2021 Christian Praise Song | म हरेक दिन परमेश्‍वरसँगै हुन पाए हुन्थ्यो

2021 Christian Praise Song | म हरेक दिन परमेश्‍वरसँगै हुन पाए हुन्थ्यो

45 |13 मे 2021

हामी परमेश्‍वरबाट बिदा हुँदा, उहाँको अनुहारमा मुस्कान थियो।

उहाँले फर्केर हामीतिर हात हल्लाउनुभयो, मौन आँसु झार्दै हामीले उहाँ जानुभएको हेर्यौं।

मण्डलीहरूलाई उहाँको खाँचो थियो, त्यसैले मैले उहाँलाई बस्‍ने कर गर्न सकिनँ।

उहाँ हिँड्दै टाढा जाँदै गर्दा, मैले उहाँलाई पछाडिबाट हेरिरहेँ, मैले उहाँका अर्तीहरूलाई मेरो हृदयमा राखेँ।

जब म कमजोर बन्छु, म परमेश्‍वरले चुकाउनुभएको मूल्यको बारेमा विचार गर्छु।

मानिसको हेरचाह गर्ने परमेश्‍वरको प्रेम अनि उहाँका शक्तिशाली वचनहरूले

मेरो हृदयलाई उत्साह र न्यानोपन दिन्छ, म परमेश्‍वरप्रति अत्यन्तै ऋणी भएको महसुस गर्छु।

मैले मेरो देहबारे धेरै वास्ता गरेकोमा म आफैलाई घृणा गर्छु, र म उहाँको अघि जिउन योग्यको छैन भन्‍ने मलाई लाग्छ।

जब-जब म परमेश्‍वरको प्रेमबारे सोच्छु, मेरो हृदय दुई गुणा बढी उत्साहित हुन्छ।

परमेश्‍वरको प्रेमको ऋण तिर्न म मेरो कर्तव्य पूरा गर्न चाहन्छु, र मेरो कद अत्यन्तै सानो छ भन्‍ने मलाई लाग्छ।

म कहिले बढेर परमेश्‍वरको गवाही दिन र उहाँको सेवा गर्न सक्‍ने व्यक्ति बन्‍नेछु?

मैले परमेश्‍वरको वचन अभ्यास गर्ने सङ्कल्‍प गरेको छु ताकि मेरो जीवन चाँडै वृद्धि होस्।

म कति परमेश्‍वरको छेउमा हुन र उहाँको सामुन्ने धेरै आत्मविश्‍वास प्रस्तुत गर्न चाहन्छु।

हामी सँगै हुँदाको दृश्य सम्झिँदा, मेरो हृदय मीठो आनन्दले भरिन्छ।

हामीलाई सत्यता र जीवन प्रदान गर्दै परमेश्‍वर मानिसको बीचमा नम्र भई जिउनुहुन्छ।

हामी हाम्रो हृदयबाटै उहाँलाई कदर गर्छौं, र हरेक दिन उहाँको तृष्णा गर्छौं।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्