Christian Praise Song | सर्वशक्तिमान्‌ परमेश्‍वर आउनुभएको छ, यो कति महान् कुरा | Christian Dance

9 डिसेम्बर 2021

सिस्टर, मसित केही असल खबर छ! प्रभु येशूको पुनरागमन भएको छ!

प्रभु येशूको पुनरागमन भएको छ?

असम्भव।

ब्रदर, प्रभु येशूले भविष्यवाणी गर्नु भएझैँ, मानिसको पुत्र प्रकट हुनुभएको छ!

मानिसको पुत्र प्रकट हुनुभएको छ?

मैले कसरी उहाँलाई नदेखेको त?

मैले धेरै सुनेको छु।

ब्रदर, पवित्र आत्माले मण्डलीहरूको लागि वाणीहरू बोल्नुभएको छ!

साँच्‍चै?

उहाँले कहाँ बोल्नुभयो?

ए, हो? कहाँ?

सर्वशक्तिमान् परमेश्‍वर सत्यतालाई व्यक्त गर्न आउनुभएको छ;

वचन देहमा देखा पर्नुभएको छ।

न्याय परमेश्‍वरको घरदेखि सुरु भएको छ!

साँच्‍चै? परमेश्‍वरका वचनहरू कहाँ छन्?

ती कहाँ छन्?

हेर त।

वचन देहमा देखा पर्नुहुन्छ

“येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि,

उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो

र मानिसको पापको बलि बन्नुभयो;

उहाँले मानिसलाई उसका सबै@भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन।

मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट

मुक्त गर्नको निम्ति येशूले पापको

बलि बनेर मानिसको पापहरू बोक्न मात्र आवश्यक थिएन,

तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण

रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो।

यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्,

मानिसलाई नयाँ युगतिर डोऱ्याउन@परमेश्‍वर देहमा फर्केर आउनुभयो,

र दण्ड अनि न्यायको काम सुरु गर्नुभयो।

यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्‍यायो।

उहाँको प्रभुत्वमुनि आउनेहरू सबैले@अझ उच्च सत्यको आनन्द लिनेछन्

र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्।

तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्,

र तिनीहरूले सत्य, बाटो र जीवन प्राप्त गर्नेछन्।”

—“वचन देहमा देखापर्नुहुन्छ”बाट उद्धृत गरिएको

यी वास्तवमै परमेश्‍वरका वचनहरू हुन्!

वास्तवमै।

प्रभु येशूको साँच्‍चै पुनरागमन भएको छ!

देहधारी परमेश्‍वरलाई भेट्नु कस्तो सौभाग्यको कुरा!

आखिरी दिनहरूका ख्रीष्‍ट देखा पर्नुहुन्छ र उहाँले काम गर्नुहुन्छ!

उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र न्याय ल्याउनुहुन्छ।

उहाँले मानिसलाई मुक्ति दिन व्यक्तिगत रूपमा काम गर्नुहुन्छ।

उहाँमा आनन्द र शोक छ, उहाँ कति सामान्य हुनुहुन्छ।

उहाँ बोल्‍नुहुन्छ र हाँस्नुहुन्छ, उहाँ कति यथार्थ हुनुहुन्छ।

देहधारणको महत्त्व यति महान् छ, उहाँले हामीलाई व्यवहारिक परमेश्‍वर देखाउनुहुन्छ।

सर्वशक्तिमान्‌ परमेश्‍वरलाई देख्‍न पाउँदा हामी अत्यन्तै सम्‍मानित महसुस गर्छौं,

उहाँलाई प्रशंसा गर्दा आत्मा हल्‍का र स्वतन्त्र हुन्छ।

सर्वशक्तिमान्‌ परमेश्‍वरको आराधना गर्दा हाम्रो हृदय आनन्दित हुन्छ।

उहाँलाई चिनेको हुनाले, हाम्रो जीवन व्यर्थ भएको छैन।

आखिरी दिनहरूमा, उहाँलाई प्रेम गर्नेहरूलाई

व्यक्तिगत रूपमा सिद्ध पार्दै परमेश्‍वर देहमा देखा पर्नुभएको छ।

उहाँका वचन र वाणीहरूले उहाँका मानिसहरूलाई सत्यता र जीवन दिँदै गोठालो गर्छ।

उहाँका वचनहरूको प्रकाश र अर्ती मानिसलाई शुद्ध पार्न र मुक्ति दिनका लागि हुन्।

हामी परमेश्‍वरको न्याय र सजायको अनुभव गर्छौं र उहाँको पवित्रता र धार्मिकता देख्छौं।

उहाँले मानिसको लागि कष्ट भोग्‍नुहुन्छ र उहाँले मानव कमजोरी बुझ्‍नुहुन्छ।

उहाँका वचनहरूले मानिसलाई भरणपोषण गर्छ र मानिसलाई अन्तर्दृष्टि दिन्छ।

उहाँले मानिसलाई विश्‍वास दिनुहुन्छ र तिनीहरूकहाँ ज्योति ल्याउनुहुन्छ।

मानिसमा जुन कुराको कमी छ त्यसलाई उहाँले पूर्ति गर्नुहुन्छ, र मार्गमा एक-एक कदम गरी डोर्‍याउनुहुन्छ।

परमेश्‍वरले मानिसका कष्टहरू भोग्‍नुहुन्छ, र तिनीहरूका सजायमा तिनीहरूको साथमा उभिनुहुन्छ।

उहाँले सधैँ मानिसको जीवनको बारेमा विचार गर्नुहुन्छ। परमेश्‍वर मात्रै सबैभन्दा विचारशील हुनुहुन्छ।

उहाँले मौनतामा इन्कारको पीडा सहनुहुन्छ, अनि संकष्टको बेला मानिसलाई साथ दिनुहुन्छ।

उहाँले मार्गमा अघि डोर्‍याउनको लागि बाटोमा ज्योति फिँजाउनुहुन्छ,

सर्वशक्तिमान्‌ परमेश्‍वरको स्वरूपले मलाई उत्प्रेरणा दिन्छ।

प्राचीन समयदेखि नै व्यावहारिक परमेश्‍वरलाई देख्‍न पाउनु दुर्लभ कुरा थियो।

परमेश्‍वरसँग हामीले पाएको असल समयलाई हामीले सम्‍हालेर राख्‍नुपर्छ।

परमेश्‍वरको प्रेमिलो स्वभावलाई जान्‍ने हाम्रो मौका अहिले नै हो।

हामी सबैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई चिन्‍न सकौं।

प्राचीन समयदेखि नै व्यावहारिक परमेश्‍वरलाई देख्‍न पाउनु दुर्लभ कुरा थियो।

परमेश्‍वरसँग हामीले पाएको असल समयलाई हामीले सम्‍हालेर राख्‍नुपर्छ।

परमेश्‍वरको प्रेमिलो स्वभावलाई जान्‍ने हाम्रो मौका अहिले नै हो।

हामी सबैले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई चिन्‍न सकौं।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्