परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६१

18 जुलाई 2021

व्यवस्थाको युगका नियमहरू

दश आज्ञा

वेदीहरू निर्माण गर्ने सिद्धान्तहरू

नोकरहरूसँग व्यवहार गर्ने नियमहरू

चोरी र क्षतिपूर्तिका नियमहरू

शबाथ वर्ष र तीनवटा चाड मनाउने

शबाथ दिनका नियमहरू

बलिहरूका नियमहरू

होमबलि

अन्‍नबलि

मेलबलि

पापबलि

दोषबलि

पूजाहारीहरूद्वारा चढाइने बलिहरूका (हारून र तिनका छोराहरूलाई मान्‍न आदेश दिइएका) नियमहरू

पूजाहारीहरूद्वारा चढाइने होमबलिहरू

पूजाहारीहरूद्वारा चढाइने अन्‍नबलिहरू

पूजाहारीहरूद्वारा चढाइने पापबलिहरू

पूजाहारीहरूद्वारा चढाइने दोषबलिहरू

पूजाहारीहरूद्वारा चढाइने मेलबलिहरू

पूजाहारीहरूद्वारा चढाइने बलिहरू खाने नियमहरू

शुद्ध र अशुद्ध पशुहरू (खान हुने र नहुने पशुहरू)

सुत्केरी भएपछि स्‍त्रीहरूलाई शुद्धीकरण गरिने नियमहरू

कुष्ठरोगीलाई जाँच्ने मापदण्डहरू

कुष्ठ रोगबाट निको भएकाहरूका निम्ति नियमहरू

सङ्क्रमित घरहरू शुद्धीकरण गर्ने नियमहरू

धातु रोगले ग्रस्त व्यक्तिहरूका निम्ति नियमहरू

वर्षमा एकचोटि मनाउनुपर्ने प्रायश्‍चितको चाड

गाईवस्तु र भेडाहरू काट्ने नियमहरू

अन्यजातिहरूका घृणित चालचलन पालन गर्न मनाही (हाडनाताकरणी नगर्ने, आदि)

मानिसहरूले पालन गर्नैपर्ने नियमहरू (“तिमीहरू पवित्र हुनेछौ: किनभने म तिमीहरूको परमेश्‍वर यहोवा पवित्र छु” (लेवी १९:२))

आफ्ना छोराछोरीहरू मोलोखलाई बलि चढाउनेहरूलाई प्राणदण्ड

व्यभिचारको अपराधका निम्ति दिइने दण्डका नियमहरू

पूजाहारीहरूले पालन गर्नुपर्ने नियमहरू (तिनीहरूका दैनिक व्यवहार, पवित्र थोकहरू उपभोग गर्ने नियमहरू, बलिहरू चढाउने नियमहरू, आदि)

पालन गर्नुपर्ने चाडहरू (शबाथ दिन, निस्तार-चाड, पेन्तिकोस, प्रायश्‍चितको दिन, आदि)

अन्य नियमहरू (बत्तीहरू बाल्ने, पुनर्स्थापनाको वर्ष, जमिनको छुटकारा, शपथहरू खाने, दशांश दिने, आदि)

व्यवस्थाको युगका नियमहरू परमेश्‍वरले सारा मानवजातिलाई मार्गनिर्देशन गर्नुहुन्छ भन्‍ने कुराको वास्तविक प्रमाण हुन्

त्यसो भए, तिमीहरूले व्यवस्थाको युगका यी नियम र सिद्धान्तहरू पढेका छौ, होइन त? के ती नियमहरूले विस्तृत दायरा समेट्छन्? पहिले, तिनीहरूले दश आज्ञाको कुरा गर्छन्, त्यसपछि वेदीहरू कसरी बनाउने भन्‍ने सम्‍बन्धी र अन्य नियमहरू छन्। यी पछि शबाथ-दिन पालन गर्ने र तीनवटा चाड मनाउने सम्‍बन्धी नियमहरू छन्, अनि त्यसपछि बलिहरू चढाउने नियमहरू छन्। के तिमीहरूले कति प्रकारका बलिहरू छन् भन्‍ने देख्यौ? होमबलि, अन्‍नबलि, मेलबलि, पापबलि, आदि छन्। ती पछि पूजाहारीहरूले चढाउने बलिहरूका नियमहरू छन् जसमा पूजाहारीले चढाउने होमबलि र अन्‍नबलि, साथै अन्य प्रकारका बलिसम्बन्धी नियमहरू हुन्। नियमहरूको आठौं समूह पूजाहारीहरूले बलिहरू खानेसँग सम्बन्धित छ। त्यसपछि मानिसहरूको जीवन अवधिमा के पालन गर्नुपर्छ भन्‍ने नियमहरू छन्। यसमा मानिसहरूको जीवनका धेरै पक्षका लागि नियमहरू छन्, जस्तै उनीहरूले के खानु हुन्छ र के खानु हुँदैन, सुत्केरी भएपछि स्‍त्रीहरूको शुद्धीकरण, र कुष्ठ रोगबाट निको भएकाहरू सम्‍बन्धी नियमहरू। यी नियमहरूमा, परमेश्‍वरले रोगको बारेमा पनि कुरा गर्नुभएको छ, र भेडा र गाईवस्तु, आदिलाई मार्ने सम्‍बन्धी नियमहरू पनि छन्। भेडा र गाईवस्तुहरू परमेश्‍वरले बनाउनुभएको थियो, र परमेश्‍वरले भन्‍नुभए अनुसार मात्र तैँले तिनीहरूलाई मार्नुपर्छ; अवश्य नै, परमेश्‍वरका वचनहरूको पछाडि कारण छ; अवश्य नै परमेश्‍वरले घोषणा गर्नुभए अनुसार यो काम गर्नु नै उचित छ, र यो निश्‍चय नै मानिसको लाभदायक छ! यसमा पालन गर्नुपर्ने चाड र नियमहरू पनि छन्, जस्तै शबाथ दिन, निस्तार-चाड, र अन्य—यी सबैको बारेमा परमेश्‍वरले बताउनुभएको छ। अब हामी अन्तिम नियमहरूलाई हेरौं: अन्य नियमहरू—बत्तीहरू बाल्‍नु, पुनर्स्थापनाको वर्ष, जमिनको छुटकारा, शपथ खानु, दशांश चढाउनु, आदि। के यी कुराहरूले विस्तृत दायरालाई समेट्छन्? यहाँ कुरा गर्नुपर्ने पहिलो विषय भनेको मानिसहरूले चढाउने बलि हो। त्यसपछि चोरी र क्षतिपूर्ति, र शबाथ दिनको पालन गर्ने नियमहरू छन्…; जीवनको हरेक कार्य यसमा समावेश छ। भन्‍नुको अर्थ, जब परमेश्‍वरले आफ्नो व्यवस्थापन योजनाको आधिकारिक काम सुरु गर्नुभयो, त्यसबेला उहाँले ती धेरै नियमहरू स्थापित गर्नुभयो जुन मानिसले पालन गर्नुपर्थ्यो। ती नियमहरू मानिसलाई पृथ्वीमा मानिसको सामान्य जीवन जिउन दिनका निम्ति थिए, यस्तो सामान्य जीवन जुन परमेश्‍वर र उहाँको मार्गनिर्देशनबाट अलग गर्न नसकिने हुन्छ। परमेश्‍वरले मानिसलाई पहिले वेदीहरू कसरी बनाउने, वेदीहरू कसरी स्थापित गर्ने भन्‍ने कुरा बताउनुभयो। त्यसपछि, उहाँले मानिसलाई बलिहरू कसरी चढाउने भनी बताउनुभयो, र मानिस कसरी जिउनुपर्छ—उसले जीवनमा कुन कुरामा ध्यान दिनुपर्छ, उसले के पालन गर्नुपर्छ अनि उसले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्‍ने कुराहरू स्थापित गर्नुभयो। परमेश्‍वरले मानिसका लागि जे प्रबन्ध गर्नुभयो त्यो सबै कुरा समेट्ने किसिमको थियो र यी रीतिथिति, नियम र सिद्धान्तहरूद्वारा उहाँले मानिसको व्यवहारको मानकीकरण गर्नुभयो, तिनीहरूको जीवनलाई अगुवाइ गर्नुभयो, परमेश्‍वरको व्यवस्थातर्फ तिनीहरूको सुरुवात निर्देशित गर्नुभयो, तिनीहरूलाई परमेश्‍वरको वेदीको अघि आउन डोर्‍याउनुभयो, र तिनीहरूलाई उहाँले मानिसका निम्ति बनाउनुभएका सबै कुरामाझ सुव्यवस्था, निरन्तरता र सन्तुलनसहितको जीवन बिताउन डोर्‍याउनुभयो। परमेश्‍वरले सबैभन्दा पहिले यी साधारण नियम र सिद्धान्तहरू मानिसका लागि सीमा तोक्‍न प्रयोग गर्नुभयो, ताकि पृथ्वीमा मानिससँग परमेश्‍वरको आराधना गर्ने सामान्य जीवन होस्; उहाँको छ हजार वर्षे व्यवस्थापन योजनाको सुरुको विशेष विषय यही हो। ती नीति र नियमहरूले धेरै व्यापक विषय समेट्छन्, ती व्यवस्थाको युगमा परमेश्‍वरले मानवजातिलाई दिनुभएका मार्गनिर्देशनका विशिष्ट कुराहरू हुन्, व्यवस्थाको युगभन्दा पहिले आएका मानिसहरूले ती स्वीकार र पालन गर्नुपर्थ्यो, ती व्यवस्थाको युगमा परमेश्‍वरले गर्नुभएका कामहरूको लिखित विवरण हुन्, र ती सारा मानवजातिमाथि परमेश्‍वरको नेतृत्व र मार्गनिर्देशनका वास्तविक प्रमाण हुन्।

मानवजाति परमेश्‍वरका शिक्षा र प्रबन्धहरूबाट सदा अभिन्‍न छ

यी नियमहरूमा हामी उहाँको कामप्रति, उहाँको व्यवस्थापनप्रति र मानवजातिप्रति परमेश्‍वरको मनोवृत्ति गम्भीर, विवेकशील, कठोर र जिम्मेवार छ भन्‍ने देख्छौं। उहाँले मानवजातिमाझ गर्नुपर्ने काम आफ्ना चरणहरूअनुसार अलिकति पनि भिन्‍नता नगरी गर्नुहुन्छ, र उहाँले आफूले बोल्नुपर्ने वचनहरू थोरै त्रुटि पनि नगरीकन वा कुनै कुरा नछुटाईकन बोल्दै, मानिस परमेश्‍वरको नेतृत्वबाट अभिन्‍न छ भनी देखाउँदै, र उहाँले मानवजातिका लागि गर्नुहुने र भन्‍नुहुने सबै कुरा कति महत्त्वपूर्ण छन् भनी देखाउँदै त्यसो गर्नुहुन्छ। मानिस अर्को युगमा जस्तोसुकै हुने भए पनि, सुरुमा अर्थात् व्यवस्थाको युगको अवधिमा, परमेश्‍वरले यी साधारण कार्यहरू गर्नुभयो। परमेश्‍वर, संसार र त्यस युगका मानवजातिप्रतिका मानिसहरूका अवधारणाहरू परमेश्‍वरका लागि अमूर्त र अस्पष्ट थिए, र उनीहरूसँग केही सचेत विचार र अभिप्रायहरू रहेका भए पनि, ती सबै अस्पष्ट र गलत थिए, र यसरी मानवजाति तिनीहरूप्रतिको परमेश्‍वरको शिक्षा र प्रबन्धहरूबाट अभिन्‍न थियो। प्रारम्भिक मानवजातिलाई केही पनि थाहा थिएन, त्यसैले परमेश्‍वरले जीवन-अस्तित्वका अति सतही र आधारभूत सिद्धान्तहरू र जीउनका लागि आवश्यक नियमहरूबाट मानिसलाई सिकाउन थाल्नुपर्‍यो, र वचनहरूको रूपमा रहेका यी विधानहरू र यी नियमहरूमार्फत, मानव हृदयमा यी कुराहरू बिस्तारै आत्मसात् गराउँदै, र मानिसलाई परमेश्‍वरको बारेमा क्रमिक बुझाइ, परमेश्‍वरको नेतृत्वको बारेमा क्रमिक बोध र ज्ञान, र मानिस र परमेश्‍वरबीचको सम्बन्धको आधारभूत अवधारणा प्रदान गर्दै, उहाँले यसो गर्नुभयो। यस प्रभावलाई हासिल गरिसकेपछि मात्र, परमेश्‍वरले पछि गर्नुपर्ने काम अलिअलि गर्दै गर्न सक्‍नुभयो, र यसरी यी नियमहरू र व्यवस्थाको युगमा परमेश्‍वरले गर्नुभएका कामहरू मानवजातिलाई मुक्ति दिने उहाँको कार्यको आधारशिला हुन् र परमेश्‍वरको व्यवस्थापन योजनाको कामको पहिलो चरण हुन्। व्यवस्थाको युगको कार्यअघि, परमेश्‍वरले आदम, हव्वा र तिनीहरूका सन्तानहरूसँग बोल्‍नुभएको भए पनि, ती आज्ञा र शिक्षाहरू मानिसलाई एकएक गरी जारी गर्न सकिने गरी व्यवस्थित वा विशिष्ट थिएनन्, र ती लेखिएका थिएनन्, न त ती नियम बनेका नै थिए। किनभने त्यस समयमा, परमेश्‍वरको योजना त्यति टाढासम्म पुगेको थिएन; परमेश्‍वरले मानिसलाई त्यो चरणमा ल्याउनुभएपछि मात्र, उहाँले व्यवस्थाको युगका ती नियमहरू बोल्न, र मानिसहरूलाई ती पूरा गर्न लगाउन थाल्न सक्‍नुभयो। यो एउटा आवश्यक प्रक्रिया थियो, र यसको परिणाम अपरिहार्य थियो। ती साधारण परम्परा र नियमहरूले मानिसलाई परमेश्‍वरको व्यवस्थापन कार्यका चरणहरू र उहाँको व्यवस्थापन योजनामा प्रकट भएका ईश्‍वरीय बुद्धिलाई देखाउँछ। उहाँको गवाही दिने मानिसहरूको समूह प्राप्त गर्नको लागि, र उहाँको जस्तै मन भएका मानिसहरूको समूह प्राप्त गर्नको लागि, सुरुवात गर्न कुन विषयवस्तु र साधन प्रयोग गर्ने, र निरन्तरताको लागि कस्ता साधनहरूको प्रयोग गर्ने र अन्त्य गर्नको लागि कस्ता साधनको प्रयोग गर्ने भनेर परमेश्‍वरलाई थाहा हुन्छ। मानिसभित्र के छ त्यो उहाँलाई थाहा हुन्छ, र मानिसमा के अभाव छ त्यो उहाँलाई थाहा हुन्छ। आफूले के प्रदान गर्नुपर्छ र कसरी मानिसलाई अगुवाइ गर्नुपर्छ भन्‍ने उहाँलाई थाहा छ र त्यसरी नै मानिसले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्‍ने पनि उहाँलाई थाहा छ। मानिस कठपुतली जस्तै हो: उसलाई परमेश्‍वरको इच्छाको बारेमा कुनै ज्ञान नभएको भए पनि परमेश्‍वरको व्यवस्थापन कामको अगुवाइमा, एकपछि अर्को चरण गर्दै आजसम्म आइपुग्‍नुबाहेक उसँग कुनै विकल्‍प थिएन। आफूले के गर्नुपर्छ भन्‍नेबारेमा परमेश्‍वरको हृदयमा कुनै पनि अस्पष्टता थिएन; उहाँको हृदयमा एकदम प्रस्ट र स्पष्ट योजना थियो, र सतहीदेखि गहनतर्फ अघि बढ्दै आफ्‍ना चरणहरू र योजनाहरूअनुसार नै उहाँले आफूले चाहनुभएको काम अघि बढाउनुभयो। उहाँले पछि आफूले गर्नुपर्ने कामको बारेमा कुनै सङ्केत नगर्नुभएको भए पनि, त्यसपछिका उहाँका कार्यहरू उहाँको योजनाअनुसार नै गरिँदै र अघि बढ्दै गए, जुन परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकटीकरण, र परमेश्‍वरको अख्तियार पनि हो। उहाँले व्यवस्थापन योजनाको जुनै चरणमा काम गरिरहनुभएको भए पनि, उहाँको स्वभाव र उहाँको सारले उहाँ स्वयमलाई प्रतिनिधित्व गर्छ। यो बिलकुलै सत्य कुरा हो। कामको युग, वा चरणको बाबजुत पनि, कहिल्यै परिवर्तन नहुने कुराहरू पनि छन्: परमेश्‍वरले कस्ता किसिमका मानिसहरूलाई प्रेम गर्नुहुन्छ, कस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ, उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबै परिवर्तन हुँदैनन्। परमेश्‍वरले व्यवस्थाको युगको क्रममा स्थापना गर्नुभएका यी नियम र सिद्धान्तहरू आजका मानिसहरूका लागि धेरै सरल र सतही देखिने भए पनि, र तिनलाई बुझ्न र प्राप्त गर्न सजिलो भए पनि, त्यसमा परमेश्‍वरको बुद्धि छ, र त्यसमा परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कुरा छ। यी साधारण देखिने नियमहरूभित्र मानवजातिप्रतिको परमेश्‍वरको जिम्मेवारी र वास्ता, साथसाथै उहाँका विचारहरूको अति उत्तम सार व्यक्त गरिएको छ, र यसरी मानिसहरूलाई वास्तवमै परमेश्‍वरले सबै थोकहरूमाथि शासन गर्नुहुन्छ र सबै थोकहरूलाई उहाँको हातले नै नियन्त्रण गर्छ भन्‍ने कुरा महसुस गराउँछ। मानवजातिले जत्ति नै ज्ञान हासिल गरे पनि, वा उसले जत्ति नै सिद्धान्त वा रहस्यहरू बुझे पनि, परमेश्‍वरको लागि यी कुनै पनि कुराले मानवजातिप्रतिको उहाँको प्रबन्ध, र नेतृत्वको स्थान लिन सक्दैन; मानवजाति सदासर्वदा परमेश्‍वरको मार्गदर्शन र परमेश्‍वरको व्यक्तिगत कार्यबाट अभिन्‍न हुनेछ। मानिस र परमेश्‍वरबीचको सम्बन्ध यस्तो अभिन्‍न छ। परमेश्‍वरले तँलाई एउटा आज्ञा, वा एउटा नियम दिनुभए पनि, वा उहाँको इच्छा बुझ्नका लागि तँलाई सत्यता प्रदान गर्नुभए पनि, उहाँले जेसुकै गर्नुभए पनि, परमेश्‍वरको उद्देश्य भनेको मानिसलाई सुन्दर भोलिको दिनतिर डोर्‍याउनु हो। परमेश्‍वरद्वारा बोलिएका वचनहरू र उहाँले गर्नुहुने कामहरू, दुवै उहाँको सारको एक पक्षको प्रकाश हो, र उहाँको स्वभाव र उहाँको बुद्धिको एक पक्षको प्रकाश हो; ती उहाँको व्यवस्थापन योजनाको अपरिहार्य चरण हुन्। यस कुरालाई नजरअन्दाज गर्नु हुँदैन! परमेश्‍वरले जे गर्नुहुन्छ त्यसमा उहाँको इच्छा हुन्छ; परमेश्‍वर गलत टिप्पणीहरूदेखि डराउनुहुन्‍न, न त उहाँबारे मानिसको कुनै धारणा वा विचारहरूसँग नै उहाँ डराउनुहुन्छ। उहाँले कुनै पनि व्यक्ति, पदार्थ, वा वस्तुको पावन्दीमा नपरी केवल आफ्नो काम गर्नुहुन्छ र आफ्नो व्यवस्थापन योजनाअनुसार आफ्नो व्यवस्थापनलाई जारी राख्‍नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्