Nepali Christian Testimony Video | के बाइबलमाथिको विश्‍वास परमेश्‍वरमाथिको विश्‍वास जस्तै हो?

7 नोभेम्बर 2021

मुख्य पात्र, एक भक्त विश्‍वासी प्रभुको दोस्रो आगमनको तृष्णा गर्छिन्। उनले पछि फेसबुकमा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले प्रभु येशू फर्केर आइसक्‍नुभएको छ भन्‍ने गवाही दिइरहेको छ भन्‍ने थाहा पाइन्। उनले यसको खोजी गर्न चाहन्छिन्, तर उनका पाष्टरले के भनेको हुन्छ भने, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले प्रचार गर्ने मार्ग बाइबल बाहिरको कुरा हो र बाइबलबाट बाहिरको कुनै पनि कुरा झूटो शिक्षा हो, त्यसकारण तिनी हिचकिचाउँछिन् र यसको अनुसन्धान गर्ने आँट गर्दिनन्। प्रार्थना गरिसकेपछि, उनले प्रभुको आगमन सानोतिनो कुरा होइन र उनी भीडको पछि लाग्‍न सक्दैनन् भन्‍ने महसुस गर्छिन्। त्यसपछि तिनी आफैले हेर्नको लागि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको वेबसाइटमा जान्छिन्, जहाँ उनले परमेश्‍वरको गवाही दिने विभिन्‍न प्रकारका भिडियोहरू भेट्टाउँछिन्। सत्यता सम्‍बन्धी मण्डलीको सङ्गति व्यवहारिक र अन्तर्दृष्टि दिने किसिमको छ र वर्षौंदेखि तिनीसँग भएका दोधार र कठिनाइहरूलाई यसले समाधान गर्छ। उनले यी भिडियोहरूबाट के पनि सिक्छिन् भने परमेश्‍वर सृष्टिका प्रभु हुनुहुन्छ र उहाँको काममा उहाँ बाइबलबाट बाहिर जाने हरेक अधिकार उहाँसँग छ, र उनले बाइबलमाथिको विश्‍वास परमेश्‍वरमाथिको विश्‍वास होइन भन्‍ने पनि महसुस गर्छिन्। उनले गरेको अनुसन्धानद्वारा, सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने कुराप्रति तिनी सुनिश्‍चित हुन्छिन्, त्यसकारण उनले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्छिन् र थुमाका पाइलाहरूलाई पछ्याउँछिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्