परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५७८

5 जुलाई 2021

परमेश्‍वरलाई चिन्ने कार्य परमेश्‍वरका वचनहरू पढेर र बुझेर हासिल गर्नुपर्छ। कसै-कसैले भन्छन्: “मैले देहधारी परमेश्‍वरलाई देखेको छैनँ, त्यसैले मैले कसरी परमेश्‍वरलाई चिन्ने?” वास्तवमा, परमेश्‍वरका वचनहरू उहाँको स्वभावका अभिव्यक्ति हुन्। परमेश्‍वरका वचनहरूबाट, तैँले मानवजातिप्रतिको उहाँको प्रेम र मुक्ति, साथै तिनीहरूलाई मुक्ति दिने उहाँको तरिका देख्न सक्छस्…। किनकि वचनहरू परमेश्‍वर स्वयम्‌ले व्यक्त गर्नुभएको हो, मानिसद्वारा लेखिएको होइन। परमेश्‍वरले ती व्यक्तिगत रूपमा व्यक्त गर्नुभएको हो; परमेश्‍वर स्वयम्‌ले उहाँका वचनहरू र उहाँको भित्री आवाज व्यक्त गरिरहनुभएको हुन्छ। तिनलाई किन हृदयबाट निस्केका वचनहरू भनिन्छ? किनकि ती गहिराइबाट जारी गरिएका हुन्, र उहाँको स्वभाव, उहाँको इच्छा, उहाँका विचारहरू, मानवजातिप्रतिको उहाँको प्रेम, मानवजातिको निम्ति उहाँको मुक्ति र मानवजातिप्रतिको उहाँका अपेक्षाहरूलाई व्यक्त गर्दछन्…। परमेश्‍वरका वाणीहरूमा कठोर वचनहरू, र कोमल र विचारशील वचनहरू, साथै प्रकटीकरणका केही वचनहरू पनि समावेश छन्, जुन मानिसका इच्छाहरू अनुरूप छैनन्। यदि तैँले प्रकटीकरणका वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्‍वर त कठोर हुनुहुन्छ भन्‍ने लाग्‍न सक्छ। यदि तैँले कोमल वचनहरूलाई मात्र हेर्छस् भने, तँलाई परमेश्‍वर त्यत्ति धेरै अख्तियारपूर्ण हुनुहुन्न जस्तो लाग्छ। यसकारण तैंले ती वचनलाई सन्दर्भबाट बाहिर लैजानु हुँदैन; बरु, तिनलाई सबै कोणबाट हेर्नुपर्छ। कहिलेकहीँ परमेश्‍वर कोमल र दयालु दृष्टिकोणबाट बोल्नुहुन्छ, अनि मानिसहरूले मानवजातिप्रतिको उहाँको प्रेमलाई देख्छन्; कहिलेकहीँ उहाँ एकदमै कठोर दृष्टिकोणबाट बोल्नुहुन्छ, र मानिसहरूले उहाँको स्वभाव कुनै अपराध नसहने किसिमको छ भन्‍ने देख्दछ। मानिस दुःखद रूपमा फोहोरी छ, र परमेश्‍वरको अनुहार हेर्न वा उहाँको सामु आउन लायकको छैन। अहिले पूर्ण रूपमा परमेश्‍वरको अनुग्रहको कारण मात्र मानिसहरूलाई उहाँको सामुन्ने आउने अनुमति छ। परमेश्‍वरको काम गर्ने तरिकाद्वारा अनि उहाँको कामको महत्त्वमा उहाँको बुद्धिलाई देख्न सकिन्छ। मानिसहरूले परमेश्‍वरसँगको कुनै प्रत्यक्ष सम्पर्कविना नै उहाँका वचनहरूमा यी कुरा देख्न सक्छन्। जब परमेश्‍वरलाई साँचो रूपमा चिन्ने कुनै व्यक्ति ख्रीष्टको सम्पर्कमा आउँछ, तब ख्रीष्टसँगको उसको भेट परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान अनुरूप हुन सक्छ; तापनि, जब सैद्धान्तिक ज्ञान मात्र भएको कुनै व्यक्तिको भेट परमेश्‍वरसँग हुन्छ, तब उसले त्यसमा परस्पर सम्बन्ध देख्न सक्दैन। सत्यताको यो पक्ष रहस्यहरूमध्ये सबैभन्दा गहन पक्ष हो; यो बुझ्न गाह्रो छ। देहधारणको रहस्यको विषयमा परमेश्‍वरका वचनहरू जोड्, ती वचनहरूलाई सबै कोणबाट हेर्, र त्यसपछि एकसाथ मिलेर प्रार्थना गर्, चिन्तन गर्, र सत्यताको यस पक्षमा थप सङ्गति गर्। त्यसो गर्दा, तैँले पवित्र आत्माको ज्ञान प्राप्त गर्न सक्छस् र बुझ्न सक्छस्। मानिससित परमेश्‍वरसँग सिधा सम्पर्क गर्ने कुनै सम्भावना नभएकोले, परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्ने बाटोमा अघि बढ्न र अलि-अलि गर्दै प्रवेश पाउनको लागि तिनीहरू यस किसिमको अनुभवमा भर पर्नुपर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्