Christian Dance | महिमा प्राप्त गर्नुभएकोमा सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर | Praise Song

30 अगस्ट 2024

ओह…

दाजुभाइ-दिदीबहिनीहरूसँग भेला हुन पाउँदा हामी निकै खुसी छौँ,

गाउँदै, नाच्दै, ढोल बजाउँदै,

शैतानलाई पराजित गर्नुभएकोमा सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्दैछौँ।

परमेश्‍वर प्रफुल्लित हुनुहुन्छ त्यसैले हामी पनि खुसी छौँ।

परमेश्‍वरले विजेताहरूको एउटा समूह बनाउनुभएको छ।

राज्यको सुसमाचार संसारका चारै कुनामा फैलिएको छ।

परमेश्‍वरको महान् काम पूरा भएको छ, उहाँले महिमा प्राप्त गर्नुभएको छ।

हामी उहाँका कार्यको वाहवाही गर्दै, भुइँमा लम्पसार पर्छौँ।

ओह…

परमेश्‍वरका वचनहरू पढ्नु निकै आनन्दमय हुन्छ,

सत्यताको बुझाइले हामीलाई शक्ति दिन्छ।

आफ्ना कर्तव्यहरू वफादारीपूर्वक पूरा गर्नेले मात्र परमेश्‍वरलाई प्रेम गर्छन्।

उठ र परमेश्‍वरको गवाही देऊ र उहाँको प्रशंसा गर।

हामी शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएका छौँ,

र हामी परमेश्‍वरद्वारा शुद्ध पारिएको र मुक्ति दिइएकोमा निकै आशिषित छौँ।

उहाँको प्रशंसा गर! हर्षले चिच्याऊ! परमेश्‍वरको स्वभाव निकै प्रेमिलो छ।

परमेश्‍वरको कामको गवाही दिनु हाम्रो कर्तव्य हो।

ओह…

सर्वशक्तिमान् परमेश्‍वरको स्वभाव धर्मी र पवित्र छ,

उहाँका वचनहरूले परमेश्‍वरका सबै मानिसहरूलाई न्याय गर्छन् र धुन्छन्।

सबै सृजित प्राणीहरू परमेश्‍वरको गवाही दिन आउँछन्,

उहाँले सारा मानवजातीलाई दिनुभएको अद्भुत मुक्तिको गवाही दिन्छन्।

परमेश्‍वरका वचनहरूले हामीलाई शुद्ध पार्छन् र हामीलाई नयाँ मानिसहरूमा रूपान्तरण गर्छन्।

हामी शैतानको प्रभावलाई फाल्छौँ र ज्योतिमा जिउँछौँ।

सबै सृजित प्राणीहरू परमेश्‍वरको आराधना गर्न आउँछन्,

र महिमा प्राप्त गर्नुभएकोमा सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्छन्!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्