Christian Song | संसार ढल्दैछ, राज्यले आकार लिइरहेको छ

18 अगस्ट 2021

संसार दिन-प्रतिदिन टुक्रा-टुक्रा हुँदैछ, र मानवजाति दिन-प्रतिदिन नष्ट हुँदैछ।

बितेर जाने हरेक दिनसँगै परमेश्‍वरको राज्यले आकार लिँदैछ,

र परमेश्‍वरका ज्येष्ठ पुत्रहरू वृद्धि हुँदैछन्।

दिन-प्रतिदिन, परमेश्‍वरको क्रोध बढ्दैछ,

उहाँका सजायहरू झन्-झन् प्रचण्ड हुँदैछन्,

र उहाँका वचनहरू झन्-झन् कठोर हुँदैछन्।

तिमीहरू अझै पनि उहाँले तिमीहरूसँग नरम बोलून,

र उहाँको स्वर नरम होस् भनेर पर्खिरहेका छौ, तर फेरि सोच!

उहाँले प्रेम गर्नेहरूका लागि, परमेश्‍वरको स्वर कोमल र सधैँ सान्त्वना दिने किसिमको हुन्छ,

तर तिमीहरूलाई त परमेश्‍वरले कठोरता र न्याय मात्रै देखाउन सक्नुहुन्छ,

त्यसमाथि उहाँले सजाय र क्रोध थप्नुहुन्छ।

कसैलाई थाहै नभई,

संसारको हरेक देशको स्थिति झन्-झन् तनावग्रस्त भइरहेको छ,

र दिन-प्रतिदिन टुक्रिँदै कोलाहलमा गिरिरहेको छ।

हरेक देशका नेताहरूले अन्त्यमा शक्ति पाउने आशा गर्छन्।

हरेक देशका नेताहरूले अन्त्यमा शक्ति पाउने आशा गर्छन्।

परमेश्‍वरका सजाय तिनीहरूमा पहिले नै आइसकेको छ भन्‍ने तिनीहरूलाई थाहै छैन।

तिनीहरू परमेश्‍वरको शक्ति जफत गर्न चाहन्छन् —तर तिनीहरूको त्यो इच्‍छा त कल्‍पना मात्र हो!

सबै थोकमाथि शासन गर्न योग्य परमेश्‍वर मात्र हुनुहुन्छ।

सबै कुरा उहाँमा नै भर पर्छ।

परमेश्‍वरको छानबिन गर्ने जो-कसैलाई उहाँले तुरुन्तै प्रहार गर्नुहुनेछ,

किनभने उहाँको काम यहाँसम्‍म आइपुगेको छ।

हरेक दिन नयाँ प्रकाश देखिन्छ; हरेक दिन नयाँ ज्योति आउँछ।

सबै थोक झन्-झन् पूर्ण हुँदैछन्।

शैतानको अन्तिम दिन झन्-झन् नजिक आउँदैछ र यो झन्-झन् स्पष्ट हुँदैछ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्