Christian Dance | मानिसको पुत्र पृथ्वीमा आउनुहुन्छ | Praise Song

20 अक्टोबर 2024

बिजुली पूर्वबाट चम्किन्छ, र पश्चिमसम्मै चम्किन्छ।

मानिसको पुत्र पृथ्वीमा आउनुभएको छ।

उहाँ चीनमा देखा पर्नुभएको र काम गरिरहनुभएको देहधारी परमेश्‍वर हुनुहुन्छ।

उहाँ सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ।

सर्वशक्तिमान् परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ, पृथ्वीका सबै राष्ट्रलाई हल्लाउनुहुन्छ।

आखिरी दिनहरूको न्याय परमेश्‍वरको घरबाट सुरु भएको छ।

उहाँका वचन अख्तियारपूर्ण छन्, तिनले सबै जातिहरूको हृदय विजय गरेका छन्।

सबैजना पूर्ण रूपमा विश्‍वस्त छन्, तिनीहरू आराधनामा परमेश्‍वरसामु लम्पसार पर्छन्।

सर्वशक्तिमान् परमेश्‍वर उहाँको महिमाको सिंहासनमा बस्नुहुन्छ।

मानिसको पुत्र मण्डलीहरूमाझ वचनहरू बोल्नुहुन्छ र हिँड्नुहुन्छ,

उहाँ हामीमाझ बोल्नुहुन्छ र काम गर्नुहुन्छ।

हामी परमेश्‍वरद्वारा व्यक्तिगत रूपमै रेखदेख र मलजल गरिन्छौँ।

हामी उहाँका वचन पढ्छौँ, उहाँसँग आमने-सामने छौँ।

परमेश्‍वरका न्यायका वचनहरू धारिला दुईधारे तरवार जस्तै छन्,

मानिसको भ्रष्टताको सत्यतालाई खुलासा र चिरफार गर्छन्।

न्याय र सजायले हाम्रो विद्रोह र भ्रष्टता पखालेका छन्,

शैतानका शक्तिहरूबाट पूर्ण रूपमा मुक्ति दिन्छन्।

हामीले सत्यता र जीवन पाएका छौँ, हामी परमेश्‍वरलाई प्रशंसा चढाउँछौँ।

सर्वशक्तिमान् परमेश्‍वरले मानिसलाई न्याय गर्न र धुन सत्यता व्यक्त गर्नुहुन्छ।

उहाँले चीनमा विजेताहरूको एउटा समूह बनाउनुभएको छ।

उहाँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नुभएको छ र महिमा प्राप्त गर्नुभएको छ।

परमेश्‍वरका वचनहरू एक पछि अर्को गर्दै पूरा हुन्छन्।

मानिसको पुत्रको देखा पराइ र कामले सबै राष्ट्र र क्षेत्रहरूलाई हल्लाउँछ।

सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू संसारभर घोषणा गरिन्छन्।

महान् सेतो सिंहासनको न्यायलाई त्यसको सम्पूर्णतामा अघि बढाइएको छ,

राज्यको सुसमाचार संसारभरका देशहरूमा फैलिन्छ।

सर्वशक्तिमान् परमेश्‍वरले अनन्तकालसम्म पृथ्वीमा शासन गर्नुहुनेछ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्