आशा चकनाचुर हुनेछ। आफ्नो प्रचारका क्रममा, प्रभु येशूले फरिसीहरूका धेरै दुष्ट कार्यहरूलाई खुलासा गर्नुभयो, र अन्तमा, उहाँले तिनीहरूलाई सन्तापमा परेका भनी चित्रण गर्नुभयो। तिनीहरू किन सन्तापमा परेका थिए? जब प्रभु येशूले सत्यता व्यक्त गर्नुभयो, यी फरिसीहरूले त्यसलाई स्वीकारै गरेनन्। तिनीहरूलाई प्रभु येशूका वचनहरूमा अख्तियार र शक्ति छ भनी राम्ररी थाहा थियो, तैपनि तिनीहरूले उहाँलाई दोषी ठहराए, र तिनीहरूले उहाँलाई पक्राउ समेत गरे, कोर्रा लगाए, र क्रूसमा टाँगे। यहाँ समस्या के हो त? प्रभु येशूलाई क्रूसमा टाँग्ने मानिसहरू अविश्वासीहरू नभई यहूदी धर्मका मानिसहरू, फरिसीहरू थिए। तिनीहरूले नै रोमी सरकारसँग मिलेर परमेश्वरलाई क्रूसमा टाँगेका थिए। यी फरिसीहरूले धार्मिक संसारमा शक्ति हात पारेका थिए र तिनीहरू ख्रीष्टविरोधी शक्ति बने। के त्यसो होइन र? (हो।) त्यसोभए हामी यसलाई अझ विश्लेषण गरौँ। तिनीहरूले परमेश्वरमा विश्वास गर्थे, तैपनि तिनीहरूले परमेश्वरको प्रतिरोध गरे। तिनीहरूले कुन हदसम्म प्रतिरोध गरे? परमेश्वरले जतिसुकै सत्यताहरू व्यक्त गर्नुभए तापनि, तिनीहरूले तिनलाई मानेनन् वा स्वीकार गरेनन्। तिनीहरूले परमेश्वरलाई दोषी ठहराए र उहाँको निन्दा पनि गरे, र अन्तमा, तिनीहरूले परमेश्वर अपराधी भएझैँ गरी उहाँलाई क्रूसमा समेत टाँगे। यहाँ समस्या के हो त? केही मानिसहरू भन्छन्, “के तिनीहरूले परमेश्वरलाई नचिनेको कारणले त्यसो गरेका होइनन् र?” तिमीले परमेश्वरलाई चिन्दैनौ भन्दैमा, के त्यसको अर्थ तिमीले सत्यता व्यक्त गर्नुहुने मानिसको पुत्रलाई क्रूसमा टाँग्नुपर्छ भन्ने हुन्छ र? यदि तिमीले परमेश्वरलाई चिन्दैनौ भने पनि, तिमीले परमेश्वरलाई दोषी ठहराउनु हुँदैन। तिमीले सत्यता व्यक्त गर्नुहुने मानिसको पुत्रलाई क्रूसमा टाँग्यौ। के यो समस्या होइन र? (हो।) के मानिसको पुत्रले तिमीहरूप्रति कुनै शत्रुता राख्नुभएको थियो? के उहाँले तिमीहरूको हितलाई हानि पुऱ्याउनुभयो वा तिमीहरूलाई आक्रमण गर्नुभयो र दोषी ठहराउनुभयो? उहाँले यीमध्ये कुनै पनि कुराहरू गर्नुभएन। त्यसोभए तिमीले उहाँलाई किन क्रूसमा टाँग्यौ? यदि तिमीले कुनै कारणविना कसैलाई मार्यौ भने, तिमीले आफ्नो ज्यानले त्यसको मूल्य चुकाउनुपर्छ, र कानूनले तिमीलाई दोषी ठहराउनेछ। त्यसोभए, तिमीले सत्यता व्यक्त गर्नुहुने मानिसको पुत्रलाई क्रूसमा टाँगेकोमा, झन् कति बढी मूल्य चुकाउनुपर्ने होला। यो अत्यन्तै गम्भीर विषय हो! सत्यता कहाँबाट आउँछ? के सत्यता भ्रष्ट मानवजातिसँग भएको कुनै कुरा हो? सत्यता परमेश्वरबाट आउँछ। केवल परमेश्वर सत्यता हुनुहुन्छ, र केवल परमेश्वरले सत्यता व्यक्त गर्न सक्नुहुन्छ। यहूदी धर्मका मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र फरिसीहरूले सत्यता व्यक्त गर्नुहुने यस मानिसको पुत्रलाई क्रूसमा टाँगे। प्रभु येशूले सत्यता व्यक्त गर्न सक्नुहुन्छ भनी देखेर, यदि तिमीलाई प्रभु येशू परमेश्वर हुनुहुन्छ भनी थाहा थिएन भने पनि, कम्तीमा तिमीले उहाँलाई परमेश्वरका दूत वा परमेश्वरले पठाउनुभएको कोही व्यक्ति ठान्नेथियौ, होइन र? तिमीले उहाँलाई किन क्रूसमा टाँग्यौ? समस्या यही हो। प्रभु येशूलाई पछ्याउने चेलाहरू र प्रेरितहरूमध्ये धेरैजसोले प्रभु येशूलाई चिन्दैनथे। कसैले पनि “प्रभु, तपाईँ ख्रीष्ट, परमेश्वरका पुत्र हुनुहुन्छ” भन्ने शब्दहरू भन्न सकेन। पत्रुसले मात्र यी वचनहरू भने। जब पत्रुसले यी शब्दहरू भने, प्रभु येशूले के भन्नुभयो? “तिमीलाई देह र रगतले होइन, तर मेरा पिताले, जो स्वर्गमा हुनुहुन्छ, उहाँले यो कुरा प्रकट गर्नुभएको हो” (मत्ती १६:१७)। हेर, मानिसहरूले परमेश्वरलाई चिन्न सक्दैनन्! पवित्र आत्माको अन्तर्दृष्टिबिना, कसैले पनि परमेश्वरलाई चिन्न सक्दैन। मानिसहरूले परमेश्वरलाई चिन्न सक्दैनन् भन्ने कुरालाई ध्यानमा राख्दा, कुनै व्यक्तिमा मानवता छ कि छैन भनी जाँच्न, केवल उसमा विवेक र समझ छ कि छैन भनी हेर्नुपर्छ। त्यसोभए के प्रभु येशूलाई क्रूसमा टाँग्नेहरूमा विवेक र समझ थियो? तिनीहरूले सत्यता व्यक्त गर्नुहुने मानिसको पुत्रलाई किन क्रूसमा टाँगे? यही एउटा कुराको प्रकृति नै पर्याप्त रूपमा गम्भीर छ, र यो तिनीहरूलाई दोषी ठहराउनका लागि पर्याप्त छ! मलाई भन, आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, त्यसोभए सम्पूर्ण धार्मिक संसारमा कसले ती देख्न सक्दैन र? जो अन्धा छन् तिनीहरूबाहेक, आँखा हुने र अनलाइन जान सक्ने जोकोहीले पनि ती देख्न सक्छन्। त्यसोभए तिनीहरूले किन तिनलाई स्वीकार गर्दैनन्? समस्या यही हो। यदि तिमीले सत्यतालाई स्वीकार गर्दैनौ भने, तिमीले प्रभु र यहोवामा विश्वास गरे तापनि, तिमीले जतिसुकै वर्ष विश्वास गरे पनि, यो व्यर्थ छ। तिमी प्रभु र यहोवामा विश्वास गर्छौ, तर के तिमीलाई यहोवा परमेश्वर सत्यता हुनुहुन्छ भन्ने थाहा छैन? के तिमीहरूलाई प्रभु येशू सत्यता हुनुहुन्छ भन्ने थाहा छैन? यदि तिमीलाई परमेश्वर सत्यता हुनुहुन्छ भन्ने थाहा छैन भने, तिमीहरूले जतिसुकै वर्ष विश्वास गरेका भए पनि, तिमीहरूको विश्वास व्यर्थ छ। के हामी यसो भन्न सक्छौँ? (सक्छौँ।) तिमी सत्यता जान्दैनौ। त्यसोभए, कस्तो व्यक्तिले सत्यता जान्न सक्छ? परमेश्वरलाई चिन्नेहरूले मात्र सत्यता जान्न सक्छन्। धेरै मानिसहरूलाई परमेश्वरबारे बिलकुलै ज्ञान छैन, र तिनीहरूले परमेश्वर सत्यता हुनुहुन्छ भनी स्वीकार समेत गर्दैनन्। तसर्थ, जब मानिसको पुत्र सत्यता व्यक्त गर्न आउनुहुन्छ र मानिसहरूले सत्यता व्यक्त गर्ने यो व्यक्ति को हो भनी चिन्नुपर्ने हुन्छ, तब धार्मिक संसारका अधिकांश मानिसहरू एक स्वरमा भन्छन्, “उहाँ परमेश्वर नभई एक मानिस हुनुहुन्छ, किनभने उहाँ आत्मिक शरीर नभई देहका हुनुहुन्छ!” तिमी यो अभिव्यक्तिबारे के सोच्छौ? यी मानिसहरू देहधारी मानिसको पुत्र एक साधारण व्यक्ति हुनुहुन्छ, र निश्चय नै परमेश्वर हुनुहुन्न भन्ने विश्वास गर्छन्, त्यसैले तिनीहरूले उहाँलाई जथाभाबी दोषी ठहराउने र उहाँको प्रतिरोध गर्ने आँट गर्छन्। यसरी यी मानिसहरूको साँचो दुष्ट र कुरूप मुहार अनि प्रकृति प्रकट हुन्छ।
आज मैले भनिरहेका कुराहरूको अर्थ के हो? म यी कुराहरू मानिसहरूलाई परमेश्वर नै सत्यता हुनुहुन्छ भनी चिनाउनका लागि भन्छु। उहाँ जस्तोसुकै व्यक्ति हुनुभए पनि, उहाँ जुनसुकै देशको हुनुभए पनि, वा उहाँ जस्तो देखिनुभए पनि, जबसम्म उहाँले सत्यता व्यक्त गर्न सक्नुहुन्छ, उहाँ परमेश्वरको देहधारी शरीर हुनुहुन्छ। यदि तिमीले यो कुरालाई साँच्चै चिन्छौ भने, तिमी आशिषित हुनेछौ। आजसम्म, धेरै मानिसहरूले सर्वशक्तिमान् परमेश्वरलाई स्वीकार गरेका छन्। तिनीहरूले किन यसो गरेका छन्? किनभने परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ। तिनीहरूलाई सत्यता परमेश्वरबाट आउँछ, र यदि सर्वशक्तिमान् परमेश्वरले सत्यता व्यक्त गर्न सक्नुहुन्छ भने, त्यसको अर्थ निश्चय नै परमेश्वरको आत्मा उहाँमाथि ओर्लनुभएको हो, किनभने कुनै पनि भ्रष्ट मानवले सत्यता व्यक्त गर्न सक्दैन भन्ने कुरा थाहा छ। यो बुझाइ धेरै राम्रो र धेरै व्यावहारिक छ। प्रभु येशूबाहेक, सारा मानवजातिमाझ अरू कसले सत्यता व्यक्त गर्न सक्छ? केवल सर्वशक्तिमान् परमेश्वरले। के त्यसो होइन र? (हो।) के तिमीले तेस्रो यस्तो व्यक्ति भेट्टाउन सक्छौ? (सक्दैनौँ।) तिमीले पृथ्वीको छेउसम्म यात्रा गरे पनि एउटा पनि भेट्टाउन सक्नेछैनौ। अरू कसैले पनि सत्यता व्यक्त गर्न सक्दैन। सबैले यो तथ्य देखेका छन्। सत्यता व्यक्त गर्नुहुने मानिसको पुत्र निस्सन्देह देहधारी परमेश्वर हुनुहुन्छ। केही मानिसहरू भन्छन्, “तिमी उहाँ देहधारी परमेश्वर स्वयम् हुनुहुन्छ भन्छौ, तर यो हामीले अनुसन्धान गर्नैपर्ने कुरा हो। हामीले यस्तो कुरालाई अन्धाधुन्ध स्वीकार गर्न सक्दैनौँ।” तिनीहरूले यस कुराको अनुसन्धान गर्न चाहन्छौँ भन्नु के सही हो? (होइन।) यसलाई पूर्ण रूपमा गलत भन्न सकिँदैन, तर यसलाई सही पनि भन्न सकिँदैन। यसो किन हो? सत्यता र परमेश्वरको देखा पराइ एक हुन्। सुरुमा, परमेश्वरले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो। के भनिएको छ भने “वचन परमेश्वरसँग थियो, र वचन परमेश्वर हुनुहुन्थ्यो।” यसलाई कसरी व्याख्या गर्ने? परमेश्वरले आफ्ना वचनहरूद्वारा स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो। परमेश्वर बोल्नुहुन्छ, र त्यो अस्तित्वमा आउँछ; परमेश्वरले आज्ञा गर्नुहुन्छ, र त्यो दृढ रूपमा खडा रहन्छ। परमेश्वरले भन्नुभयो: “उज्यालो होस्,” र उज्यालो भयो। परमेश्वरले जे भन्नुहुन्छ, त्यो हुन जान्छ। तिमीले परमेश्वरका वचनहरू सुनेका छौ, तर के तिमीले परमेश्वरको आत्मिक शरीर देखेका छौ? के तिमीले त्यो देख्न सक्छौ? मोशाले पनि सीनै पर्वतमा त्यो देख्न सकेनन्, र तिनले केवल परमेश्वर बोल्नुभएको सुने। जब परमेश्वर मोशा र अय्यूबकहाँ देखा पर्नुभयो, तिनीहरूले केवल परमेश्वरका वचनहरू सुने। तिनीहरूले परमेश्वरको आत्मिक शरीर देखेनन्। तिनीहरूले किन देख्न सकेनन्? मानिस रगत र मासुको हो, र यदि तिमीले उहाँको आत्मिक शरीर देख्थ्यौ भने, तिमी जिउन सक्नेथिएनौ, र तिमी निश्चय नै नाश हुनेथियौ। तसर्थ, भौतिक संसारका मानिसहरूले परमेश्वरको वास्तविक व्यक्तित्व कहिल्यै देख्न सक्दैनन्। यदि तिमीले त्यो देख्थ्यौ भने, तिमी मर्नेथियौ। तिमीले केवल परमेश्वरका वचनहरू सुन्न सक्छौ। जब तिमीले परमेश्वरका वचनहरू सुन्छौ, तब त्यो भनेको परमेश्वर तिमीसामु देखा पर्नु हो। परमेश्वर तिमीसामु कुन रूपमा देखा पर्नुहुन्छ? वचनहरू। यहाँ “वचनहरू” को अर्थ के हो? यसले परमेश्वरले बोल्नुभएका वचनहरूलाई जनाउँछ। यी वचनहरू परमेश्वरले व्यक्त गर्नुभएका सत्यताहरू हुन्, र ती परमेश्वरको अख्तियार र शक्तिका देखा पराइ हुन्। त्यसोभए जब परमेश्वर मानवजातिसँग बोल्नुहुन्छ र न्यायको काम गर्नुहुन्छ, के उहाँ आत्मिक शरीरका रूपमा देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ? उहाँले त्यसो गर्नुहुन्न। परमेश्वरको काम कहिल्यै आत्मिक शरीरको देखा पराइद्वारा गरिँदैन, र आत्मिक शरीरको अस्तित्व भौतिक संसारमा देख्न सकिँदैन। कसैले बोलेको आवाज, गर्जनको आवाज मात्र सुन्न सक्छ। आज, परमेश्वरका वचनहरू यस साधारण व्यक्तिमार्फत व्यक्त गरिन्छन्। यो नै वचन देहमा देखा पर्नु हो। यदि तिमीले यी वचनहरू परमेश्वरको देखा पराइ, परमेश्वरका वाणीहरू, यो परमेश्वरले सत्यता व्यक्त गरिरहनुभएको हो, र यो परमेश्वरले आफ्नो काम गरिरहनुभएको हो भनी देख्छौ भने, तिमीले किन यो स्वीकार गर्न सक्दैनौ? के तिमीले यो स्वीकार गर्नुअघि परमेश्वरको आत्मिक शरीरले बोलिरहेको देख्नैपर्छ? यदि त्यसो हो भने, तिमी साँच्चै मूर्ख छौ! परमेश्वरको आत्मिक शरीर मानिसले देख्न सक्दैन, र यदि कुनै मानवले त्यो देख्यो भने, ऊ मर्नेछ। हामी सबैले केही विशेष अनुभवहरूबारे सुनेका छौँ, जहाँ केही मानिसहरू स्वर्ग वा आत्मिक क्षेत्रमा गएका छन् र परमेश्वरको देखा पराइ देखेका छन्। तिनीहरूले परमेश्वरको आत्मिक शरीर देखेका छैनन्। कसैले पनि परमेश्वरको आत्मिक शरीर देख्न सक्दैन। यी घटनाहरूमा, परमेश्वरका आत्माले यी मानिसहरूलाई एक ठाउँमा लैजानुहुन्छ र तिनीहरूलाई एउटा दर्शन देख्न दिनुहुन्छ। तिनीहरूले सुन्ने भनेको केवल एउटा आवाज हो, र तिनीहरूले परमेश्वरको आत्मिक शरीर देख्न सक्दैनन्। तसर्थ, भ्रष्ट मानवजातिले परमेश्वरको आत्मिक शरीर देख्न सक्दैन, र सायद यदि कुनै व्यक्तिले परमेश्वरको आत्मिक शरीर देख्यो नै भने, ऊ मर्नेछ। अनुग्रहको युगमा परमेश्वर प्रभु येशूका रूपमा देहधारी हुनुभएदेखि, परमेश्वर मानिससामु प्रभु येशूको स्वरूपमा देखा पर्नुभएको छ, र कसैले पनि परमेश्वरको आत्मिक शरीर देख्न सकेको छैन। के त्यसो होइन र? (हो।) तर धार्मिक संसारले सधैँ जोड दिन्छ, “हामीले विश्वास गर्नुअघि प्रभु येशूको आत्मिक शरीर देख्नैपर्छ।” के यो अभिव्यक्ति मान्य छ? (छैन।) यो धारणा र कल्पना साँच्चै नै अपरिपक्व छ। यदि तिमीले बाइबल वा सारा मानवजातिका अनुभवहरू खोज्यौ भने, तिमीहरूले कसैले पनि परमेश्वरको आत्मिक शरीर देख्न सकेको छैन भन्ने कुरा थाहा पाउनेछौ। अगमवक्ताहरू र परमेश्वरले प्रयोग गर्नुभएका मानिसहरूले समेत परमेश्वर बोल्नुभएको मात्र सुनेका छन्। परमेश्वरले तिनीहरूलाई बोलाउनुभयो र तिनीहरूसँग बोल्नुभयो, र तिनीहरूले परमेश्वरको स्वर सुने। पछि, परमेश्वर प्रभु येशूका रूपमा देहधारी बन्नुभयो, र जब परमेश्वर फेरि मानिससामु देखा पर्नुभयो, उहाँ प्रभु येशूको स्वरूपमा हुनुहुन्थ्यो। के त्यो परमेश्वरको आत्मिक शरीर थियो? थिएन, त्यो केवल प्रभु येशूको स्वरूपमा देखा पराइ थियो। तसर्थ, धार्मिक संसारले यति धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको भए पनि, यो अझै पनि परमेश्वरको आत्मिक शरीर देख्न चाहन्छ। यो एउटा अतिशय इच्छा मात्र नभई अपरिपक्व, मूर्ख, र अज्ञानी हुनुको अभिव्यक्ति पनि हो। के हामी यसो भन्न सक्छौँ? (सक्छौँ।) परमेश्वरका भेडाहरूले परमेश्वरको स्वर सुन्छन्। त्यसोभए परमेश्वरका भेडाहरूले परमेश्वरको स्वर कसरी सुन्छन्? तिनीहरूले सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्नेबित्तिकै, तिनीहरूले यस्तो महसुस गर्छन्, “यी वचनहरू सत्यता हुन्! यी वचनहरू कुनै मानवले बोल्न सक्ने वचनहरू होइनन्। यी वचनहरू परमेश्वरबाट आएका हुन्!” साथ साथै, सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, र अहिलेसम्म, “वचन देहमा देखा पर्नुहुन्छ” का सात खण्डहरू प्रकाशित भइसकेका छन्। यसले प्रकाशको पुस्तकमा अगमवाणी गरिएको चर्म पत्र खोलिएको छ भनी प्रमाणित गर्छ। सर्वशक्तिमान् परमेश्वरले बाइबलका सबै रहस्यहरूलाई उजागर गर्नुभएको छ। परमेश्वरको कामको सबैभन्दा ठूलो दर्शन, अर्थात्, परमेश्वरलाई चिन्नका लागि सबैभन्दा महत्त्वपूर्ण सत्यता के हो? कामका तीन चरणका उद्देश्य र रहस्यहरू सबै प्रकाश गरिएका छन्। सर्वशक्तिमान् परमेश्वरले मानवजातिलाई मुक्ति दिने परमेश्वरको व्यवस्थापनको योजना—कामका तीन चरणलाई स्पष्ट रूपमा व्याख्या गर्नुभएको छ। कामका तीन चरणको उद्देश्य मानवजातिलाई मुक्ति दिनु हो। अन्तमा, परमेश्वरले मानिसहरूको एउटा समूहलाई सिद्ध पार्नुहुनेछ, र यो समूह मानवजातिलाई दिइएको परमेश्वरको मुक्तिको स्फटिकीकरण हुनेछ। मानिसहरूको यो समूह पूर्ण रूपमा परमेश्वरको कामका तीन चरण बोध गर्ने मानिसहरू मिलेर बनेको हुनेछ। यदि सर्वशक्तिमान् परमेश्वरले कामका तीन चरणका उद्देश्य, महत्त्व र रहस्यहरूलाई राम्ररी प्रकाश गर्नुभएको थिएन भने, धार्मिक संसारमा कसैले पनि परमेश्वरको कामका तीन चरणबारे थाहा पाउन सक्नेथिएन। कुनै पनि अगमवक्ता वा प्रेरितले पनि तीबारे थाहा पाएनन्। तिनीहरूलाई के थाहा थियो? तिनीहरू आफूले स्वीकार गरेको परमेश्वरको कामको चरण मात्र बोध गर्थे। उदाहरणका लागि, मोशाले व्यवस्थाको युगमा भएको परमेश्वरको काम मात्र बोध गर्थे। तिनलाई परमेश्वरले कसरी तिनलाई व्यवस्था र आज्ञाहरू सम्प्रेषण गर्न लगाउनुभयो भन्ने थाहा थियो, तर तिनलाई थाहा भएको यति मात्र हो। तिनलाई प्रभु येशू पछि अनुग्रहको युगको काम गर्न आउनुहुनेछ भन्ने थाहा थिएन। अनुग्रहको युगमा, जब प्रभु येशू देखा पर्नुभयो र काम गर्नुभयो, प्रेरितहरू र चेलाहरूले अनुग्रहको युगमा परमेश्वरले गर्नुभएको मानवजातिलाई छुटकारा दिने काम मात्र बोध गर्थे, र कसैलाई पनि परमेश्वरले आखिरी दिनहरूमा कुन काम गर्नुहुनेछ भन्ने थाहा थिएन। तसर्थ, सर्वशक्तिमान् परमेश्वरले कामका तीन चरणका रहस्यहरू र उद्देश्य के हुन्, परमेश्वरको कामका तीन चरणले अन्ततः हासिल गर्ने परिणामहरू के हुन्, र को सिद्ध पारिनेछ भनी उजागर गर्नुभएको छ। मलाई भन, के यी देहधारी परमेश्वरले बोल्नुभएका वचनहरू होइनन् र? (हुन्।) परमेश्वरबाहेक, धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको कुनै पनि मानवले यी कुराहरू भन्न सक्दैन, र बाइबल अध्ययन गर्नेहरूले त झनै सक्दैनन्। मानिसहरूले जति धेरै बाइबल अध्ययन गर्छन्, तिनीहरूका विकृतिहरू त्यति नै ठूला हुन्छन्, र मानिसहरूले जति धेरै बाइबल अध्ययन गर्छन्, परमेश्वरप्रतिका तिनीहरूका गलतफहमीहरू त्यति नै ठूला हुन्छन्।
के तिमीलाई सबैभन्दा उच्च धर्मशास्त्रीय सिद्धान्त के हो भन्ने थाहा छ? त्यो हो, धार्मिक संसारले परमेश्वरलाई त्रिएकका रूपमा चित्रण गर्नु। जब हामी धार्मिक मानिसहरूलाई केवल एक परमेश्वर हुनुहुन्छ, कामका तीन चरण एकै परमेश्वरले गर्नुभएको हो, र केवल एक पवित्र आत्मा हुनुहुन्छ, अनि पिता, पुत्र र पवित्र आत्मा जस्ता कुनै कुरा छैन भनी गवाही दिन्छौँ, तिनीहरूले तुरुन्तै त्यसलाई इन्कार गर्दै भन्छन्, “त्यो सही होइन, बाइबलले त्यसो भन्छ, र पावलले त्यसो भनेका छन्।” तिनीहरूले त्रिएक बिलकुलै अस्तित्वमा छैन भनी होसियारीसाथ सोच्दैनन्। तिनीहरू केवल यसो भन्छन्, “त्यो सही होइन। प्रभु येशूले पितालाई प्रार्थना गर्नुभयो, त्यसोभए के तिमी पिता अस्तित्वमा हुनुहुन्न भन्न खोजिरहेका छौ? पवित्र आत्माले प्रभु येशू पिताका प्रिय पुत्र हुनुहुन्छ भनी गवाही दिनुभयो, त्यसोभए के तिमी पुत्र अस्तित्वमा हुनुहुन्न भन्न खोजिरहेका छौ?” के तिमीहरू तिनीहरू कति बेतुके छन् भन्ने देख्दैनौ? बाइबलमा लेखिएको छ कि कसैले प्रभु येशूलाई सोध्यो, “हामीलाई पिता देखाइदिनुहोस्,” र प्रभु येशूले कसरी जवाफ दिनुभयो? “तिमीहरू किन यति धेरै अलमलिएका, यति मन्द-बुद्धिका?” “म पितामा छु र पिता ममा हुनुहुन्छ” (यूहन्ना १४:११)। “म र पिता एक हौँ” (यूहन्ना १०:३०)। हेर, धार्मिक मानिसहरूले यो व्याख्या गर्न सक्दैनन्, न त धार्मिक संसारका धर्मशास्त्रमा विद्यावारिधि गरेकाहरू र स्नातकोत्तर गरेका विद्यार्थीहरूले नै सक्छन्। त्रिएक धार्मिक संसारको धर्मशास्त्रको सबैभन्दा ठूलो भ्रम हो। परमेश्वर एक हुनुहुन्छ। परमेश्वरले तिमीलाई कहिले भन्नुभयो, “म एक त्रिएक परमेश्वर हुँ”? यहोवा परमेश्वरले यो कहिल्यै भन्नुभएन, न त प्रभु येशूले, न त पवित्र आत्माले नै, तैपनि धार्मिक मानिसहरू त्रिएकमा यति दृढतापूर्वक, यति कठोरतापूर्वक विश्वास गर्छन्। परमेश्वरले परमेश्वर त्रिएक परमेश्वर हुनुहुन्न, र परमेश्वरमा भिन्नाभिन्नै व्यक्तित्वहरू जस्तो कुनै कुरा छैन भनी खुलासा गर्नुभएको छ। अनुग्रहको युगमा प्रभु येशू आउनुअघि, के यहोवा परमेश्वरले “म एक त्रिएक परमेश्वर हुँ, म केवल एक होइन, र भविष्यमा, परमेश्वरका एक पुत्र—येशू—आउनुहुनेछ, र तिमीहरूले उहाँमा विश्वास गर्नुपर्छ र उहाँलाई स्वीकार गर्नुपर्छ” भनेर भन्नुभयो? के यहोवा परमेश्वरले यसो भन्नुभयो? उहाँले भन्नुभएन। धार्मिक संसारको सबैभन्दा ठूलो बेतुके कुरा के हो? तिमीहरूलाई पिता र पुत्रको अवधारणा कसरी आयो जस्तो लाग्छ? यो परमेश्वर देहधारी बन्नुभएपछि आएको हो। यदि परमेश्वर देहधारी बन्नुभएको थिएन भने, परमेश्वर एक आत्मा, एक परमेश्वर हुनुहुनेथियो, र यस विषयमा अरू कुनै विचारहरू हुनेथिएनन्। प्रभु येशू आउनुअघि, केवल एक परमेश्वर—यहोवा परमेश्वर—हुनुहुन्थ्यो। के त्यतिबेला पिता र पुत्रको अवधारणा थियो? (थिएन।) तसर्थ, सम्बोधनको यो रूप केवल देहधारणको दौरान अस्थायी रूपमा उत्पन्न भएको एउटा अवधारणा हो। देहधारणअघि र पछि, यो अवधारणा अस्तित्वमा थिएन। धार्मिक संसारले देहधारणको दौरान प्रभु येशूले पितालाई गर्नुभएको प्रार्थनालाई पवित्र आत्माको गवाहीसँग जोड्यो: “यी मेरा प्रिय पुत्र हुन्,” र यसरी तिनीहरूले उहाँहरू पिता र पुत्र हुनुहुन्थ्यो र परमेश्वरले त्यसपछि पवित्र आत्मा पठाउनुभयो भनी सोच्न थाले, र यसरी “त्रिएक” को सिद्धान्त देखा पर्यो। के यो बेतुके कुरा होइन र? (हो।) परमेश्वर पिता र पवित्र आत्माबीचको सम्बन्ध के हो? पवित्र आत्मा नै पिता हुनुहुन्छ। उहाँहरू एक र उही हुनुहुन्छ। पवित्र आत्मा परमेश्वरका आत्मा हुनुहुन्छ, र परमेश्वरका आत्मा र परमेश्वरको देहधारी शरीरबीचको सम्बन्ध पनि पिता र पुत्रको होइन। त्यो एउटा रूपक हो। पिता र पुत्रको सम्बन्धलाई मानिसहरूलाई कुराहरू बुझ्न सजिलो बनाउनका लागि रूपकका रूपमा प्रयोग गरिँदैछ, तर वास्तवमा, उहाँहरू पिता र पुत्र होइनन्। ठ्याक्कै भन्नुपर्दा, परमेश्वरका आत्माले देह धारण गर्नुहुन्छ र आउनुहुन्छ। ठेट भाषामा भन्दा, यो स्वर्गका परमप्रभुले आफ्नो सत्वलाई विभाजन गरेर मर्त्यलोकमा ओर्लनुभएको हो। यो एउटा धेरै सरल विषय हो, होइन र? (हो।) पिता पवित्र आत्मा हुनुहुन्छ, पवित्र आत्मा र परमेश्वर पिता एक हुनुहुन्छ, पवित्र आत्मा पुत्रमा बास गर्नुहुन्छ, र पुत्र पिताको मूर्तरूप हुनुहुन्छ, र त्यसैले, पवित्र आत्मा, पवित्र पिता, र पवित्र पुत्र एकै परमेश्वर, एकै व्यक्तित्व, एकै आत्मा हुनुहुन्छ। परमेश्वर देहधारी नहुँदा, उहाँ केवल एक आत्मा हुनुहुन्छ। धार्मिक संसारले यो कुरा बुझ्दैन, त्यसैले त्यसले परमेश्वरलाई त्रिएकका रूपमा चित्रण गर्छ। तिनीहरू यति बेतुके छन्। मलाई भन, के यो हास्यास्पद छैन र? (छ।) यो अहिलेसम्मकै सबैभन्दा हास्यास्पद कुरा हो! यदि धार्मिक संसार यति हास्यास्पद हुन सक्छ भने, के तिनीहरूसँग सत्यता बुझ्ने क्षमता छ? (छैन।) बिलकुलै छैन। धार्मिक संसारका मानिसहरू भन्छन्, “हामी देहधारी प्रभु येशूमा, र प्रभु येशू पुत्र हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्छौं।” यो ठूलो दृढ विश्वासका साथ भनिन्छ, तर के तिनीहरूले प्रभु येशूलाई चिन्छन्? (चिन्दैनन्।) तिनीहरूले चिन्दैनन्। यदि प्रभु येशू आफ्नो मौलिक यहूदी स्वरूपमा मण्डलीमा आउनुभयो र “म तिमीहरूले विश्वास गर्ने प्रभु येशू हुँ,” भनेर भन्नुभयो भने, के तिनीहरूले यो स्वीकार गर्न सक्नेथिए? (सक्नेथिएनन्।) अहँ, तिनीहरूले सक्नेथिएनन्। तिनीहरू छक्क पर्नेथिए, र यसो भन्नेथिए, “हामीले चिनेका प्रभु येशू स्वर्गमा उक्लिसक्नुभएको छ। तपाईँ उहाँ होइन। तपाईँ एक ढोँगी हुनुहुन्छ। हामीले यो अध्ययन गर्नैपर्छ।” तिनीहरूले प्रभु येशूलाई कसले देखेको थियो, प्रभु येशूको चित्र कसले बनाएको थियो, र प्रभु येशूलाई क्रूसमा टाँगिँदा भुइँमा बगेको उहाँको रगत कहाँ थियो भनी हेर्न दुई हजार वर्षअघिको इस्राएलको ऐतिहासिक अभिलेखहरू खोज्ने हदसम्म समेत जानेथिए, र तिनीहरूले त्यो भेट्टाउन धेरै फिटको गहिराइसम्म खन्ने समेत थिए। जवाफ पाउन तिनीहरूले कति लामो समयसम्म अध्ययन गर्नुपर्नेथियो? तिनीहरूले सधैँ बाहिरी घटनाहरूमा आधारहरू खोज्छन्, तर तिनीहरूले सबैभन्दा आधारभूत कुरालाई बेवास्ता गर्छन्, जुन प्रभु येशूका आत्मालाई चिन्नु हो। तिनीहरूले प्रभु येशूका आत्माको स्वभाव, त्यो आत्माको सार, वा प्रभु येशूले सत्यता व्यक्त गर्न सक्नुहुन्छ भन्ने तथ्यलाई चिन्दैनन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।