Christian Praise Song | परमेश्‍वरलाई सबैभन्दा बहुमूल्य बलिदान चढाउनु

29 नोभेम्बर 2020

वर्षौं बितेपछि,

शोधन र सजायको कष्ट अनुभव गरिसकेपछि,

मानिस जीर्ण बनेको छ।

मानिसले विगतका समयहरूको “महिमा” र “रोमान्स” लाई गुमाएको भए तापनि,

उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू बुझ्‍न पुगेको छ,

र मानवजातिलाई मुक्त गर्ने परमेश्‍वरको वर्षौंको लगाबलाई बुझ्‍न पुगेको छ।

मानिसले उसको आफ्‍नो जङ्गलीपनलाई बिस्तारै घृणा गर्न सुरु गर्छ।

ऊ कति असभ्य छ त्यस कुरा,

परमेश्‍वरप्रतिको उसका सबै गलत बुझाइहरू,

र उहाँलाई उसले गरेका अनुचित मागहरूलाई उसले घृणा गर्न थाल्छ।

समयलाई पछाडि फर्काउन सकिँदैन।

विगतका घटनाहरू मानिसका अपसोचपूर्ण यादहरू बन्छन्,

र परमेश्‍वरका वचनहरू र प्रेम मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति बन्छ।

समयलाई पछाडि फर्काउन सकिँदैन।

विगतका घटनाहरू मानिसका अपसोचपूर्ण यादहरू बन्छन्,

र परमेश्‍वरका वचनहरू र प्रेम मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति बन्छ।

दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको सामर्थ्य फर्की आउछ र…

उहाँ सँधै नै उसकै साथमा हुनुहुँदो रहेछ,

अनि उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ भन्‍ने पत्ता लगाउन,

ऊ खडा भएर सर्वशक्तिमान्‌को अनुहारमा हेर्छ।

उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिप्रति चिन्ता गर्छ,

र उहाँका हातहरू प्रारम्‍भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्।

यो चाहिँ मानिस अदनको बगैंचामा फर्केजस्तै हुन्छ,

तैपनि यस पटक मानिसले त्यस उप्रान्त सर्पको बहकाउलाई सुन्दैन

र त्यस उप्रान्त यहोवाको नजरबाट फर्कँदैन।

मानिस परमेश्‍वरको अघि घुँडा टेक्छ,

परमेश्‍वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ,

र उसको सबैभन्दा बहुमूल्‍य बलिदान चढाउँछ—

अहो! हे मेरा प्रभु, मेरा परमेश्‍वर!

मानिस परमेश्‍वरको अघि घुँडा टेक्छ,

परमेश्‍वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ,

र उसको सबैभन्दा बहुमूल्‍य बलिदान चढाउँछ—

अहो! हे मेरा प्रभु, मेरा परमेश्‍वर!

मानिस परमेश्‍वरको अघि घुँडा टेक्छ,

परमेश्‍वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ,

र उसको सबैभन्दा बहुमूल्‍य बलिदान चढाउँछ—

अहो! हे मेरा प्रभु, मेरा परमेश्‍वर!

अहो! हे मेरा प्रभु, मेरा परमेश्‍वर!

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्