Christian Dance | सर्वशक्तिमान् परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ | Praise Song

21 अक्टोबर 2024

सर्वशक्तिमान् परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ,

आखिरी दिनहरूको ख्रीष्ट देखा पर्नुभएको छ।

हामीले परमेश्‍वरको स्वर सुनेका छौँ र परमेश्‍वरसामु उठाइएका छौँ।

हामी हर दिन परमेश्‍वरको वचन खान्छौँ र पिउँछौँ,

र हामीले सत्यता बुझ्न थालेका छौँ र परमेश्‍वरलाई देखेका छौँ।

हाम्रा वर्षौँका आशा पूरा भएका छन्, र हामी अपार आशिषमा रमाउँछौँ।

परमेश्‍वर हाम्रा तिर्खाएका हृदयलाई पोषण दिँदै,

हामीलाई आपूर्ति र मलजल गर्न हर दिन बोल्नुहुन्छ।

परमेश्‍वरको वचनको खुलासा र न्यायले हाम्रा हृदय कब्जा गरेका छन्।

परमेश्‍वरको वचनको मार्गदर्शन र अगुवाइका साथ,

हामी परमेश्‍वरसामु जिउन सक्षम भएका छौँ।

हामी सत्यता बुझ्दा रमाउँछौँ;

सर्वशक्तिमान् परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ।

परमेश्‍वरको वचनद्वारा न्याय गरिएपछि र सजाय दिइएपछि, म परमेश्‍वरसामु लम्पसार पर्छु।

म कति भ्रष्ट छु, र मसँग मानव रूप छैन भन्ने देख्छु।

म परमेश्‍वरको धर्मी स्वभाव जान्दछु र मेरो हृदय पछुतोले भरिन्छ।

परमेश्‍वरको न्याय नभएको भए, म जिउन अयोग्य हुनेथिएँ।

परमेश्‍वरको न्याय र सजाय साँच्चै बहुमूल्य छन्,

र तिनले मलाई मुक्ति पाउने अवसर प्रदान गरेका छन्।

म परमेश्‍वरलाई उहाँको न्याय र परीक्षाका लागि धन्यवाद दिन्छु,

किनभने यिनले मलाई पश्चात्ताप गर्ने समय दिएका छन्।

परीक्षा र शोधनहरूमा, परमेश्‍वरको वचन मेरो छेउमै रहन्छ।

म एक्लो वा त्यागिएको महसुस गर्दिनँ, न त पीडा नै महसुस गर्छु।

मैले परमेश्‍वरलाई पछ्याउँदा चाहे जतिसुकै कष्ट भोगे पनि,

मैले परमेश्‍वरको मुक्ति प्राप्त गरेको छु।

आजको दिनमा मैले परमेश्‍वरको अत्यन्तै धेरै प्रेमको आनन्द उठाएकोले,

मैले उहाँको ऋण तिर्न सक्दो गर्नुपर्छ।

म परमेश्‍वरलाई आफ्नो बफादारी अर्पण गर्न,

अनि मेरो जीवन परमेश्‍वरको घोषणा गर्न र गवाही दिनहेतु बिताउन इच्छुक छु।

सर्वशक्तिमान् परमेश्‍वर महिमा र प्रशंसा योग्य हुनुहुन्छ,

र उहाँ मानिसको प्रेम योग्य हुनुहुन्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्