Christian Dance | मानिसको पुत्र पृथ्वीमा आउनुहुन्छ | Praise Song

10 जुन 2024

पूर्वबाट विजुली चम्कन्छ, पश्चिमसम्मै चम्किन्छ।

मानिसको पुत्र पृथ्वीमा आउनुभएको छ।

देहधारी परमेश्‍वर, चीनमा देखा पर्नुहुँदै, काम गर्नुहुँदै,

उहाँ सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ।

उहाँले प्रत्येक राष्ट्रलाई हल्लाउँदै, सत्यता व्यक्त गर्नुभएको छ।

न्यायको काम परमेश्‍वरको घरबाट सुरु हुन्छ।

उहाँका वचनहरूमा अख्तियार छ, तिनले सबैको हृदयलाई विजय गर्छन्।

पूर्ण रूपमा विश्‍वस्त भई, तिनीहरू आराधनामा झुक्छन्।

सर्वशक्तिमान् परमेश्‍वर उहाँको महिमाको सिंहासनमा बस्नुभएको छ।

मानिसको पुत्र, पृथ्वीका सबै राष्ट्रहरूलाई हल्लाउँदै, देखा पर्नुभएको छ र उहाँले काम गर्नुभएको छ।

परमेश्‍वरका वचनहरू संसारभर फैलिन्छन्,

राज्यको युगको तुरही आवाज, संसारभर सुनिन्छ।

मानिसको पुत्र मण्डलीहरूमाझ बोल्नुहुन्छ र हिँड्नुहुन्छ,

उहाँका वचन र काम हामीमाझ छन्।

हामीमध्ये प्रत्येक परमेश्‍वरद्वारा डोऱ्याइएका, मलजल गरिएका छौँ,

हामीले उहाँका वचन खान्छौँ र पिउछौँ, उहाँसँग आमने-सामने छौँ।

परमेश्‍वरका न्यायका वचनहरू दुईधारे तरवार जस्तै छन्,

मानिसको भ्रष्टताको सत्यतालाई खुलासा र चिरफार गर्छन्।

न्याय र सजायले हाम्रो भ्रष्टता र विद्रोह धुन्छन्,

शैतानका शक्तिहरूबाट पूर्ण रूपमा मुक्ति दिन्छन्।

हामीले सत्यता र जीवन पाएका छौँ, हामी परमेश्‍वरलाई प्रशंसा चढाउँछौँ।

मानिसको पुत्र, पृथ्वीका सबै राष्ट्रहरूलाई हल्लाउँदै, देखा पर्नुभएको छ र उहाँले काम गर्नुभएको छ।

परमेश्‍वरका वचनहरू संसारभर फैलिन्छन्,

राज्यको युगको तुरही आवाज, संसारभर सुनिन्छ।

सर्वशक्तिमान् परमेश्‍वरले मानिसलाई न्याय गर्न र धुन सत्यता व्यक्त गर्नुहुन्छ।

उहाँले चीनमा विजेताहरूको एउटा समूह बनाउनुभएको छ।

परमेश्‍वरले शैतानलाई पराजित गर्दै, महिमा प्राप्त गर्नुहुन्छ।

उहाँका वचनहरू एक पछि अर्को गर्दै पूरा हुन्छन्।

मानिसको पुत्र, पृथ्वीका सबै राष्ट्रहरूलाई हल्लाउँदै, देखा पर्नुभएको छ र उहाँले काम गर्नुभएको छ।

परमेश्‍वरका वचनहरू संसारभर फैलिन्छन्,

राज्यको युगको तुरही आवाज, संसारभर सुनिन्छ, संसारभर सुनिन्छ।

स्वर्गदूतहरूका तुरहीहरू, स्वर्गदूतहरूका गीतहरू

यी सबैले परमेश्‍वरलाई महिमित तुल्याउन सेवा गर्छन्।

सर्वशक्तिमान् परमेश्‍वरले अनन्तकालसम्म, अनन्तकालसम्म पृथ्वीमा शासन गर्नुहुनेछ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्