परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५७१

6 जुलाई 2021

यदि तँ परमेश्‍वरका वचनहरूबाट परमेश्‍वरको इच्छा र उहाँको वाणीहरू पछाडिको अभिप्रायहरूलाई बुझ्दैनस् भने, यदि तँ उहाँका वचनहरूले प्राप्त गर्न खोजेको उद्देश्य र परिणामहरूलाई बुझ्दैनस् भने, यदि तँ उहाँका वचनहरूले मानिसमा के हासिल गर्न र सिद्ध बनाउन खोजेको हो भनी बुझ्दैनस् भने, यदि तँ यी कुराहरूलाई बुझ्दैनस् भने, यसले तैंले सत्यतालाई बुझेको छैनस् भन्‍ने प्रमाणित गर्छ। परमेश्‍वरले जे भन्नुहुन्छ त्यो किन भन्नुहुन्छ? उहाँ किन त्यस्तो शैलीमा बोल्नुहुन्छ? उहाँ आफूले बोल्ने हरेक शब्दमा किन त्यत्ति गम्भीर र इमानदार हुनुहुन्छ? किन उहाँले निश्‍चित शब्दहरूको प्रयोग गर्ने निर्णय गर्नुहुन्छ? के तँलाई थाहा छ? यदि तँ निश्चित रूपमा भन्न सक्दैनस् भने, त्यसको अर्थ तैंले परमेश्‍वरको इच्छा वा उहाँको उद्देश्यलाई बुझेको छैनस् र तैंले उहाँका वचनहरू पछाडिको प्रसंगलाई बुझेको छैनस् भन्ने हुन्छ। यदि तैंले यो कुरा बुझेको छैनस् भने, तैँले कसरी सत्यता प्राप्त गर्न सक्छस्? सत्यता प्राप्त गर्नु भनेको परमेश्‍वरले भन्नुहुने हरेक शब्दबाट उहाँको अर्थ बुझ्नु हो; यसको अर्थ तैंले परमेश्‍वरका वचनहरू बुझेपछि त्यसलाई अभ्यास गर्न सक्‍नु हो, यसरी तँ परमेश्‍वरका वचनहरूमा जिउन सक्छस् र त्यो तेरो वास्तविकता बन्दछ। जब तँमा परमेश्‍वरको वचनको पूर्ण ज्ञान हुन्छ तब मात्र तैंले सत्यतालाई बुझ्न सक्छस्। केही अक्षरहरू र धर्म-सिद्धान्तहरू मात्रै बुझेपछि, तैँले सत्यलाई बुझेको छस् र तँमा वास्तविकता छ भन्‍ने तँलाई लाग्छ। तँ यसो पनि भन्छस्, “परमेश्‍वरले हामी इमानदार भएको चाहनुहुन्छ र हामीले यसलाई अभ्यास गरेका छौं।” तापनि, परमेश्‍वरले कुन कारणले मानिसहरू इमानदार होस् भनी चाहनुहुन्छ र किन मानिसहरूले उहाँलाई प्रेम गरून् भन्‍ने उहाँ चाहनुहुन्छ त्यसलाई तँ बुझ्न सक्दैनस्। वास्तवमा, मानिसहरूमा मुक्ति र सिद्धता ल्याउने उद्देश्यले नै परमेश्‍वरले तिनीहरूबाट यस्तो माग गर्नुभएको हो।

सत्यको तिर्सना गर्ने, सत्यको खोजी गर्ने, र सत्यलाई प्रेम गर्ने मानिसहरूका निम्ति परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ। आफैलाई अक्षरहरू र सिद्धान्तहरूसित सम्बन्धित तुल्याउने र लामो, आडम्बरी भाषणहरू दिन मन पराउनेहरूका विषयमा भन्दा, तिनीहरूले कहिल्यै पनि सत्यता प्राप्त गर्न सक्दैनन्; तिनीहरूले आफैलाई मूर्ख बनाइरहेका हुन्छन्। त्यस्ता मानिसहरूमा परमेश्‍वरका वचनहरू पढ्ने विषयमा गलत दृष्टिकोण हुन्छ; जुन कुरा सोझो छ त्यो पढ्न तिनीहरू आफ्नो मुन्टो बटार्छन्—तिनीहरूका सबै दृष्टिकोण गलत हुन्छ। केही मानिसहरू आशिषित हुने र मानिसको गन्तव्यको बारेमा परमेश्‍वरले भन्नुभएका कुराहरू अध्ययन गर्दै उहाँको वचनको अनुसन्धान गर्न मात्र जान्दछन्। यदि परमेश्‍वरका वचनहरू तिनीहरूको धारणासँग मिलेन भने, तिनीहरू नकारात्मक बन्छन् र तिनीहरूको खोजीलाई रोक्छन्। यसले तिनीहरूले सत्यताप्रति कुनै चासो राख्दैनन् भन्‍ने देखाउँदछ। फलस्वरूप, तिनीहरूले सत्यतालाई गम्भीर रूपमा लिँदैनन्; तिनीहरू आफ्नै धारणा र कल्पनाको सत्यतालाई मात्र स्वीकार गर्न सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा उत्साही भए पनि र तिनीहरूले हरप्रकारले आफूले सक्दो केही असल कामहरू गर्ने र अरूको अगाडि आफूलाई राम्रोसँग प्रस्तुत गर्ने प्रयास गरे पनि तिनीहरूले भविष्यमा राम्रो गन्तव्य पाउनका लागि मात्र त्यसो गरिरहेका हुन्छन्। तिनीहरू पनि मण्डली जीवनमा सामेल हुन्छन्, अरू सबैले जस्तै परमेश्‍वरका वचनहरू खाइरहेका र पिइरहेका हुन्छन्, तैपनि तिनीहरूलाई सत्यको वास्तविकतामा प्रवेश गर्न र सत्य प्राप्त गर्न कठिनाइ हुन्छ। अझै अरू हुन्छन्, जसले परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन्, तर तिनीहरू केवल झारा टार्ने काम मात्र गरिरहेका हुन्छन्; आफूले केही अक्षरहरू र सिद्धान्तहरू बुझेर नै तिनीहरूले सत्य प्राप्त गरेका छौ भनी सोच्छन्। तिनीहरू कति मूर्ख छन्! परमेश्‍वरको वचन नै सत्यता हो। तापनि, परमेश्‍वरको वचन पढेपछि तैँले सत्यतालाई बुझ्नेछस् र सत्यता प्राप्त गर्नेछस् भन्ने हुँदैन। यदि परमेश्‍वरका वचनहरू खाएर अनि पिएर तैँले सत्यता प्राप्त गर्न सेकिनस् भने, तैँले प्राप्त गर्ने कुरा भनेको अक्षरहरू र सिद्धान्तहरू मात्र हुनेछ। सत्य प्राप्त गर्नु भनेको के हो त्यो तिमीलाई थाहा हुँदैन। तैँले परमेश्‍वरका वचनहरूलाई आफ्‍ना हतकेलामा राख्न सक्छस्, तर ती पढेपछि तैँले अझै पनि परमेश्‍वरको इच्छा बुझ्न सक्दैनस् भने तैँले केही अक्षरहरू र सिद्धान्तहरू मात्र प्राप्त गर्छस्। सबैभन्दा पहिले, परमेश्‍वरको वचन त्यति सीधा छैन भन्‍ने तैँले बुझ्‍नुपर्छ; परमेश्‍वरको वचन पूर्ण रूपमा गहन छ। धेरै वर्षको अनुभवविना, तैँले परमेश्‍वरको वचन बुझ्न कसरी सम्‍भव हुन्छ र? परमेश्‍वरको वचनको एउटा वाक्यको पूर्ण अनुभव गर्नको लागि समे तँलाई जीवनभरिको समय आवश्यक हुनेछ। तैँले परमेश्‍वरका वचनहरू पढ्छस्, तर तैँले परमेश्‍वरको इच्छालाई बुझ्दैनस्; तैँले उहाँका वचनहरूका अभिप्रायहरू, तिनको उत्पत्ति, तिनले हासिल गर्न खोजेका प्रभाव, वा तिनले के सम्पन्न गर्न चाहन्छ त्यो बुझ्दैनस्। यदि तैँले यी कुनै पनि कुरा बुझ्दैनस् भने, सत्यतालाई तैँले कसरी बुझ्न सक्छस्? तैँले परमेश्‍वरका वचनहरू धेरै पटक पढेका हुन सक्छस्, र सायद तैँले धेरै वटा खण्ड मुखस्त भन्न सक्छस् होला, तैपनि तँ अझै परिवर्तन भएका छैनस्, न त तैँले कुनै प्रगति नै गरेको छस्। परमेश्‍वरसँगको तेरो सम्बन्ध सधैँको जस्तै टाढा र अलग छ। पहिले जस्तै तँ र परमेश्‍वरको बीचमा अझै बाधाहरू छन्, र तँ अझै पनि उहाँप्रति शङ्कालु छस्। तैँले परमेश्‍वरलाई नबुझेको मात्र होइन, तर तैँले उहाँसँग बहानाहरू बनाउँछस् र उहाँको बारेमा धारणाहरू राख्छस्। तैँले उहाँको विरोध गर्छस् र उहाँको निन्दा समेत गर्छस्। यसको अर्थ तैँले सत्यता प्राप्त गरेको छस् भन्ने कसरी हुनसक्छ?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्