Nepali Christian Song 2022 | देहधारी परमेश्‍वर सबैभन्दा मायालु हुनुहुन्छ | with lyrics

20 जनवरी 2022

पद १

परमेश्‍वर देहधारी हुनु भएपछि, मानवमाझ जीवन बिताउनुहुँदै,

मानवको विकृति र जीवनको स्थिति देख्नुभयो।

देहको परमेश्‍वरले गहन रूपमा मानवको असहायता,

दयनीयता र दु:खी स्थिति महसुस गर्नुभयो।

कोरस

उहाँले देहको अन्तर्ज्ञानले मानवप्रति,

अझै करुणा र अनुयायीप्रति,

अझै चिन्ता हासिल गर्नुभयो।

पद २

हृदयमा, उहाँले व्यवस्थापन गर्न र मुक्ति दिन चाहनुभएकालाई,

सबभन्दा बढी महत्व दिनुहुन्छ।

उहाँले ठूलो मूल्य तिर्नुभएको छ; विद्रोह र पीडा सहनुभएको छ,

तर मानवलाई बहिष्कार गर्नुहुन्न,

विना पछुतो र गुनासो अथक काममा लागिरहनुहुन्छ।

कोरस

उहाँले अन्तर्ज्ञानले मानवप्रति अझै करुणा

र अनुयायीप्रति अझै चिन्ता हासिल गर्नुभयो।

उहाँले देहको अन्तर्ज्ञानले मानवप्रति,

अझै करुणा र अनुयायीप्रति,

अझै चिन्ता हासिल गर्नुभयो।

उहाँ कहिले हार मान्नुहुन्न, अथक काममा लागिरहनुहुन्छ।

पद ३

कारण उहाँ जान्नुहुन्छ, ढिलो-चाँडो,

उहाँको बोलावटप्रति मानव जाग्नेछन्।

उहाँका वचनबाट प्रेरित हुनेछन्,

सृष्टिका प्रभु उहाँ नै भनी चिन्नेछन्,

र उहाँतिर फर्कनेछन्।

कोरस

उहाँले अन्तर्ज्ञानले मानवप्रति अझै करुणा

र अनुयायीप्रति अझै चिन्ता हासिल गर्नुभयो।

उहाँले देहको अन्तर्ज्ञानले मानवप्रति,

अझै करुणा र अनुयायीप्रति,

अझै चिन्ता हासिल गर्नुभयो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्