परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६७

3 मे 2021

संक्षिप्तमा भन्दा, आफ्नो विश्‍वासमा पत्रुसको मार्गमा हिँड्नु भनेको सत्यता खोजी गर्ने बाटोमा हिँड्नु हो, जुन आफैलाई साँचो रूपमा चिन्ने र आफ्नो स्वभाव बदल्ने बाटो पनि हो। पत्रुसको मार्गमा हिँडेर मात्र व्यक्ति परमेश्‍वरद्वारा सिद्ध तुल्याइने बाटोमा हुनेछ। पत्रुसको मार्गमा वास्तवमा कसरी हिँड्ने, साथसाथै यसलाई कसरी अभ्यास गर्ने भन्ने बारेमा व्यक्ति स्पष्ट हुनुपर्छ। पहिलो, व्यक्तिले आफ्ना अभिप्रायहरू, अनुचित खोजीहरू, र परिवार तथा आफ्नो देहका सबै कुराहरू समेतलाई पन्छाउनुपर्छ। व्यक्ति सम्पूर्ण हृदयले समर्पित हुनुपर्छ; व्यक्तिले पूर्ण रूपमा आफूलाई परमेश्‍वरका वचनहरूमा समर्पित गर्नुपर्छ, परमेश्‍वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्नुपर्छ, सत्यताको खोजी गर्न अनि परमेश्‍वरका वचनहरूमा उहाँका अभिप्रायहरूको खोजी गर्न एकाग्र हुनुपर्छ, र हरेक कुरामा परमेश्‍वरको इच्‍छा बुझ्ने प्रयास गर्नुपर्छ। यो कुरा अभ्यासको सबैभन्दा आधारभूत र महत्वपूर्ण विधि हो। पत्रुसले येशूलाई भेटेपछि यही नै गरेका थिए, र यसरी अभ्यास गरेर मात्रै व्यक्तिले सर्वोत्तम नतिजाहरू हासिल गर्न सक्छ। परमेश्‍वरका वचनहरूमा सम्पूर्ण हृदयसहितको समर्पणतामा मुख्यतया सत्यता खोजी गर्ने, परमेश्‍वरका वचनहरूमा उहाँका अभिप्रायहरूको खोजी गर्ने, परमेश्‍वरको इच्छा बुझ्न ध्यान केन्द्रित गर्ने, र परमेश्‍वरका वचनहरूबाट थप सत्यता बुझ्ने र प्राप्त गर्ने कुराहरू पर्दछन्। उहाँका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धार्मिक ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्; बरु, तिनले सत्यताको बोध गर्न र परमेश्‍वरको इच्छा बुझ्न, साथसाथै उहाँको स्वभाव र उहाँको प्रेमिलोपनको बुझाइ हासिल गर्न एकाग्र भए। पत्रुसले परमेश्‍वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट अवस्थाहरू, र साथसाथै मानिसको भ्रष्ट प्रकृति र वास्तविक कमजोरी बुझ्न पनि प्रयास गरे र यसरी तिनले उहाँलाई सन्तुष्ट पार्न मानिसको लागि परमेश्‍वरका आवश्यक मापदण्डहरूका सबै पक्षहरू पूरा गरे। पत्रुससँग परमेश्‍वरका वचनहरू पालना गर्ने धेरै सही अभ्यासहरू थिए; यो कुरा परमेश्‍वरका इच्छा अनुरूपको थियो र व्यक्तिले परमेश्‍वरको कामको अनुभव गर्दै सहकार्य गर्नसक्ने सर्वोत्तम शैली यही नै थियो। परमेश्‍वरबाट सयौं परीक्षाहरू सामना गर्दा पत्रुसले आफूलाई परमेश्‍वरले गर्नुहुने मानिसको न्यायका हरेक वचनहरू, मानिसको बारेमा परमेश्‍वरको गर्नुभएको प्रकाशका हरेक वचन, अनि मानिसले पूरा गर्नुपर्ने उहाँका मागहरूका हरेक वचनसँग कठोर रूपले दाँजेर जाँच गरे र ती वचनहरूको अर्थ बोध गर्न लागिपरे। येशूले भन्नुभएका हरेक वचनहरूलाई इमान्दारीपूर्वक चिन्तन गर्ने र याद गर्ने प्रयास तिनले गरे, र राम्रो नतिजा हासिले गरे। यस शैलीको अभ्यासद्वारा तिनले परमेश्‍वरका वचनहरूबाट आफ्नै बारेमा बुझाइ हासिल गर्न सके, र तिनले मानिसका विविध भ्रष्ट अवस्थाहरूको बुझाइ मात्र होइन, बरु तिनले त मानिसको सार, प्रकृति र विविध कमजोरीहरूको बारेमा समेत बुझे। आफूलाई साँचो रूपमा बुझ्नु भनेकै यही हो। परमेश्‍वरका वचनहरूबाट, पत्रुसले आफ्नो बारेमा साँचो बुझाइ मात्र हासिल गरेनन्, बरु तिनले त परमेश्‍वरका वचनहरूमा व्यक्त गरिएका कुराहरू—परमेश्‍वरको धर्मी स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, आफ्नो कामको लागि परमेश्‍वरको इच्छा, मानवजातिप्रति उहाँका मागहरू—यी वचनहरूबाट तिनले परमेश्‍वरलाई पूर्ण रूपले चिने। तिनले परमेश्‍वरको स्वभाव र उहाँको सारलाई चिने; तिनले परमेश्‍वरसँग के छ र उहाँ को हुनुहुन्छ, र साथसाथै परमेश्‍वरको प्रेमिलोपन र मानिसले पूरा गर्नुपर्ने उहाँका मागहरूलाई जाने र बुझे। त्यतिखेर परमेश्‍वर आजभोली बोल्नुभए जति बोल्नुहुन्‍नथियो, तापनि पत्रुसमा यी पक्षहरूको नतिजा हासिल भयो। यो एकदमै विरलै हुने र अमूल्य कुरा थियो। पत्रुसले सयौं परीक्षाहरू भोगे, तर तिनले व्यर्थमा कष्ट सहेनन्। तिनले परमेश्‍वरका वचनहरू र कामबाट आफूले आफैलाई मात्र चिनेनन्, बरु तिनले त परमेश्‍वरलाई समेत चिने। यसको साथै, तिनले परमेश्‍वरका वचनहरूभित्र रहेका मानवजातिले पूरा गर्नुपर्ने परमेश्‍वरका मागहरूको बारेमा ध्यान केन्द्रित गरे। मानिसले परमेश्‍वरको इच्छाअनुरूप परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्ने जुनसुकै पक्षहरू नै किन नहोस्, यी सबै पक्षहरूमा ठूलो प्रयत्न गर्न र पूर्ण स्पष्टता हासिल गर्न पत्रुस सक्षम भए; यो कुरा तिनको आफ्नै प्रवेशको सवालमा पनि अत्यन्तै फाइदाजनक थियो। परमेश्‍वरले जेसुकैको बारेमा बोल्नुभएको भए तापनि, ती वचनहरू तिनको जीवन बन्न सकिञ्‍जेल र ती सत्यताको स्वामित्वमा रहुञ्‍जेल, पत्रुस तिनलाई कुँदेर आफ्नो हृदयमा राख्न तथा तिनलाई बारम्बार चिन्तन र सराहना गर्न सक्षम भए। येशूका वचनहरू सुनेपछि, तिनले ती वचनहरूलाई हृदयमा राख्न सके, जसले तिनले विशेष रूपमा परमेश्‍वरका वचनहरूमा ध्यान केन्द्रित गरेका थिए भन्ने देखाउँछ र तिनले अन्त्यमा सच्चा रूपमै नतिजा हासिल गरे। यसको मतलब, तिनले परमेश्‍वरका वचनहरूलाई स्वतन्त्र पूर्वक व्यवहारमा उतार्न, सत्यतालाई दुरुस्त रूपमा अभ्यास गर्न अनि परमेश्‍वरको इच्छाअनुरूप हुन, सम्पूर्ण रूपले परमेश्‍वरको अभिप्राय अनुरूप कार्य गर्न, र आफ्ना दृष्टिकोणहरू र कल्पनाहरू त्याग्‍न सके। यसरी, पत्रुस परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरे। यी कुराहरू गरेको हुनाले नै मुख्य रूपमा पत्रुसको सेवा परमेश्‍वरको इच्छाअनुरूप हुन गयो।

यदि व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्दै परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना शब्दहरू र कार्यहरूमा सिद्धान्त केन्द्रित छ भने, र ऊ सत्य वास्तविकताका सबै पक्षहरूमा प्रवेश गर्न सक्छ भने, ऊ त्यस्तो व्यक्ति हो जसलाई परमेश्‍वरले सिद्ध तुल्याउनुहुन्छ। यो भन्न सकिन्छ कि परमेश्‍वरका काम र वचनहरू त्यस्ता व्यक्तिहरूका लागि पूर्ण रूपले प्रभावकारी भएका छन्, र परमेश्‍वरका वचनहरू तिनीहरूका जीवन बनेका छन्, तिनीहरूले सत्यता हासिल गरेका छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू अनुरूप जिउन सक्षम छन्। यसपछि, तिनीहरूको देहको प्रकृति—अर्थात, तिनीहरूको मौलिक अस्तित्वको आधार—थर्किँदै भत्कनेछ र एकाएक ढल्नेछ। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई तिनीहरूका जीवनको रूपमा धारण गरेपछि, तिनीहरू नयाँ मानिसहरू बन्‍नेछन्। यदि परमेश्‍वरका वचनहरू तिनीहरूको जीवन बन्छ भने, यदि परमेश्‍वरको कामको दर्शन, मानवजातिको लागि उहाँका आवश्यक मापदण्डहरू, मानिसहरूलाई उहाँले दिनुभएका प्रकाशहरू परमेश्‍वरले मानिसले पूरा गर्नैपर्ने भनी तोक्‍नुभएको सच्चा जीवनका मापदण्डहरू तिनीहरूको जीवन बन्छ भने, यदि तिनीहरू यी वचनहरू र सत्यताहरू अनुरूप जिउँछन् भने तिनीहरू परमेश्‍वरका वचनहरूद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्‍वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्। पत्रुसले जुन मार्गद्वारा सत्यताको खोजी गरे त्यो मार्ग यही हो; यो मार्ग सिद्ध तुल्याइने मार्ग थियो, परमेश्‍वरका वचनहरूद्वारा सिद्ध तुल्याइने अनि परमेश्‍वरका वचनहरूबाट जीवन प्राप्त गर्ने मार्ग थियो। परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू तिनको जीवन बन्यो, अनि त्यसपछि मात्र तिनी सत्यता प्राप्त गर्ने व्यक्ति बने।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्