परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९३

24 अप्रिल 2021

परमेश्‍वरको कामको उद्देश्य, मानिसमा उहाँको कामले हासिल गर्ने प्रतिफल, र मानिसको लागि उहाँको इच्छा खास के हो त्यसलाई बुझ्‍नु: परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले प्राप्त गर्नु पर्ने यही नै हो। आजकाल सबै मानिसहरूमा भएको कमी भनेको परमेश्‍वरको कामको ज्ञान नहुनु हो। संसारको सृष्टिदेखि वर्तमान समयसम्म, मानिसहरूमा परमेश्‍वरले गर्नुभएका कार्यहरू, परमेश्‍वरका कामको सम्पूर्णता, र मानिसको लागि परमेश्‍वरको इच्छा खास के हो-यी चीजहरू मानिसले न त बुझ्छ न त बोध गर्छ। यो अपर्याप्तता धार्मिक दुनियाँभरि मात्र होइन कि, परमेश्‍वरमा विश्‍वास गर्ने अन्य सबैमा पनि देखिन्छ। जब तैँले साँच्चिकै परमेश्‍वरलाई देख्‍ने, तैँले यथार्थमै उहाँको बुद्धिको सराहना गर्ने, तैँले परमेश्‍वरले गर्नुभएका सबै कार्यहरू देख्‍ने, तैँले परमेश्‍वर जे हुनुहुन्छ र उहाँसँग जे छ त्यो चिन्‍ने दिन आउँछ—जब तैँले उहाँको उदारता, बुद्धि, आश्‍चर्यता, र मानिसहरूमा उहाँले गर्नुभएका सबै देखेको हुन्छस्—त्यसपछि मात्र परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले सफलता प्राप्त गरेको हुनेछस्। जब परमेश्‍वर सर्व-व्यापी र सर्व-उदार हुनुहुन्छ भनिन्छ, कुन तरिकाले उहाँ सर्व-व्यापी हुनुहुन्छ, र कुन तरिकाले उहाँ सर्व-उदार हुनुहुन्छ? यदि तैँले यो बुझ्‍दैनस् भने, तँ परमेश्‍वरलाई विश्‍वास गर्न योग्य हुन सक्नेछैनस्। धार्मिक दुनियाँका ती व्यक्तिहरू परमेश्‍वरका विश्‍वासीहरू होइनन् तर कुकर्मीहरू हुन्, दियाबलसकै वर्गका हुन् भनेर म किन भन्छु? जब म तिनीहरू कुकर्मीहरू हुन् भनी भन्छु, यसको कारण हो, उनीहरू परमेश्‍वरको इच्छा बुझ्दैनन् र उहाँको बुद्धि देख्न असमर्थ छन्। परमेश्‍वरले कुनै पनि बेला उनीहरूलाई आफ्नो काम प्रकट गर्नुहुन्‍न। उनीहरू अन्धा छन्; उनीहरूले परमेश्‍वरका कार्यहरू देख्न सक्दैनन्, उनीहरू परमेश्‍वरद्वारा त्यागिएका छन्, र उनीहरूमा परमेश्‍वरको हेरचाह र सुरक्षाको पूर्णरूपमा अभाव छ, पवित्र आत्माको कामको त उल्लेखै नगरौं। परमेश्‍वरको काम विहीनहरू सबै कुकर्मीहरू हुन् र परमेश्‍वरका विरोधीहरू हुन्। मैले उल्‍लेख गर्ने परमेश्‍वरका विरोधीहरूले तिनीहरूलाई जनाउँछ जसले परमेश्‍वरलाई चिन्दैनन्, जसले आफ्ना ओठहरूले परमेश्‍वरलाई स्वीकार गर्छन् तर पनि उहाँलाई चिन्दैनन्, जो परमेश्‍वरलाई पछ्याउँछन् र तर पनि उहाँको आज्ञापालन गर्दैनन्, र जो परमेश्‍वरको अनुग्रहमा आमोद-प्रमोद गर्छन् तर पनि उहाँको साक्षीको रूपमा खडा हुन सक्दैनन्। परमेश्‍वरको कामको उद्देश्यको बुझाई विना वा मानिसमा परमेश्‍वरले गर्नुहुने कामको बुझाई विना, ऊ परमेश्‍वरको इच्छा अनुसार हुन सक्दैन, न त ऊ परमेश्‍वरको साक्षीको रूपमा खडा हुन नै सक्छ। मानिसले परमेश्‍वरको विरोध गर्ने कारण एकातिर, उसको भ्रष्ट स्वभावबाट, र अर्कोतिर, परमेश्‍वर सम्‍बन्धी उसको अज्ञानताबाट र परमेश्‍वरले जुन सिद्धान्तहरूद्वारा काम गर्नुहुन्छ त्यसको र मानिसको लागि उहाँको इच्छा के छ त्यसको बुझाइको अभावबाट उत्पन्न हुन्छ। यी दुई पक्षहरूले, सँगै, परमेश्‍वर विरुद्ध मानिसको प्रतिरोधको इतिहासलाई निर्माण गर्छ। विश्‍वासमा नयाँ हुनेहरूले परमेश्‍वरको विरोध गर्छन् किनकि यस्ता विरोध उनीहरूको प्रकृतिभित्रै हुन्छ, यद्यपि विश्‍वासमा धेरै वर्ष रहेकाहरूले परमेश्‍वरलाई गर्ने विरोध उनीहरूको भ्रष्ट स्वभावका अतिरिक्त उहाँ सम्‍बन्धी उनीहरूको अज्ञानताबाट निस्कन्छ। परमेश्‍वर देहधारी हुनुभन्दा अघिको समयमा, मानिसले परमेश्‍वरको विरोध गरे नगरेको मापन स्वर्गमा परमेश्‍वरले घोषणा गर्नुभएका आदेशहरूलाई उसले मान्यो कि मानेन त्यसमा आधारित हुन्थ्यो। उदाहरणको लागि, व्यवस्थाको युगमा, जसले यहोवाका व्यवस्था पालन गर्दैनथ्यो उसलाई परमेश्‍वरको विरोध गर्ने ठानिन्थ्यो; जसले यहोवाका भेटीहरू चोरी गर्थ्यो, वा जो यहोवाको निगाह प्राप्त गरेकाहरू विरुद्ध उभिन्थ्यो, उसलाई परमेश्‍वरको विरोध गर्ने व्यक्ति मानिन्थ्यो र ढुङ्गाले हानेर मारिन्थ्यो; जसले आफ्ना बाबु-आमालाई आदर गर्दैनथियो, र जसले अर्कोलाई हिर्काउथ्यो वा श्राप दिन्थ्यो, उसलाई व्यवस्था पालन नगर्ने व्यक्ति मानिन्थ्यो। र ज-जसले यहोवाका नियमहरू पालन गर्दैनथिए उनीहरूलाई उहाँ विरुद्ध खडा हुनेहरूको रूपमा लिइन्थ्यो। अनुग्रहको युगमा उप्रान्त त्यस्तो रहेन, जो येशू विरुद्ध उभिन्थ्यो उसलाई परमेश्‍वरको विरुद्ध उभिएको मानिएन, र येशूद्वारा बोलिएका वचनहरू पालन नगर्नेलाई परमेश्‍वर विरुद्ध उभिएको मानिएन। यो समयमा, परमेश्‍वरको विरोधलाई परिभाषित गरिएको तरीका बढी यथार्थ र बढी व्यावहारिक भयो। त्यो समयमा जब परमेश्‍वर अझसम्म देहधारी हुनुभएको थिएन त्यस बेला, मानिसले परमेश्‍वरको विरोध गरे नगरेको मापन मानिसले स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरलाई आराधना गर्यो कि गरेन र खोजी गर्यो कि गरेन त्यसमा आधारित हुन्थ्यो। त्यो समयमा परमेश्‍वरको विरोधलाई परिभाषित गर्ने तरीका त्यति व्यवहारिक थिएन, किनकि मानिसले परमेश्‍वरलाई देख्न सक्दैनथियो, न त परमेश्‍वरको प्रतिरूप कस्तो छ, वा उहाँले कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्‍ने नै उसलाई थाहा थियो। परमेश्‍वरको बारे मानिसमा कुनै धारणा थिएन, र उसले अस्पष्ट रूपले परमेश्‍वरमा विश्‍वास गर्थ्यो, किनकि परमेश्‍वर मानिसको अघि अझसम्म प्रकट हुनुभएको थिएन। तसर्थ, मानिसले उसको कल्पनामा परमेश्‍वरमा जसरी विश्‍वास गरे पनि, परमेश्‍वरले मानिसलाई निन्दा गर्नुभएन वा उसबाट अति धेरै अपेक्षाहरू राख्नुभएन, किनकि मानिस परमेश्‍वरलाई देख्न पूर्णतः असमर्थ थियो। जब परमेश्‍वर देहधारी हुनुहुन्छ र मानिसहरूबीच काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र सबैले ती कार्यहरू देख्छन् जुन परमेश्‍वरले उहाँको देहधारी शरीरभित्रबाट गर्नुहुन्छ। त्यो क्षणमा, मानिसका सबै धारणाहरू फिँजजस्तै बन्छन्। जसले परमेश्‍वर शरीरमा प्रकट हुनुभएको देखेका छन्, यदि उनीहरूले स्वेच्छाले उहाँको आज्ञा पालन गर्छन् भने तिनीहरूलाई दोषी ठहराइनेछैन, जब कि उद्देश्यपूर्ण तरिकाले उहाँको विरुद्ध खडा हुनेहरूलाई परमेश्‍वरको विरोधी ठानिनेछ। यस्ता मानिसहरू ख्रीष्ट विरोधी, शत्रुहरू हुन् जो जानीबूझी परमेश्‍वरको विरुद्ध उभिन्छन्। जो परमेश्‍वरबारे धारणाहरू मनमा राख्छन् तर उहाँको आज्ञापालन गर्न अझै तत्पर र इच्छुक हुन्छन्, उनीहरूलाई दोषी ठहराइनेछैन। परमेश्‍वरले मानिसलाई उसका अभिप्रायहरू र व्यवहारका आधारमा दोषी ठहराउनुहुन्छ, उसका सोचाइहरू र विचारहरूका आधारमा कहिल्यै त्यसो गर्नुहुन्‍न। यदि परमेश्‍वरले मानिसलाई उसका सोचाइहरू र विचारहरूका आधारमा निन्दा गर्नुहुन्थ्यो भने, परमेश्‍वरका क्रोधित हातहरूबाट एक जना पनि फुत्किन सक्दैनथियो। देहधारी परमेश्‍वरको विरुद्ध जानीबूझी खडा हुनेहरू आफ्ना अनाज्ञाकारीताको लागि दण्डित हुनेछन्। परमेश्‍वर विरुद्ध जानीबूझी उभिने यस्ता मानिसहरूको सम्बन्धमा, उनीहरूको प्रतिरोध यो तथ्यबाट उत्पन्न हुन्छ कि परमेश्‍वरबारे उनीहरूले मनमा धारणा राख्छन्, जसले उनीहरूलाई परमेश्‍वरको काम अवरोध गर्ने काम गर्ने तुल्याउँछ। यी मानिसहरूले परमेश्‍वरको कामलाई जानाजान अवरोध र नष्ट गर्छन्। उनीहरूसँग परमेश्‍वरबारे धारणाहरू मात्र हुँदैन, तर उनीहरू उहाँको कामलाई अवरोध गर्ने क्रियाकलापहरूमा समेत संलग्न हुन्छन्, र यही कारणले यस प्रकारका मानिसहरू दोषी ठहरिनेछन्। जसले जानीबूझी परमेश्‍वरको कामलाई अवरोध गर्दैनन् उनीहरू पापीको रूपमा दोषी ठहरिनेछैनन्, किनकि उनीहरू स्वेच्छाले आज्ञा पालन गर्छन् र अवरोध र बाधा पैदा गर्ने क्रियाकलापहरूमा संलग्न हुँदैनन्। यस्ता मानिसहरूलाई दोषी ठहराइनेछैन। तथापि, जब मानिसहरूले परमेश्‍वरका कामको अनुभव धेरै वर्षदेखि गरेका हुन्छन्, यदि उनीहरू निरन्तर रूपमा परमेश्‍वरबारे मनमा धारणाहरू राख्छन् र देहधारी परमेश्‍वरको कामलाई बुझ्न सक्दैनन् भने, र यदि, जति धेरै वर्ष उनीहरूले उहाँको कामलाई अनुभव गरेका भए पनि, उनीहरू परमेश्‍वरबारे धारणाहरूले निरन्‍तर भरिन्छन् र अझै उहाँलाई बुझ्न सक्दैनन् भने, यदि उनीहरू अवरोधजनक क्रियाकलापहरूमा संलग्न नभए पनि, उनीहरूको हृदय परमेश्‍वरबारे धेरै धारणाहरूले भरिएका छन्, र यदि ती धारणाहरू प्रस्ट भएनन् भने पनि, यस प्रकारका मानिसहरू परमेश्‍वरको कामको लागि कुनै प्रयोगका हुँदैनन्। उनीहरू परमेश्‍वरको लागि सुसमाचार फैलाउन वा उहाँको साक्षीको रूपमा खडा हुन असमर्थ छन्। यस प्रकारका मानिसहरू बेकामका र अल्पबुद्धिका हुन्छन्। उनीहरूले परमेश्‍वरलाई चिन्दैनन्, यसका अलाबा उहाँ बारेका उनीहरूका धारणाहरू फाल्न पूर्ण रूपमा असमर्थ छन्, त्यसैले उनीहरू दोषी ठहरिन्छन्। यसलाई यसप्रकार भन्न सकिन्छ: विश्‍वासमा नयाँ हुनेहरूले परमेश्‍वरबारे धारणाहरू लिनु वा उहाँबारे केही पनि नजान्‍नु सामान्य कुरा हो, तर जसले परमेश्‍वरमा धेरै वर्षदेखि विश्‍वास गरेको छ र उहाँका असल कामको अनुभव गरेको छ, यस्ता व्यक्तिले धारणाहरूलाई निरन्तर पक्रिराख्‍नु सामान्य हुँदैन, र यस्ता व्यक्तिहरूले परमेश्‍वरका बारे कुनै ज्ञान नराख्नु अझ कम सामान्य हुनेछ। किनभने उनीहरूलाई सामान्य स्थितिमा दोषी ठहराइँदैन। यी असामान्य मानिसहरू सबै फोहोर हुन्; यिनीहरू परमेश्‍वरलाई सबैभन्दा धेरै विरोध गर्नेहरू हुन् र जसले व्यर्थमा परमेश्‍वरको अनुग्रह उपभोग गरेका छन्। यस्ता सबै मानिसहरूलाई अन्त्यमा हटाइनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्