परमेश्‍वरका दैनिक वचनहरू | “आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?” | अंश २८४

परमेश्‍वरका दैनिक वचनहरू | “आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?” | अंश २८४

0 |27 सेप्टेम्बर 2020

परमेश्‍वरका कार्यहरू सदैव अघि बढिरहन्छन्, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने तरीका नित्य परिवर्तन हुन्छ, जसको आशय के हो भने परमेश्‍वरलाई पछ्याउनेहरू पनि नित्य परिवर्तन भइरहन्छन्। परमेश्‍वरले जति धेरै काम गर्नुहुन्छ उत्ति नै परमेश्‍वरबारे मानिसको ज्ञान पनि पूर्ण हुन्छ। परमेश्‍वरको कामको जागरणमा मानिसको स्वभावमा पनि सोही अनुरूपको परिवर्तनहरू आउँछन्। तैपनि, परमेश्‍वरको काम सदैव परिवर्तन भइरहने हुनाले पवित्र आत्माको काम नजान्नेहरू र सत्यता नचिन्ने ती अर्थहीन मानिसहरूले परमेश्‍वरलाई विरोध गर्न थाल्छन्। परमेश्‍वरको काम मानिसको धारणाअनुसार कहिल्यै हुँदैन, किनभने उहाँको काम सदैव नयाँ हुन्छ र पुरानो कहिल्यै हुँदैन र उहाँ पुरानो कामलाई कहिल्यै पनि दोहोर्‍याउनुहुन्न, बरु यस अघि कहिल्यै नभएका कामहरू गर्दै अघि बढ्नुहुन्छ। परमेश्‍वरले आफ्नो काम कहिल्यै नदोहोर्‍याउनुहुने भएकोले र मानिसले परमेश्‍वरको हालको कामलाई उहाँले विगतमा गर्नुभएको कामको आधारमा सँधै न्याय गर्ने भएकोले नयाँ युगको कामको हरेक चरणलाई कार्यान्वयन गर्न परमेश्‍वरलाई अत्यन्त कठिन भएको छ। मानिससित अत्यन्तै धेरै जटिलताहरू छन्! ऊ उसको सोचाइमा अत्यन्त रूढिवादी छ! परमेश्‍वरको कामलाई कसैले जान्दैन, तैपनि हरेकले यसलाई सीमित गर्छ। जब मानिसले परमेश्‍वरलाई छोड्छ, तब उसले जीवन, सत्य, र परमेश्‍वरको आशिष्‌ गुमाउँछ, तैपनि उसले न जीवन न त सत्यतालाई नै स्वीकार गर्छ, परमेश्‍वरले मानवजातिलाई दिनुहुने अझै ठूलो आशिष्‌ स्वीकार गर्नु त परै जाओस्। सबै मानिसहरूले परमेश्‍वरलाई पाउन चाहन्छन्, तैपनि परमेश्‍वरको काममा हुने कुनै पनि परिवर्तन सहन असक्षम हुन्छन्। परमेश्‍वरको नयाँ कामलाई स्वीकार नगर्नेहरूले परमेश्‍वरको काम अपरिवर्तनशील हुन्छ, यो सदैव अचल रहन्छ भन्ने विश्‍वास गर्छन्। तिनीहरूको विश्‍वासमा, तिनीहरूले परमेश्‍वरबाट मुक्ति पाउनलाई गर्नुपर्ने काम भनेको नै व्यवस्था पालन गर्नु हो, र तिनीहरूले आफ्ना पापहरू स्वीकार गरेसम्म र पश्‍चात्ताप गरेसम्म, परमेश्‍वरको इच्छा सदैव पूरा हुनेछ। तिनीहरू परमेश्‍वर व्यवस्थाको मातहतमा हुने परमेश्‍वर र मानिसको निम्ति क्रूस टाँगिएको परमेश्‍वर मात्र हुन सक्नुहुन्छ भन्ने धारणाका हुन्छन्; परमेश्‍वरले बाइबललाई अतिक्रमण गर्नु हुन्न र गर्न सक्नुहुन्‍न भन्ने पनि तिनीहरूको धारणा हुन्छ। यी नै धारणाहरूले तिनीहरूलाई पुरानो व्यवस्थाको जन्जिरमा जोडसँग पारेको छ र मृत नियमहरूमा जकडाएको छ। परमेश्‍वरको काम जस्तोसुकै नयाँ होस् यसलाई अगमवाणीहरूले पुष्टि गर्नुपर्छ र यस्ता कार्यको हरेक चरणमा साँचो हृदयले पछ्याउनेहरूलाई प्रकाशहरू पनि प्रकट गरिनु नै पर्छ, नत्र यस्तो काम परमेश्‍वरको काम हुन सक्दैन भनी विश्‍वास गर्नेहरू पनि छन्। परमेश्‍वरलाई चिन्नु मानिसको निम्ति सजिलो काम होइन। मानिसको निरर्थक हृदयको अतिरिक्त स्व-महत्त्व र स्व-अहङ्कार भएको उसको विद्रोही स्वभावलाई लिँदा उसलाई परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्नु अझ धेरै कठिन हुन्छ। मानिसले न त परमेश्‍वरको नयाँ कामलाई सावधानीपूर्वक विचार गर्छ, न यसलाई नम्रतासँग स्वीकार गर्छ; बरु, उसले परमेश्‍वरबाट प्रकाश र मार्गदर्शनको प्रतीक्षा गर्ने क्रममा उसले घृणाको धारणा अङ्गीकार गर्छ। के यो परमेश्‍वरको विरुद्ध विद्रोह गर्ने र उहाँको विरोध गर्नेहरूको आचरण होइन र? यस्ता मानिसहरूले परमेश्‍वरको स्वीकृति कसरी प्राप्‍त गर्न सक्छन्?

यहोवेको काम अनुग्रहको युगको पछि परेको छ भनी येशूले भन्नुभयो, त्यसरी नै येशूको काम पनि पछि परेको छ भनी आज म भन्छु। यदि अनुग्रहको युग नभइ व्यवस्थाको युगमा मात्र भएको थियो भने, येशू क्रूसमा टाँगिनुहुनेथिएन र सबै मानवजातिलाई छुटकारा दिन सक्नुहुन्नथ्यो। यदि व्यवस्थाको युग मात्र भइदिएको भए, के मानवजाति आजको दिनसम्म आइपुग्न सक्थे? इतिहास अघि बढ्छ, अनि के इतिहास परमेश्‍वरको कामको प्राकृतिक व्यवस्था होइन र? के यो सारा ब्रम्हाण्डभरि मानिसप्रतिको उहाँको व्यवस्थापनको चित्रण होइन र? इतिहास अघि बढ्छ, त्यसरी नै परमेश्‍वरको काम पनि अघि बढ्छ। परमेश्‍वरको इच्छा निरन्तर परिवर्तन भइरहन्छ। उहाँ छ हजार वर्षसम्म कामको एकै चरणमा रहन सक्‍नुहुन्‍नथियो, किनभने परमेश्‍वर सदैव नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भन्ने कुरा सबैलाई थाहा छ, सम्भवतः उहाँले क्रूसमा मारिने काम एक, दुई, तीन... पटक गरिरहन सक्नुहुन्‍नथियो। यस्तो सोच्नु हास्यास्पद कुरा हुनेथियो। परमेश्‍वरले उही काम गरिरहनुहुन्न; मैले तिमीहरूसँग धेरै नयाँ वचनहरू बोलेजस्तै र हरेक दिन नयाँ काम गरेजस्तै, उहाँको काम सदैव परिवर्तन भइरहन्छ र सधैँ नयाँ हुन्छ। मैले गर्ने काम यही हो, र चाबीहरूचाहिँ “नयाँ” र “चमत्कारिक” शब्दहरू हुन्। “परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ र परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ”: यो भनाइ साँच्चै सत्य छ; परमेश्‍वरको सार परिवर्तन हुँदैन, परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान हुन सक्नुहुन्नथ्यो, तर उहाँको काम उहाँको सारजस्तै स्थिर र अपरिवर्तनीय छ भन्ने कुरा यसले प्रमाणित गर्दैन। परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ भनेर तँ नै भन्छस्, अनि परमेश्‍वर सदैव नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी तैँले कसरी वर्णन गर्न सक्छस्? परमेश्‍वरको काम निरन्तर रूपमा फैलिन्छ र अनवरत रूपमा परिवर्तन भइरहन्छ, अनि उहाँको इच्छा मानिसलाई निरन्तर रूपमा प्रकट गरिन्छ र देखाइन्छ। जब मानिसले परमेश्‍वरको कामको अनुभव गर्छ, तब जसरी उसको ज्ञान बढ्छ त्यसरी नै उसको स्वभाव अविरल रूपमा परिवर्तन हुन्छ। अनि यो परिवर्तन कहाँबाट उदय हुन्छ? के यो सदैव परिवर्तन भइरहने परमेश्‍वरको कामबाट नै आउँदैन र? यदि मानिसको स्वभाव परिवर्तन हुन सक्छ भने, मानिसले मेरो काम र मेरो वचनहरूलाई पनि किन परिवर्तन हुन दिँदैन? के म मानिसको प्रतिबन्धमा रहनुपर्छ? यसमा के तैँले जबरजस्ती बहस र विकृत तर्क प्रयोग गरिरहेको छैनस् र?

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप देखाउनुहोस्

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्