इसाई गीत | मूल मानवजाति आत्मा सहितका जीवित प्राणीहरू थिए

23 अक्टोबर 2020

सुरुमा परमेश्‍वरले मानवजातिलाई बनाएँ;

अर्थात् परमेश्‍वरले मानवजातिको पुर्खा आदमलाई बनाउनुभयो।

ऊ बल, तेजले भरिएको स्वरूप र प्रतिरूपले सुसम्पन्‍न थियो,

यसका अतिरिक्त, ऊ परमेश्‍वरको महिमाको सहभागितामा थियो।

परमेश्‍वरले मानिसलाई बनाउनुभएको त्यो दिन महिमित दिन थियो।

त्यसपछि, आदमको शरीरबाट हव्वालाई बनाइयो,

र तिनी पनि मानिसकी पुर्खा थिइन्,

र यसरी परमेश्‍वरले सृष्टि गर्नुभएका मानिसहरू उहाँकै सासले भरिए

र उहाँको महिमाले भरिपूर्ण भए।

आदम मूलरूपमा परमेश्‍वरकै हातबाट जन्मिएको थियो

र परमेश्‍वरको स्वरूपको प्रतिनिधि थियो।

यसैले “आदम” को मूल अर्थ परमेश्‍वरद्वारा बनाइएको, परमेश्‍वरको जीवनशक्तिद्वारा ओतप्रोत भएको,

परमेश्‍वरको महिमाले ओतप्रोत भएको,

परमेश्‍वरकै स्वरूप र प्रतिरूप भएको, आत्मा र सास भएको भन्‍ने थियो।

ऊ आत्मा भएको, परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्‍ने,

परमेश्‍वरको प्रतिरूप भएको र परमेश्‍वरको सास भएको सृष्टि गरिएको एक मात्र प्राणी थियो।

ऊ आत्मा भएको, परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्‍ने,

परमेश्‍वरकै प्रतिरूप भएको र परमेश्‍वरकै सास भएको सृष्टि गरिएको एक मात्र प्राणी थियो।

सुरुमा, हव्वाचाहिँ सास प्राप्त गरेकी दोस्री मानव थिइन् जसको सृष्टि परमेश्‍वरले नै ठहराउनुभयो,

यसैले “हव्वा” को मूल अर्थ परमेश्‍वरको महिमालाई निरन्तरता दिने,

उहाँकै जीवनशक्तिद्वारा भरिएकी र यसको अतिरिक्त उहाँको महिमाले भरिएकी भन्‍ने हुन्छ।

हव्वा आदमबाट आई,

त्यसैले उसमा पनि परमेश्‍वरको प्रतिरूप थियो,

किनकि ऊ परमेश्‍वरको प्रतिरूपमा सृजिएकी दोस्री मानव थिइन्।

“हव्वा” को मूल अर्थ आत्मा, शरीर र हाड भएकी जीवित मानव भन्‍ने थियो,

जो मानवजातिको बीचमा परमेश्‍वरको दोस्रो गवाहीका हुनुका साथै उहाँको दोस्रो प्रतिरूप पनि थिइन्।

तिनीहरू मानवजातिका पुर्खाहरू, मानिसका शुद्ध र बहुमूल्य सम्पत्ति,

र सुरुबाट नै आत्मा भएका जीवित प्राणीहरू थिए।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्