परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५९

8 जुलाई 2021

तैँले मानव प्रकृतिलाई कसरी बुझ्छस्? तेरो प्रकृतिलाई बुझ्नु भनेको वास्तवमा तेरो प्राणको गहिराइको विश्लेषण गर्नु हो; यो तेरो जीवनमा जे छ त्यससँग सम्‍बन्धित हुन्छ। तँ शैतानको तर्क र शैतानको दृष्टिकोणअनुसार जिउँदै आइरहेको छस्; अर्थात्, तँ शैतानको जीवन अनुसार जिउँदै आएको छस्। तेरो प्राणको गहिराइका भागहरूलाई पत्ता लगाएर मात्र तैँले आफ्नो प्रकृतिलाई बुझ्न सक्छस्। यी कुराहरूलाई कसरी पत्ता लाउन सकिन्छ? एउटा वा दुई वटा घटनाद्वारा मात्र ती कुराहरूलाई पत्ता लाउन वा विश्लेषण गर्न सकिँदैन; धेरै चोटि, तैँले केही कार्य गरिसकेपछि, तैँले अझै पनि बुझेको हुँदैनस्। सानो समझशक्ति र बुझाइ पाउनका निम्ति तँलाई तीनदेखि पाँच वर्षसम्म लाग्न सक्छ। धेरै परिस्थितिमा, तैँले आत्म-चिन्तन गर्नुपर्छ अनि आफैलाई चिन्नुपर्छ, र जब तैँले गहिराइमा जाने अभ्यास गर्छस् तब तैँले परिणामहरू देख्नेछस्। जब सत्यसम्बन्धी तेरो ज्ञान झन्-झन् बढ्दै र झन्-झन् गहिरो हुँदैजान्छ, तब तैँले आत्म-चिन्तन र आत्म-ज्ञानद्वारा आफ्नो प्रकृतिको सारलाई बिस्तारै जान्न थाल्‍नेछस्। तेरो प्रकृतिलाई जान्नका लागि तैँले केही कुराहरू सम्पन्न गर्नुपर्छ। पहिलो, तँलाई के मन पर्छ त्यसबारे तँमा स्पष्ट बुझाइ हुनुपर्छ। यसले तँलाई के खान वा लगाउन मन पर्छ त्यसलाई बुझाउँदैन; बरु, यसको अर्थ तैँले आनन्द लिने किसिमका कुराहरू हुन्, तैँले ईर्ष्या गर्ने, तैँले आराधना गर्ने, तैँले खोजी गर्ने, र तैँले आफ्नो हृदयमा ध्यान दिने कुराहरू, तँलाई सम्पर्कमा रहन मन लाग्ने मानिसहरू, तँलाई गर्न मन लाग्ने कुराहरू, र तैँले आफ्नो हृदयमा पुजेर राखेका व्यक्तिहरू हुन्। उदाहरणको लागि, धेरैजसो मानिसहरूले ठूलो पदमा बसेका, बोली र व्यवहारमा उत्कृष्ट रहेका, वा मीठो बोलेर चापलुसी गर्ने वा अभिनय गर्दै बोल्ने मानिसहरूलाई मन पराउँछन्। माथि भनिएका व्यक्तिहरू तिनीहरूले कुराकानी गर्न मन पराउने मानिसहरू हुन्। मानिसहरूलाई मनपर्ने कार्यहरूको कुरा गर्दा, तिनमा गर्न सहज हुने कुराहरू गर्न इच्‍छुक हुनु, अरूले असल ठानेका र मानिसहरूले प्रशंसा गर्ने र शुभेच्छाहरू दिने कार्यहरू गर्न मन पराउनु जस्ता कार्य पर्छन्। मानिसहरूको प्रकृतिहरूमा, तिनीहरूले मन पराउने थोकहरूको एउटा सामान्य विशेषता हुन्छ। अर्थात्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसको बाहिरी रूपहरूको कारण अरूले ईर्ष्या गर्छन्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र कुराहरू मन पराउँछन्, जुन सुन्दर अनि विलासपूर्ण देखिन्छन्, र तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसको बाहिरी रूपहरूको कारण मानिसहरूले तिनीहरूको आराधना गर्छन्। मानिसहरूले अति नै मन पराउने यी कुराहरू निकै राम्रा, अचम्मका, आकर्षक र भव्य हुन्छन्। सबै मानिसहरूले यी थोकहरूको पूजा गर्छन्। यो देख्न सकिन्छ कि मानिसहरूमा कुनै पनि सत्यता छैन, न त तिनीहरूसँग मानिसको साँचो स्वरूप नै छ। यी थोकहरूको आराधना गर्नुको अलिकति पनि महत्त्व छैन, तरै पनि मानिसहरूले ती मन पराउँछन्। … तँलाई जे मनपर्दछ, तँ जुन कुरामा ध्यान दिन्छस्, तैँले जे कुराको आराधना गर्छस्, तैँले जुन कुराको ईर्ष्या गर्छस्, र तैँले प्रत्येक दिन आफ्नो हृदयमा जे सोच्छस् ती सबै तेरो प्रकृतिलाई प्रतिनिधित्व गर्ने कुराहरू हुन्। तेरो प्रकृतिले अधर्मलाई मन पराउँछ, र गम्भीर अवस्थाहरूमा, तेरो प्रकृति दुष्ट र सुधार गर्न नसकिने छ भनी प्रमाणित गर्न यो पर्याप्त छ। तैँले यस तरिकाले आफ्नो स्वभावको विश्लेषण गर्नुपर्दछ; अर्थात्, तँलाई धेरै मन पर्ने कुरा के हो र तैँले आफ्नो जीवनमा के कुरालाई त्याग्छस् त्यसलाई जाँच गर्। तँ केही समयको लागि कसैको निम्ति असल हुन सक्छस्, तर त्यसले तैँले तिनीहरूलाई धेरै मन पराउँछस् भनी प्रमाणित गर्दैन। तँलाई साँच्चिकै जे मन पर्छ तेरो प्रकृतिमा ठीक त्यही नै हुन्छ; यदि तेरा हड्डीहरू भाँचिए पनि, तँ अझै पनि त्यही कुरामा रमाउनेछस् र तैँले त्यसलाई कहिल्यै पनि छोड्न सक्नेछैनस्। यसलाई परिवर्तन गर्न सजिलो छैन। उदाहरणको लागि, जीवनसाथी खोज्ने कुरालाई लिऊँ। यदि एउटी महिला कसैसँग साँच्चिकै प्रेममा फसेकी छिन् भने, कसैले पनि उनलाई रोक्न सक्दैन। यदि उसका खुट्टाहरू भाँचिदिए पनि, उनी अझै पनि त्यो व्यक्तिको साथमा हुन चाहन्छिन्; यदि मर्नै परे पनि उनी त्यो व्यक्तिसँग बिहे गर्न चाहन्छिन्। यो कसरी हुन सक्छ? किनकि मानिसहरूको हृदयभित्र जे हुन्छ त्यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। यदि व्यक्ति मऱ्यो भने पनि उसको प्राणले अझै पनि तिनै थोकहरूलाई मन पराउँछ; यी मानवीय प्रकृतिका कुराहरू हुन्, र तिनले व्यक्तिको सारलाई प्रतिनिधित्व गर्छन्। मानिसहरू जुन कुराहरू मन पराउँछन् तिनमा केही अधर्महरू हुन्छन्। कतिपय व्यक्तिहरू ती कुराहरूप्रतिको उनीहरूका सोखको बारेमा स्पष्ट हुन्छन्, कोही हुँदैनन्; कसै-कसैले ती कुराहरूको ठूलो चाहना गर्छन् भने अरूले गर्दैनन्; कतिपय मानिसहरूमा संयमता हुन्छ भने, अरूले आफैलाई नियन्त्रण गर्न सक्दैन। कतिपय मानिसहरू अन्धकारमा डुब्ने सम्‍भावना हुन्छ, जसले उनीहरूमा रत्तीभर पनि जीवन छैन भन्‍ने प्रमाणित गर्दछ। यदि मानिसहरू ती थोकहरूमा व्यस्त रहने वा तीद्वारा बाध्य हुने कार्यबाट मुक्त हुन सक्छन् भने, यसले उनीहरूको स्वभाव अलि-अलि रूपान्तरण भएको छ र उनीहरूसँग अलि-अलि कद छ भन्‍ने प्रमाणित गर्दछ। कतिपय मानिसहरूले केही सत्यतालाई बुझ्छन् र उनीहरूसित जीवन छ र उनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन् भन्‍ने महसुस गर्छन्। वास्तवमा, यी कुराको लागि अझै बेला भएको हुँदैन, र व्यक्तिको स्वभावमा रूपान्तरण हुनु साधारण कुरा होइन। के व्यक्तिको स्वभावलाई बुझ्नु सजिलो छ? यदि तैंले यसलाई अलि-अलि बुझिस् भने पनि, त्यसलाई परिवर्तन गर्नु सजिलो हुँदैन। यो मानिसहरूको समस्याको क्षेत्र हो। तेरो वरिपरिका मानिसहरू, मामलाहरू, वा थोकहरू जसरी परिवर्तन भए पनि र संसार जसरी उलटपुलट भए पनि, यदि सत्यताले तँलाई भित्रैबाट अगुवाइ गरिरहेको छ भने, यदि त्यसले तँभित्र जरा गाडेको छ र यदि परमेश्‍वरका वचनहरूले तेरो जीवन, तेरा रुचिहरू, तेरा अनुभवहरू र तेरो अस्तित्वलाई अगुवाइ गरिरहेको छ भने, त्यस स्थितिमा तँ साँच्चै रूपान्तरण भएको हुनेछस्। अब यो तथाकथित रूपान्तरण भनेको मानिसहरूले थोरै सहकार्य गरिरहेका हुन्छन् र थोरै उत्साह र विश्‍वास हुनु मात्रै हो, तर यसलाई रूपान्तरण मान्न सकिँदैन र यसले मानिसहरूसँग जीवन छ भन्‍ने प्रमाणित गर्दैन; यो केवल मानिसहरूको रुचि मात्र हो—त्योभन्दा बढी केही होइन।

मानिसहरूले उनीहरूका प्रकृतिमा रुचि राख्ने कुराहरू पत्ता लगाउनु बाहेक, तिनीहरूको प्रकृतिसित सम्बन्धित अन्य कुराहरूलाई पनि पत्ता लगाउनु आवश्यक हुन्छ। उदाहरणका लागि, विभिन्न थोकहरूप्रति मानिसहरूका दृष्टिकोणहरू, जीवनमा मानिसहरूका तरिका र उद्देश्यहरू, जीवनको विषयमा मानिसहरूका मूल्य-मान्यताहरू र जीवनका दृष्टिकोणहरू, साथै सत्यतासँग सम्बन्धित सबै कुराप्रतिका दृष्टिकोणहरू। यी सबै कुरा मानिसको प्राणको गहिराइमा हुन्छन् र स्वभावको रूपान्तरणसित तिनको प्रत्यक्ष सम्बन्ध हुन्छ। त्यसो भए, भ्रष्ट मानवजातिको जीवनप्रतिको दृष्टिकोण कस्तो हुन्छ? यो यस्तो हुन्छ भनेर भन्न सकिन्छ: “हरेकले आफ्‍नै दुनो सोझ्याउनुपर्छ, अरूको होइन।” मानिसहरू सबै आफ्नै निम्ति जिउँछन्; अझ स्पष्टसँग भन्नुपर्दा, उनीहरू देहका लागि बाँचिरहेका हुन्छन्। उनीहरू पेट भर्नका निम्ति मात्र बाँचिरहेका हुन्छन्। यस्तो अस्तित्व जनावरको भन्दा कसरी भिन्न हुन्छ र? यस प्रकारले जिउनुको कुनै महत्त्व हुँदैन, न त कुनै अर्थ नै हुन्छ। व्यक्तिको जीवनप्रतिको दृष्टिकोण, तँ संसारमा जिउनका निम्ति कुन कुरामा भर पर्छस्, तँ केका निम्ति जिउँछस्, र तँ कसरी जिउँछस् भन्ने कुरामा निर्भर हुन्छ—यी सबै कुराहरू मानव प्रकृतिको सारसँग सम्बन्धित हुन्छन्। मानिसहरूका प्रकृतिलाई विश्लेषण गर्दा, तैँले सबै मानिसहरूले परमेश्‍वरको विरोध गरिरहेका छन् भन्‍ने पत्ता लगाउँछस्। उनीहरू सबै दियाबलसहरू हुन् र साँचो रूपमा असल व्यक्ति कोही पनि छैन। मानिसहरूका प्रकृतिलाई विश्लेषण गरेर मात्र तैँले मानिसको सार र भ्रष्टतालाई वास्तविक रूपमा बुझ्न सक्छस्, मानिसहरू वास्तवमा कसको अधीनमा छन्, मानिसहरूमा वास्तवमा के कुरा कमी छ, तिनीहरू कुन कुराद्वारा सुसज्जित हुनुपर्छ र मानिसको स्वरूपमा तिनीहरू कसरी जिउनुपर्छ सो बुझ्न सक्छस्। व्यक्तिको प्रकृतिलाई साँचो रूपमा विश्लेषण गर्नु सजिलो हुँदैन, र परमेश्‍वरका वचनहरूको अनुभव नगरी वा साँचो अनुभवहरू प्राप्त नगरी यो काम गर्न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्ने बारेमा के थाहा हुनुपर्दछ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्